जर्मनीमा १६ वर्षपछि आज निर्वाचन हुदै | Jana Aawaj News

जर्मनीमा १६ वर्षपछि आज निर्वाचन हुदै

पढ्न लाग्ने समयः < 1 मिनेट
जर्मनीमा १६ वर्षपछि आज निर्वाचन हुदै : Jana Aawaj News
तस्विरः वेव

एजेन्सी । जर्मनीमा आइतबार सर्वसाधारणहरूले संघीय निर्वाचनमा मतदान गर्ने भएका छन् । पछिल्लो १६ वर्षमा पहिलोपटक निर्वाचन हुन लागेको सो क्षेत्रमा जर्मन चान्सेलर एन्जेला मर्केलले उम्मेदवारी नदिएकी हुन् ।

सो निर्वाचनमा कुन पार्टीको जित हुन्छ र को नयाँ चान्सेलर बन्छ भन्ने अन्वल बढेको छ । निर्वाचनमा कुन पार्टीले स्पष्ट बहुमत ल्याउँछ वा गठबन्धन सरकार बन्छ भनेर विषयमा पनि उत्तिकै कौतुहलता बढेको छ । निर्वाचनअघि गरिएको सर्वेक्षणले सोशल डेमोक्रेटिक पार्टी एसपिडी र कन्जरभेटिभ क्रिष्ट्रियन डेमोक्रेटिक युनियन सिडीयुबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

यसपटकको निर्वाचनमा जलवायु परिवर्तनको मुद्दालाई कडाईका साथ उठाईएको छ । यस्तै सामाजिक खर्च र न्युनतम तलब बढाउने विषय, जर्मनीको डिजिटल पूर्वाधारलाई बलियो बनाउने विषय र नाटो गठबन्धनमा जर्मनीको भूमिका लगायत विषयहरुमा समेत उम्मेदवारले जोडदारका साथ अघि बढाएका छन् ।
आज आइतबार स्थानीय समयअनुसार ६ बजे मतदान सकिएपछि निर्वाचनको नतिजा आउने क्रम भने रातभर चल्ने बताइएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न