
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली र ओमानबीच आज आइतबार मैत्रीपूर्ण खेल शुरु हुने भएको छ । सो खेल दोहास्थित कतार युनिभर्सिटीको मैदानमा नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार आज राति ९ः४५ बजे सुरु हुने बताइएको छ ।
नेपालले यो भन्दा अगाडि घरेलु मैदानमै भारतसँग दुई मैत्रीपूर्ण खेल खेलिसकेको छ भने, एक खेलमा नेपालले बराबरी र अर्को खेल गुमाएको थियो । यस्तै ओमानविरुद्धको मैत्रीपूर्ण खेलपछि नेपाली टिम कतारबाट साफका लागि माल्दिभ्स जाने बताइएको छ ।
नेपाली टोलि अहिले साफ च्याम्पियनसिपको तयारीमा रहेको यो समयमा ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । सो खेलको तयारीका लागि हाल नेपाली टिम कतारमा प्रशिक्षण गरिरहेका छन् ।
साफ च्याम्पियनसिप असोज १५ गतेदेखि ३० गतेसम्म आयोजना हुने भएको छ । यस्तै नेपालले आफ्नो पहिलो खेल आयोजक माल्दिभ्ससँग खेल्ने भएको छ । नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ असोज १५ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने बताइएको छ । यसैगरी नेपालले दोस्रो खेल श्रीलंका सँग र तेस्रो खेल भने, भारतसँग खेल्दै लिग चरणको अन्तिम खेल बंगलादेशसँग खेल्ने बताइएको छ ।
सम्पूर्ण लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्ने भएका छन् । उक्त प्रतियोगितामा पाँच राष्ट्रको सहभागिता रहने बताइएको छ ।
JAN
Jana Aawaj News is agenuine news portal.
-
JAN#molongui-disabled-link





Total views : 295979



