
जन आवाज न्युज/काठमाडौं जेष्ठ, ०१ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले बिहीवार थलीमा प्लास्टिक फुटपृन्ट मेटाउने अभियन सम्पन्न गरेको छ ।
विश्व वातावरण दिवसको उपलक्ष्यमा प्लास्टिक फुटप्रिन्ट मेटाउने साथै नदिय तट सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।

बिहिबार आयोजना गरिएको बृहत् सरसफाई कार्यक्रममा २०० भन्दा बढीको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा थलि नेपाल जोरपाटी नेपाल दक्षिणढोका नेपाल गोकर्ण नेपाल साथै नयाँ बजार आदि क्षेत्रहरूका सदस्यहरु र स्थानीय प्रशासनको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बजार क्षेत्र सडक क्षेत्र र नदिय तट सरसफाई गरी करिब २०० बोरा भन्दा बढी प्लास्टिक जन्य फोहर सङ्कलन गरिएको थियो।

नेपालका विभिन्न जिल्लाहरूमा मण्डलीले निरन्तर रूपमा गर्दै आइरहेको सो कार्यक्रममा गत साता मकवानपुरको हेटौडामा साथै विभिन्न क्षेत्रहरूमा बृहत् सरसफाई गर्दै आइरहेको छ।

कार्यक्रममा परमेश्वरका मण्डलीका अध्यक्ष तेजेन्द्र गौतमज्यूले कार्यक्रमको नाममा भएको विश्व वातावरण दिवस प्लास्टिक फुटप्रिन्ट मेटाउने अभियान चाहिँ आमाको मन लिएर गरौँ भन्दै प्रोत्साहन दिनुभएको थियो।
साथै कार्यक्रममा मेलम्ची नगरपालिकाका अध्यक्ष आइतमान तामाङले परमेश्वरको मण्डलीले समाज र देशमा पुर्याउँदै आएको आएको विभिन्न स्वयंसेवाका गतिविधिहरू साथै २०७२ को महाभूकम्पको स्वयंसेवा नदी तथा टोल सरसफाई विद्यालय पुनस्थापना रक्तदान जस्ता सामाजिक कार्यमा प्रत्यक्ष सक्रियतापूर्वक योगदान पुर्याएको कुरालाई भिडियो क्लिपद्वारा अवलोकन गरेर एकदमै प्रभावित भएर यो कार्य साँच्चै उत्कृष्ट छ हामी सबैले गर्नुपर्ने असल कार्य हो भन्दै स्वयंसेवकहरूलाई प्रोत्साहन दिनुभएको थियो। कार्यक्रम सञ्चालन भइरहेको स्थलमा प्रदेश सांसद साथै नेपालि कांग्रेसका बाग्मती प्रदेश दलको सचिव कृष्ण कुमार तामाङको पनि उपस्थिति जनाउँदै कार्यक्रम लाई समर्थन जनाउनुभएको थियो ।

त्यसैगरी नेपाली कांग्रेसका महासमिति सदस्य राजेन्द्र गोर्खालीज्यू ले पनि परमेश्वरको मण्डलीले समाजमा पुर्याउँदै आएको योगदान को प्रशंसा गर्दै सक्रियतापूर्वक सरसफाई अभियानमा सहभागी हुनुभएको थियो।

परमेश्वरको मण्डलले सञ्चालन गर्ने बाँडचुडका गतिविधिको आधार नै छिमेकीलाई आफ्नै शरीरलाई झैँ प्रेम गर्नु भन्ने ख्रीष्टको शिक्षा हो। शिक्षा हो। कसैलाई पनि एक्लो हुन नदिउँ भन्ने मनद्वारा सन्तहरुले छिमेकी सहयोग प्रकोप राहत वातावरण सरसफाई रक्तदान शैक्षिक सहयोग आदि विभिन्न विधाहरूमा स्वयंसेवा गर्दै आएको छ । गत महिनाको ११ तारिखमा नुवाकोटको दुपचेश्वरको श्री कौकेश्वरी माध्यमिक तथा उच्च माध्यमिक विद्यालयमा कम्प्युटर सेट १० स्थान वितरण गर्दै किशोर किशोरी युवाहरूको सपना पूरा गर्न मद्दत गरे। गत महिनाको परमेश्वरको मण्डलीको क्याम्पस विद्यार्थी स्वयंसेवक समूह आशिषले ललितपुरमा अवस्थित वृद्धाश्रमको भ्रमण गरेर त्यहाँका जेष्ठ नागरिकलाई रात्री भोजनले सत्कार गर्दै उहाँहरूप्रतिको सम्मान र कृतज्ञता व्यक्त गरे सन्तहरुले काठमाडौँको मित्र पार्क र मेडिकल कलेज ललितपुरको मुनलाइट उच्च माध्यमिक विद्यालय र स्मृति उच्च माध्यमिक विद्यालय पृथ्वीनारायण क्याम्पस आदि देशभरिका थुप्रै सहर पहाड नदीनाला आदिमा वातावरण सरसफाई गर्दै संरक्षणमा पनि एक साथ जुटेका थिए।

सन् २०१५ मा विनाशकारी भूकम्प जाँदा सन्तहरुले गरेको निस्वार्थ उद्धारको कार्यलाई छुट्टाउन सकिँदैन। पराकम्पको जोखिममा पनि करिब १५००० सन्तहरुले ७१० क्षेत्रहरूमा मर्मत सम्भार घाइते उद्धार आदिमा लागिपरेका थिए। पीडितहरूको सहयोगार्थ आकस्मिक उद्धार सामग्री र अनुदान सहयोग गर्नुको साथै सेर्तुंग र तिप्लिङ जस्ता सवारी नपुग्ने हिमाली दुर्गम गाउँमा भएका हजार घरधुरीका लागि हेलिकप्टरबाट १४ पटकसम्म ओहोरदोहोर गरेर खाद्यान्य सामग्री सहयोग गरेका थिए। भूकम्पले गर्दा सिन्धुपाल्चोकको श्री प्राथमिक विद्यालय र काभ्रेको श्री भवानी प्राथमिक तथा माध्यमिक विद्यालयको भवन पुननिर्माण गरेर भावी पुस्ताहरूलाई आशाको उपहार प्रदान गरेका थिए।

मण्डलीबाट गरिएका यस्ता समर्पणयुक्त स्वयंसेवाको कदरस्वरूप बागमती प्रदेशको सामाजिक विकास मन्त्रीबाट प्रदेशको सामाजिक विकास मन्त्रीबाट अनि श्री सरस्वती माध्यमिक विद्यालयका प्राधानाध्यापकबाट श्री जनता प्राथमिक विद्यालयका प्रार्थनाध्यापकबाट नन्दी विद्यार्थी कल्याणकोशका निर्देशक इन्द्रायणी प्राथमिक विद्यालयका प्राधानाध्यापक आदि विभिन्न संस्थाहरुबाट परमेश्वरको मण्डललाई प्रशंसापत्र हस्तान्तरण गरिएको थियो।
परमेश्वरको मण्डली चाहिँ विश्वभरि १७५ वटा देशहरूमा ७,५०० वटा भन्दा बढी क्षेत्रहरूमा स्थापना भएको विश्वव्यापी मण्डली हो। ३७ लाख सन्तहरुले बाइबलको शिक्षा अनुसार पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्छन् २७ हजार पटक भन्दा बढी स्वयंसेवा गतिविधि गरेबापत यो मण्डलीले अमेरिकी राष्ट्रपतिय अवार्ड कोरियाली राष्ट्रपति अवार्ड ब्राजिलियन विधायकी पदक आदि कुल ४२०० वटा भन्दा बढी अवार्डहरु प्राप्त गरेको छ
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related














Total views : 344340












