सूर्यविनायक नगरपालिका-५ मा वडागत सार्वजनिक सुनुवाई सम्पन्न (तस्बिरमा हेर्नुहोस्) | Jana Aawaj News

सूर्यविनायक नगरपालिका-५ मा वडागत सार्वजनिक सुनुवाई सम्पन्न (तस्बिरमा हेर्नुहोस्)

स्थानीयको माग यो पालीको चुनाबमा मेयरमा उठ्नुहोस

पढ्न लाग्ने समयः 3 मिनेट
सूर्यविनायक नगरपालिका-५ मा वडागत सार्वजनिक सुनुवाई सम्पन्न (तस्बिरमा हेर्नुहोस्) : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर, असार ३ गते । सूर्यविनायक नगरपालिका-५, को सामुदायीक भवनमा वडास्तरिय सार्वजनिक सुनुवाई कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

क्रियाशिल पत्रकार मञ्चको आयोजना र सूर्यविनायक नागरपालिकाको समन्वयमा सम्पन्न कार्यक्रममा वडाबासी, जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय तथा पत्रकारहरुको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रम सूर्यविनायक नगरपालिका वडा नं. ५ को सामुदायिक भवनको सभा हलमा आयोजना भएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष राजकुमार जोशीले वडाले गरेका विकास निर्माणका कामहरु उल्लेख गरेका थिए । प्रमुख अतिथिका रुपमा बोल्दै जोशीले वडामा हाल विकास निर्माणका काम सम्पन्न भएको र केहि भइरहेको बताउनुभयो । वडा अध्यक्ष जोशीले वडाले प्रवाह गर्दै आएका सेवा, राजश्व व्यवस्थापन र पछिल्लो वर्षमा सम्पन्न विकास निर्माणबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो । वडाले अघि सारेका योजना र कार्यान्वयनको प्रगति पनि कार्यक्रममा छलफलको विषय बनेको थियो ।

कार्यक्रममा स्थानीयहरुले वडा अध्यक्षले गरेको कामप्रती सन्तुष्ट जनाउदै अबको चुनावमा मेयर उठन समेत आग्रह गरेका थिए । दुई कार्यकालको समयवधिमा आजसम्म जति पनि विकास निर्माणको काम भएको छ, त्यसप्रति वडाबासिहरु खुशी भएको बताउदै बाकी रहेका काममा पनि स्थानियको साथ सहयोग हुने बताएका थिए । वडा अध्यक्ष जोशीले यो आर्थिक वर्षको बजेट बाकी विकासका काम गर्ने र स्थानीयले जुन कुराको माग गर्नुहुन्छ यो वडामा जे कुराको खाचो छ त्यो कुरा पूरा गर्न आफ्नो तर्फबाट आफुले गर्ने प्रतिवद्द्ता समेत व्यक्त गर्नुभयो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा वडा सचिव, वडा सदस्यहरू, स्थानीय लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ वडा अध्यक्ष जोशीले दिनुभएको थियो ।
आयोजक संस्था क्रियाशिल पत्रकार मञ्चका कोषाध्यक्ष पुष्करराज बुढाथोकीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन ऋसिकेस श्रेष्ठले गरेका थिए ।

त्यसैगरी कार्यक्रमको प्रारम्भमा सार्वजनिक सुनुवाईको औचित्य, प्रक्रिया र अपेक्षित परिणामबारे पत्रकार तथा मञ्चका कोषाध्यक्ष पुष्करराज बुढाथोकीले मन्तव्य राखेका थिए ।
क्रियाशिल पत्रकार मञ्चका अध्यक्ष रमेश गिरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको समापन गर्दै अध्यक्ष गिरीले वडालाई सल्लाह दिदै स्थानीयहरुको जनगुनासो छिटोभन्दा छिटो समाधान होस र विकासका कामहरु सबै पुरा गर्नका लागि सुझाव दिनुभएको थियो ।

 

 

+ posts
ताजा
1 परमेश्वरको मण्डलीले संचालन गरेकाे ‘Hold Hope’ अभियान’द्वारा धुलिखेलका ३० घरधुरीलाई खाद्य सामाग्री हस्तान्तरण
2 मोरङमा विश्वव्यापी १,८२१ औं रक्तदान कार्यक्रम सम्पन्न
3 स्वास्थ्य कार्यक्रमहरूको प्रदेश स्तरीय अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न
4 “एक जिल्ला एक स्वस्थ सहर अभिमुखीकरण कार्यक्रम”
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न