जन आवाज न्युज /जेठ, १२गते । अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनद्वारा ललितपुर, महालक्ष्मी नगरपालिका वडा नं २ मा अवस्थित सामुदायिक विद्यालय गम्भीर समुन्द्र सेतु उच्च माध्यमिक विद्यालयमा उच्चस्तरको पानी शुद्धीकरण उपकरण हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
 उक्त कार्यक्रम ललितपुर, महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरि गोविन्द श्रेष्ठको प्रमुख आतिथ्यतमा सम्पन्न भएको हो । यस बाहेक कार्यक्रममा ललितपुर, महालक्ष्मी नगरपालिकाका उपमेयर लक्ष्मी महर्जन, गम्भीर समुन्द्र सेतु उच्च माध्यमिक विद्यालयकीप्रधानाध्यापिका निरा कुमारी श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार के.सी लगायत व्यक्तित्वहरूको आतिथ्य रहेको थियो । कार्यक्रममा नगर प्रमुख श्रेष्ठले उच्चस्तरीय प्रविधिबाट प्रशोधन भएको शुद्ध पानी पिएर विद्यालयका शिक्षक-शिक्षिका लगायत विद्यार्थीहरूले स्वस्थ जीवन जिउन सक्ने कुरा बताउनुभयो । उप नगरप्रमुख लक्ष्मी महर्जनले विशेष गरी विपन्न वर्गका परिवारका बाल-बच्चाहरू पढ्ने यस सामुदायिक विद्यालयमा यस किसिमको सहयोगद्वारा धेरै प्रेरणा मिलेको कुरा बताउनुभयो । विद्यालयकी प्रधानाध्यापिका निरा कुमारी श्रेष्ठले बाढीले क्षतिग्रस्त भएर सरकार अनि अन्य संघ संस्थाबाट पनि कुनै सहयोग नपाइरहेको अवस्थामा यो संस्थाले गरेको कार्यद्वारा ठूलो राहत मिलेको कुरा बताउनुभयो ।

 त्यसैगरी वी लभ यू फाउन्डेसन, नेपालका अध्यक्ष किशोर साम्सोहाङले वी लभ यू फाउन्डेसन आमाको मनद्वारा कार्य गर्ने संस्था हो भन्ने कुरामा जोड दिनुहुँदै जसरी आमाको मन दिने मात्र हुन्छ त्यस्तै मनद्वारा आज विद्यालयका विद्यार्थीहरू स्वच्छ र शुद्ध खानेपानी पिउनबाट वञ्चित नहोस् भन्ने हेतुले विद्यालयको आधारभूत आवश्यकता रहेको पानी शुद्धीकरण उपकरणलाई पहिलो प्राथमिकतामा राखेर हस्तान्तरण गरिएको कुरा बताउनुभयो । गत २०८१ सालको असोज महिनामा आएको बाढीले विद्यालय परिसरमा भौतिक क्षति पुर्याउँदा विद्यालयमा विभिन्न कुराहरूको पुनर्निर्माण आवश्यक परिरहेको अवस्थामा विद्यार्थीहरू स्वच्छ र शुद्ध खानेपानी पिउनबाट पनि वञ्चित हुँदैआएका थिए ।

 यो उच्चस्तरको पानी शुद्धीकरण उपकरण जडान भएपछि विद्यालयमा अध्ययनरत करीब १,५०० विद्यार्थीहरू लाभान्वित हुने भएका छन् । उक्त विद्यालय सामुदायिक विद्यालय भएकोले देशका विभिन्न जिल्लाबाट हाल महालक्ष्मी नगरपालिकाभित्र बसोबास गर्ने विपन्न परिवारका बाल(बच्चाहरू पढ्ने गर्छन् । स्वच्छ र शुद्ध खानेपानी जुनसुकै समयमा, कुनै अभावबिना निस्शुल्क प्राप्त गर्न पाउँदा शिक्षक शिक्षिकाहरू लगायत विद्यार्थीहरूमा पनि खुशीको लहर छाएको छ । वी लभ यू फाउन्डेसनले यसअघि काठमाडौको चन्द्रागिरी नगरपालिकामा अवस्थित महादेवथानको पार्कमा आमाको उद्यान (Mom’s Garden)’ वातावरण संरक्षण प्रोजेक्टअन्तर्गत २५० वटा रूखका विरूवाहरू रोप्ने कार्य पनि सम्पन्न गरेको थियो । यसैगरी यही वर्ष देशभरि भएको रक्त अभावलाई परिपू्र्ति गर्न सातै प्रदेशमा रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको छ ।

 वी लभ यू फाउन्डेसनचाहिँ यूएनडिजिसीसँग सहकार्य गर्ने एक गैरसरकारी संस्था हो, र यसका ७९ वटा देशका १,५५,००० जना सदस्यहरूले ‘आमाको प्रेम सारा संसारमा’ भन्ने नाराअन्तर्गत विश्वभरि मानवीय गतिविधिहरू गर्दैआएका छन् । वीलभयूले वातावरण संरक्षण, आपत्कालीन राहत, खानेपानी तथा सरसफाइ, गरिबी तथा भोक उन्मूलन, स्वास्थ्य तथा कल्याण, सामुदायिक कल्याण, शैक्षिक सहयोग जस्ता विविध गतिविधिहरू करीब ४,५०० पटक आयोजना गरिसकेको छ । सो कार्यको सम्मानस्वरूप, वीलभयूले कोरियाली सम्मान पदक, अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड स्वर्ण, इक्वेडोरको राष्ट्रिय सभा पदक र कम्बोडियाको राजकीय पदक जस्ता थुप्रै अवार्डहरू विश्वभरिबाट प्राप्त गरेको छ ।

 नेपालमा पनि २०७२ सालको भूकम्पका बेला भूकम्प पीडितहरूका लागि राहत कार्य, रूपन्देहीमा भारी वर्षाबाट प्रभावित परिवारका लागि नयाँ घर निर्माण, कोभिड-महामारीको सामना गर्न क्वारेन्टाइन सामग्रीहरू अनुदानमा पनि सक्रिय रूपमा सहभागी भए वीलभयूले नेपाल पर्यटन बोर्डबाट प्रशंसा पत्र, इटहरी उपमहानगरपालिकाबाट प्रशंसा पत्र, कीर्तिपुर नगरपालिकाबाट कदर-पत्र, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिबाट सम्मान-पत्र जस्ता विभिन्न अवार्डहरू प्राप्त गरेको छ ।

भविष्यका कर्णधारहरूलाई समर्थन गर्ने कार्यमा पनि सरिक हुँदै वी लभ यूले यसै वर्ष भक्तपुरको मध्यपुर ठिमी वडा नं. १मा अवस्थित श्री सरस्वती विद्यालयमा साइनबोर्ड जडान गरेर घेराबार मर्मत गरिदिनुका साथै पंखाहरू पनि सहयोग गरेको छ । त्यसै गरी वी लभ यूले कोशी प्रदेशको ईटहरीस्थित श्री सेतो गुराँस बालवाटिका प्राथमिक विद्यालयमा खेल मैदान निर्माणका लागि जग्गा खरिद रकम सहयोग गरी शैक्षिक वातावरण सुधार गर्नमा पनि योगदान पुऱ्याएको छ ।
 यसको अतिरिक्त वी लभ यूले पहाड, समुद्र, खोलानाला, सहरको सडक र पार्क जस्ता ठाउँहरूलाई सफा गरी सजाउने वातावरणीय कल्याण गतिविधि ‘क्लिन वर्ल्ड अभियान’का साथै विश्वव्यापी तापक्रम वृद्धिको मुख्य कारक, हरितगृह ग्याँसलाई न्यूनीकरण गर्न वृक्षारोपण गर्ने ‘आमाको उद्यान (Mom’s Garden)’ प्रोजेक्ट पनि आयोजना गरेको छ । सोही प्रोजेक्टअनुरूप वी लभ यूले बागमती कागेश्वरी मनोहराको शहीद पार्कमा ४४० वटा वृक्षहरू रोप्नुका साथै वरिपरिको वातावरण सरसफाइ गरेर छिमेकीहरूलाई दिगो जीवनको आधार उपहारस्वरूप प्रदान गरेको छ ।

- 
        Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news

 Total views : 295455
 Total views : 295455