
नारायण थापा
जन आवाज न्युज/भक्तपुर । पत्रकार सुरेश रजकको हत्या र सञ्चार गृहमा भएको आगजनीको विरोधमा नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले कालो पट्टी बाधी विरोध गरेको छ ।
आइतबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुर सल्लाघारीमा सहभागी पत्रकारहरुले पत्रकार सुरेश रजकको हत्यारालाई कडा कारबाहीको माग गर्दै प्रेस स्वतन्त्रता माथिको आक्रमणलाई निस्तेज पार्न कालो पट्टी बाधी दबाब दिएका हुन् ।
विरोध सभामा सहभागी भक्तपुरका पत्रकारहरुले ‘पत्रकार सुरेश रजकको हत्यारालाई कारबाही गर,’ ‘प्रेस स्वतन्त्रता कायम गर,’ ‘आन्दोलनको नाममा पत्रकार मार्न पाइदैन,’ ‘मिडिया हाउसमा तोडफोड गर्न पाइदैन’ योजनाकार र मुख्य आरोपीलाई आजिवन काराबास गर्नै पर्छ भन्ने भनाई राख्नुभएको थियो ।
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको कार्यालयमा आयोजना गरिएको विरोध सभामा नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकालेरले पत्रकार रजकको हत्या प्रेस स्वतन्त्रता माथिको गम्भीर प्रहार भएको बताउनुभयो । पत्रकारको योजनावद्ध हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा थप आन्दोलनका कार्यक्रम तय गरेको जानकारी दिनुभयो ।
यस्तै आज कार्यस्थलमा कालोपट्टी बाँधेर काम गर्न सबै सञ्चारकर्मीलाई आह्वान गर्ने, सोमबार केन्द्रीय समिति, प्रदेश समिति र शाखामार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने र मंगलबार सरोकारवाला संगठनहरूसँग छलफल गर्ने निर्णय गरिएको बताउनुभयो ।
यसैगरी हत्या रिएका पत्रकार सुरेश रजक सम्बद्ध सञ्चारगृह, उनको परिवारसँग छलफल गरी प्रतिवेदन तयार पार्न उपाध्यक्ष उमिदप्रसाद बागचन्दको नेतृत्वमा सचिवहरू रमेश खतिवडा, सोनी शमी, प्रकाश धौलाकोटी र वैकुण्ठराज पराजुली संलग्न रहेको समिति गठन गरिएको जनकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका सल्लाहाकार तथा पत्रकार रमेश गिरी र रफत संचार क्लवका अध्यक्ष शुसिल बन्धु थापाले पत्रकार सुरेश रजकको हत्या र सञ्चार गृहमा भएको आगजनी गर्नेलाई कानुनी कठघरामा ल्याई कडा भन्दा कडा कारवाही गर्नुपर्ने बताउनुभयो ।
पत्रकार सुरेश रजकको हत्या र सञ्चार गृहमा भएको आगजनीको घटनाले स्थानीय सञ्चार जगतमा ठूलो हलचल मच्चाएको छ । पत्रकार महासंघ भक्तपुरले यो घटनालाई प्रेस स्वतन्त्रता माथिको गम्भीर चुनौतीको रूपमा लिँदै दोषी माथि कडा कारबाहीको मागगर्दै यसप्रति राष्ट्रिय ध्यानाकर्षण समेत गराएको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news






Total views : 296042



