
काठमाडौं । अक्षयकुमार अभिनित चलचित्र ‘सूर्यवंशी’ तिहारमा रिलिज हुने बताइएको छ । यस्तै मुख्यमन्त्री उद्दव ठाकरेको कार्यालयले ट्वीटमार्फत आगामी कात्तिक ५ गतेदेखि भारतको मुम्बइस्थित फिल्म हलहरु खुल्ने भएको बताएका छन् ।
कोभिड १९ का कारण थिलथिलो भएको चलचित्र जगत पुन चलाएमान बनाउनका लागि ै हल खुलाउने निर्णय भएको मुख्यमन्त्री ठाकरेले जनाएका छन् । फिल्म हलहरु खुलाउने निर्णयसँगै मुख्यमन्त्री कार्यालयले फिल्म हलमा अपनाउनुपर्ने कोभिड संक्रमणविरुद्धको मापदण्डको पालना गर्दै हलहरु खुलाइने कुरा समेत बताइएको छ ।
हल खुलाउने भएपछि अक्षयकुमार स्टारर फिल्म सूयंवंशीको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । तिहारकै अवसर पारेर सूर्यवंशी प्रदर्शन मिति घोषणा भएको बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले बताएका छन् ।
हलहरु खुल्ने भएपछि यसले नेपाली फिल्म क्षेत्रलाई समेत राहत मिल्ने आशा गरिएको छ । नेपालमा बनेका र कोरोनाका कारण रिलिज हन नसककेका भलचित्रहरुका लागि यो शुखद खबर भएको छ । ठुलो बजेटमा बनेका केहि नयाँ नेपाली चलचित्रका वितरक र प्रदर्शक मुम्बईमा हल खुलेपछि फिल्म रिलिज गर्ने र यसले फिल्म क्षेत्रलाई चलायमान बनाउने कुरामा आसावादि छन् ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj





Total views : 295980



