
जन आवाज न्युज/काठमाडौं, भाद्र ३ गते । अन्तर्राष्ट्रिय वी लभ यु फाउन्डेसनद्वारा किर्तिपुरमा ९२६ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा सदस्यहरू तथा स्थानीय बासिन्दाहरू सहित करिब ३१० जनाको सहभागीता रहेको थियो । विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय We love you foundation की अध्यक्ष जाङ गिल जाज्यूको नेत्तृत्वमा कीर्तिपुर वडा नं २ स्थित बहुउद्देश्यीय खेलकुद भवनमा ९२६ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सञ्चालन गरेको हो ।

उक्त कार्यक्रमको उद्देश्य स्थानीय समुदायमा स्वैच्छिक रक्तदानको संस्कृति फैलाउनुका साथै रगतको आपूर्तिमा सहयोग पुर्याउनु थियो एक व्यक्तिको रक्तदानले अर्को व्यक्तिको सहभागितालाई प्रेरित गर्दै जीवन बचाउने सहयोगको सकारात्मक चक्र निर्माण होस् भन्ने उद्देश्यले वीलभ यूले विश्वव्यापी रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ।
We love you का एक प्रतिनिधिले भने रक्तदानका लागि आफ्नो अमूल्य समय निकालेर सहभागी हुनुभएका सबैप्रति हामी आभारी छौं। धेरै नागरिकहरु एउटै उद्देश्यका साथ एकजुट हुनुभएकोले यो कार्यक्रम स्थानीय समुदायको लागि न्यानो शक्ति बनोस् भन्ने आशा गर्दछौं। रक्तदान कार्यक्रममा कुल ११६ जनाले रक्तदान गरि ५५ हजार २ सय एम.एल रगत दान गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा अन्तर्राष्ट्रिय We Love You फाउन्डेसन नेपालका अध्यक्ष किशोर साम्साेहाङले अन्तर्राष्ट्रिय We love you foundation की अध्यक्ष जाङ गिल जाज्यूले विश्वभरि मानव जातिको माझ आमाको प्रेम बाडिरहनु भएको कुरा बताउनुभयो । आज रक्तदान गरेर एकजनाको जीवन बचाउन त्याग र समर्पण गर्नुहुने सम्पूर्ण उपस्थित सदस्यहरुलाई स-हृदयदेखी धन्यवाद भन्दै प्रोत्साहन दिनुभएको थियो ।
कार्यक्रममा कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले we love you भनेर सहभागीहरुलाई सम्बोधन गर्दै रगतको अभाव भइरहेको समयमा आमाको मनद्वारा गरिएको जीवन बचाउने रक्तदान कार्य साह्रै प्रशंसनीय रहेको बताउनुभयो। आगामी दिनहरूमा पनि यस्तो पवित्र कार्यले निरन्तरता पाए राम्रो हुने थियो, हाम्रो नगरपालिकाबाट सधैं समर्थन रहनेछ भन्दै सहभागीहरुलाई प्रोत्साहन दिनुभएको थियो ।
कार्यक्रममा नगर उपप्रमुख शुभलक्ष्मी शाक्य, वडा नं २ का वडा अध्यक्ष इन्जिनियर रुपेश महर्जन, वडा नम्बर ३ का वडाध्यक्ष सुविन्द्र महर्जन, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज नेपालका अध्यक्ष तेजेन्द्र गौतम, विभिन्न संघ संस्थाका अध्यक्ष, स्कुलका प्रिन्सिपल, सुरक्षा निकायका प्रतिनिधिहरु साथै मिडिया कर्मीहरुको सहभागिताले गर्दा कार्यक्रम उल्लासमय भएको थियो।
रक्तदान सम्पन्न गरेका रामबहादुर गुरुङले एकजनाको ज्यान बचाउन पाउँदा साह्रै खुसी लागेको छ भन्दै आफ्नो अनुभव सुनाउनुभएको थियो । अर्का सहभागी मनदेवी महर्जनले पनि रक्तदान गर्ने धेरै इच्छा थियो आज यसरी जीवन बचाउने यो पवित्र कार्यमा सहभागी हुन पाएकोमा अन्तर्राष्ट्रिय We Love You फाउन्डेसनकी अध्यक्ष जाङ गिल जाज्यूलाई धन्यवाद व्यक्त गर्नुभयो । यस महिनामा We love you का रक्तदान कार्यक्रमहरू २० तारिखमा टीकापुरमा २३ तारिख काठमाडौँ र नेपालगञ्जमा तथा २६ तारिख पोखराको लेखनाथमा पनि निरन्तर आयोजना गर्ने योजना रहेको छ। We love you ले रक्तदान मात्र होइन नेपालका विभिन्न स्थानमा वातावरण सरसफाई, शिक्षा सहयोग तथा जोखिममा रहेका वर्गलाई सहायता प्रदान गर्ने जस्ता विविध कल्याणकारी गतिविधिहरु सञ्चालन गर्दै आएको छ।
गण्डकी प्रदेशको गोरखा तथा बागमती प्रदेशको भक्तपुर मध्यपुर ठिमी लगायत क्षेत्रका विद्यालयहरूमा शैक्षिक प्रयोजनका लागि टेलिभिजन, स्कुल ब्याग, कपडा र पङ्खा जस्ता सामग्री सहयोग गर्नुका साथै विद्यालयको साइन बोर्ड जडान पर्खाल मर्मत गरेर शैक्षिक वातावरण सुधार गर्नमा पनि योगदान पुर्याएको छ।
त्यसैगरी वातावरणीय कल्याणकारी गतिविधि रहेको क्लिन वर्ल्ड अभियान र वृक्षारोपण गरेर हरित गृह ग्यास न्यूनीकरण गर्ने आमाको उद्यान (Mom’s Garden) परियोजना मार्फत दिगो जिउने वातावरण निर्माण गर्दै आएको We love you ले विपतका समयमा राहत तथा पुनर्स्थापना कार्यमा पनि सहयोग पुर्याउँदै आएको छ। सन् २०१५ को महाभूकम्पका पीडितहरूका लागि राहत, भारी वर्षबाट प्रभावित परिवारका लागि नयाँ घर निर्माण सहयोग तथा कोभिड १९ महामारीका समयमा संक्रमण रोकथाम सामग्री प्रदान गर्ने जस्ता गतिविधिहरू सञ्चालन गरिएको थियो। we love youले सन् २००४ मा कोरियाबाट विश्वव्यापी रक्तदान अभियान सुरु गरेर २० वर्षभन्दा बढी समयदेखि विश्वका विभिन्न देशहरुमा निरन्तर रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। कोरिया सहित ६७ देशमा कुल १ लाख ५१ हजार ३७ जना सहभागी भएका छन् र ६७ हजार ८४८ जनाले रक्तदान गरेका छन् एकपटकको रक्तदानले अधिकतम ३ जनाको जीवन बचाउन सकिने कुरालाई विचार गर्दा करिब २ लाख मानिसको जीवन बचाउन योगदान पुर्याएको मान्न सकिन्छ (सन् २०२६ जुनसम्मको तथ्याङ्कको आधारमा)। संयुक्त राष्ट्रसङ्घको DGC (सार्वजनिक सूचना विभाग) सँग सहकार्य गर्ने एक गैरसरकारी संस्था अन्तर्राष्ट्रिय we love you ले आमाको प्रेम सारा संसारमा भन्ने नारा अन्तर्गत मानवीय गतिविधिहरु सञ्चालन गर्दछ We Love You ले १०२ देशमा वातावरण सरसफाई आपत्कालीन राहत पानी तथा सफाईको प्रत्याभूति गरिबी तथा भोकमरी न्यूनीकरण स्वास्थ्य सेवा स्थानीय समुदाय कल्याण र शिक्षा सहयोग लगायत विभिन्न क्षेत्रमा क्षेत्रमा १ लाख १ हजार१०० पटक भन्दा बढी गतिविधि सञ्चालन गरिरहेको छ। यस्ता निस्वार्थ गतिविधिहरूको कदरस्वरूप we love youले अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड स्वर्ण, गणतन्त्र कोरियाको पदक, इक्वेडरको राष्ट्रिय सभापदक, कम्बोडियाको राजकीय पदक जस्ता १११० वटा भन्दा बढी अवार्डहरू प्राप्त गरेको छ। नेपालमा पनि काठमाडौँ बुढानिलकण्ठ र कीर्तिपुरका मेयरहरूबाट प्रशंसापत्र तथा नेपाल रेडकस सोसाइटीका प्रतिनिधिबाट प्रशंसा पत्र प्राप्त गरेकाे कुरा आजको रक्तदान कार्यक्रमका संयोजक आमाेद कुमार भण्डारीले जानकारी दिनुभयो।


-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related








Total views : 383271




