नेपालमा पहिलो पटक मस्तिष्क मृत व्यक्तिबाट प्राप्त मृगौला र कलेजोे एकै व्यक्तिमा सफलतापूृर्वक प्रत्यारोपण | Jana Aawaj News

[banner group='top-header-side-of-logo']
[banner group='below-menu']

नेपालमा पहिलो पटक मस्तिष्क मृत व्यक्तिबाट प्राप्त मृगौला र कलेजोे एकै व्यक्तिमा सफलतापूृर्वक प्रत्यारोपण

पढ्न लाग्ने समयः 2 मिनेट
नेपालमा पहिलो पटक मस्तिष्क मृत व्यक्तिबाट प्राप्त मृगौला र कलेजोे एकै व्यक्तिमा सफलतापूृर्वक प्रत्यारोपण : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर जेठ, ११ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मृर्गौला र कलेजो प्रत्यारोपण नेपाली विज्ञहरुबाटै एकै व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरेर इतिहास रच्न सफल भएको छ । संसारकै सबै भन्दा जटिल शल्यक्रिया मध्येको उक्त कार्य संसारमै बिरलै हुने गरेको छ । अर्को मृगौला एक ४२ वर्षिया महिलामा प्रत्यारोपण गरिएको छ । प्रत्यारोपित व्यक्तिहरुले स्वास्थ्य लाभ गरिरहेका छन भने केही दिनमै डिस्चार्ज हुने तयारीमा रहेको छन ।

प्रत्यारोपण शल्य चिकित्सक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा उक्त प्रयारोपणमा कलेजो तर्फ डा.रोशन घिमिरे र डा प्रविण महर्जनले सघाउनु भएको थियो भने मृर्गौला तर्फ डा. दिपेश श्रेष्ठ, डा रुपेश कुमार झा, डा. हरि प्रसाद बराल, डा रोजन अधिकारी डा विकास खड्का लगायतले सघाउनु भएको थियो । एनेस्थेसिया तथा क्रिटिकल केयर विभागबाट डा.आरती राई, डा.निभा श्रेष्ठ, डा.शोभित थापा, डा. रेखा श्रेष्ठ, लगायतले सहयोग गर्नुभएको थियो ।

यसैगरी नेफ्रोलोजी विभागबाट डा.कल्पना कुमारी श्रेष्ठ, डा.लुसन सिंह, डा.सुमित आचार्य, डा. सन्तोष सुवेदी ड.ा रुबश नाथ योगी र डा.विक्रमवीर बज्राचार्य सहभागी हुनुहुन्थ्यो भने रेडियोलोजी विभागबाट डा. कृष्ण बुढाथोकी डा.जस्मिन जोशी, डा. हितेश रायमाझी, डा सुधिर जोशी, डा जी एलिनले कार्य गर्नु भएको थियो । प्याथोलोजि विभागबाट डा.सविना श्रेष्ठ, डा. सुस्मिता घिमिरे, कार्डियोलोजी विभागबाट डा प्रवेश न्यौपाने, डा. किसन कुमार कुशवाह, डा. सचिन लामिछाने, पल्मनोलोजी विभागबाट डा राजेश किशोर यादव, ट्रान्सप्लान्ट कोर्डिनेटर विभागबाट डा. बादल महर्जन, ड.ा निरु शर्मा, तारा साँध, सरु कोजु, बन्दना खत्रीले समन्वय गर्नु भएको थियो भने नर्सिङ विभागबाट निर्देशक पुजा कोइराला, इन्चार्जहरु अस्मिता कटुवाल, बबिता लवजु, अनिता कार्की, निरु सुवाल, मीना खर्वुजा, एलिसा श्रेष्ठको टिमले सघाएको थियो । उपसचिव राम प्रसाद आचार्य, लेखा अधिकृत जय कुमार कटुवाल, शाखा अधिकृत हरिहर पोख्रेल, फोकल पर्सन गौरव पन्थ तथा राम चन्द्र पौडेलले व्यवस्थापकीय जिम्मेवारी निभाएका थिए ।

काठमाण्डौ मेडिकल कलेज, सिनामंगल, काठमाण्डौमा मिति २०८१।०२।०१ गते मस्तिष्क मृत्यु भएका १८ वर्षीय पुरुषबाट दुई मृर्र्गाैला र एक कलेजो प्राप्त भएको थियो । उक्त अङ्गदान कार्य सफल गर्नका लागि सोही अस्पतालका सञ्चालक माननीय सुनिल शर्मा, सर्जन डा रोशन घिमिरे, नेफ्रोलोजिष्ट डा. सुरेश महर्जन, एनेस्थेसियोलोजिष्ट डा. विजय के.सी., पोष्ट मार्टम विशेषज्ञ डा. आहना श्रेष्ठ, लगायत बाट सकरात्मक सहयोग प्राप्त भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मा. प्रदीप पौडेलज्यू मस्तिष्क मृत्यू पश्चात हुने अंगदान जस्तो पवित्र कार्यलाई थप प्रोत्साहान प्रदान गर्न अंगदाताको परिवारलाई आर्थिक सहयोग वृद्धि गरी रु. २ लाख तथा अंगदाता अस्पताललाई रु. ७५ हजार सहयोग गर्ने घोषणा गर्नुभएकोले यस कार्यले अब गति लिने विस्वास गरिएको छ ।

कलेजो प्रत्यारोपण

केन्द्रले नेपालको इतिहासमा वि.सं २०७३ मंशीर २२ मा पहिलो पटक दक्षिण कोरियाली विज्ञको सहयोगमा कलेजो प्रत्यारोपण गरेको हो, भने नेपाली टोलीबाट नेपालकै पहिलो कलेजो प्रत्यारोपण डा. पुकारको नेतृत्वमा २०७५ कार्तिक १२ गते भएको हो, र हालसम्म देशको सबै भन्दा धेरै (३४ जना) र संभवतः संसारकै सबै भन्दा सस्तो मुल्यमा (रु. १५ देखि २० लाख) केलेजो प्रत्यारोपणमा गर्ने गरेको छ । ३ वर्षको बालक देखी ६८ वर्ष सम्मका व्यक्तिमा कलेजो प्रत्यारोपण भइ सकेको छ ।

 

 

 

 

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
[banner group='sidebar-top']
ताजा
1 बङ्गालको खाडीमा चक्रवात ‘अरनब’को प्रभाव: नेपालका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
2 ​ASEZ WAO लाई कोहलपुर नगरपालिकाद्वारा प्रशंसापत्र प्रदान
3 अपाङ्गता भएका बालबालिका आश्रित केन्द्रमा ‘आसेज’द्वारा रङरोगन तथा श्रमदान स्वयंसेवा सम्पन्न
4 ​स: दबू साहित्यमा स्रष्टा प्रेम के निडरको एकल लघुकथा वाचन सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
[banner group='sidebar-bottom']
0
Would love your thoughts, please comment.x
()
x