जन आवाज न्युज/भक्तपुर । भक्तपुर अस्पतालमा डायलासिस सेवाको शुभारम्भ भएसगैं मिर्गौला पीडितलाई राहत महसुस भएको छ । मिर्गौला रोगीहरूका लागि एक महत्वपूर्ण उपलब्धिका रूपमा भक्तपुर प्रादेशिक अस्पतालमा डायलासिस सेवा औपचारिक रूपमा शुरु गरिएको छ।
बागमती प्रदेश सरकार अन्तर्गत स्वास्थ्य मन्त्रालयको सहयोगमा शुर गरिएको यो सेवा अन्तर्गत हालका लागि ५ शैयाको डायलासिस युनिट सञ्चालनमा ल्याइएको छ।

यस सेवा विस्तारसँगै आर्थिक अवस्था कमजोर भएका मिर्गौला पीडितहरूले सुलभ र सहज उपचार पाउने आशा समेत राखिएको छ।
कार्यक्रममा बिहिवार बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले एक कार्यक्रमकाबिच उक्त सेवाको रिबन काटी शुभारम्भ गर्नु भएको हो । कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको सचिव डाक्टर सुमित्रा गौतम, भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुरेन्द्र भट्ट, भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष शसिजंग थापालगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले डायलासिस सेवा सुरुवातले हजारौँ मिर्गौला पीडितका आँखामा नयाँ आशा जाग्ने विश्वास व्यक्त गर्नुभएको थियो। यस सेवाबाट भक्तपुर र आसपास जिल्लाका बिरामीहरूलाई ठूलो राहत मिल्ने भएको छ।

-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news

Related

Total views : 351270