संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेहरुले संसद्मा अवरोध गरिरहेका छन् : प्रधानमन्त्री ओली | Jana Aawaj News

संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेहरुले संसद्मा अवरोध गरिरहेका छन् : प्रधानमन्त्री ओली

पढ्न लाग्ने समयः < 1 मिनेट
संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेहरुले संसद्मा अवरोध गरिरहेका छन् : प्रधानमन्त्री ओली : Jana Aawaj News

काठमाडौँ, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेहरुले संसद्मा अवरोध गरिरहेको बताउनुुभएको छ ।

पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठद्वारा लिखित ‘लोकतन्त्र र जनअभिमत : नेपालको निर्वाचन इतिहास’ पुस्तकको आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाका बैठकहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीको लगातारको अवरोध र बहिष्कारलाई सङ्केत गर्दै संविधान र कानुनभित्र रहेर स्वतन्त्रपूर्वक आफ्ना कुरा राख्न पाएको अवस्थामा पनि व्यवस्थाभित्रै छिरेर व्यवस्थाविरुद्ध आगो लगाउन खोज्ने प्रवृत्ति गलत भएको टिप्पणी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणाली आफैमा गलत नभएको तर यसलाई कार्यान्वयन गर्ने प्रक्रियाका सन्दर्भमा कतिपय गलत प्रवृत्ति रहेकाले प्रक्रियामा देखिएका कमीकमजोरी सुधार्नुपर्नेमा जोड दिनुभयो ।

“लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार हुन्छ र जनताप्रति उत्तरदायी हुन्छ । यस प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र सेवक मात्रै हुन्छ ।’’, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रो ध्येय सुशासन र समृद्धि हो । कोही पनि अराजक भएनन् भने सरकारले कानुन लगाइरहन पर्दैन । अराजकता देखिएमा त्यसलाई कानुनुले आफ्नो बाटो लिनुपर्ने हुन्छ ।’’

प्रधानमन्त्री ओलीले नेपालको निर्वाचन प्रणाली खर्चिलो भएको र उम्मेदवारहरुले सीमाभन्दा बढी खर्च गर्ने गरेको सन्दर्भमा वक्ताहरुले गरेका टिप्पणीको प्रतिवाद गर्दै प्रधानमन्त्री ओलीले आफ्नो अनुभवमा त्यस्तो नभएको स्पष्ट गर्नुभयो । उहाँले आफूू विगतमा गृहमन्त्री र प्रधानमन्त्री हुँदा पनि स्वच्छ निर्वाचन व्यवस्थापनका लागि निर्वाचन आयोगलगायत निकायलाई कुनै हस्तक्षेप नगरेको स्मरण गर्दै गर्नुभयो ।

+ posts
ताजा
1 टोखामा उलेख्य सामाजिक विकास
2 बुढानीलकण्ठ नगरपालिका र उच्च अदालत पाटनको संयुक्त रूपमा न्यायमा बाह्य पहुँच कार्यक्रम सम्पन्न
3 भक्तपुरमा संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरुको मुटु परीक्षण शिविर सञ्चालन हुने
4 भक्तपुर नगरपालिकास्तरीय विद्यालय खेलकुदमा आदर्श आजाद माविलाई ७ पदक
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न