कपिल कसपालको ‘छमछम पाउजु खनखन चुरा’ गीत सार्वजनिक | Jana Aawaj News

कपिल कसपालको ‘छमछम पाउजु खनखन चुरा’ गीत सार्वजनिक

पढ्न लाग्ने समयः 2 मिनेट
कपिल कसपालको ‘छमछम पाउजु खनखन चुरा’ गीत सार्वजनिक : Jana Aawaj News

जन आवज न्युज/भक्तपुर । संगीतकार कपिल कसपालको तीजको अवसरमा ‘छमछम पाउजु खनखन चुरा’ गीत सार्वजनिक भएको छ ।

कसपालको शब्द र स्वरमा रचिएको उक्त गीतमा गायिका टुना थापाले पनि साथ दिनुभएको छ । बि बि अनुरागीको संगीत रहेको यस गीतको भिडियो निर्देशन गम्भीर बिष्टले गर्नुभएको छ भने कोरियोग्राफी पुनम श्रेष्ठले गर्नुभएको छ । राग रागिनी इन्टरटेन्मेन्ट प्रा.लि. को व्यानरमा तयार पारिएका उक्त तीजको गीतसँगै अर्काे २ वटा गीत ‘नेपालको छोरा’ र ‘नेपालकी छोरी’ पनि काठमाडौंको होटल शंकरमा एक विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको हो ।

राग रागिनी इन्टरटेन्मेन्टका कार्यकारी अध्यक्ष कपिल कसपालको सभापतित्व र पूर्व अर्थमन्त्री एवं गीतकार एस.पि. कोइरालाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा पूर्व अर्थमन्त्री कोइरालाले गायिका टुना थापा एवं गायक कपिल कसपालले साँस्कृतिक एवं देशभक्ति भावमा रचना गर्नुभएको यो ३ वटा गीत प्रशंसायोग्य रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्तै सरल र देशभाव एवं हाम्रो कला संस्कृति जोगाइराख्ने गीत सार्वजनिक गर्नु हुने आशा रहेको बताउँदै यो ३ वटा गीतको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष कपिल कसपालले ‘छमछम पाउजु खनखन चुरा’ तीजको रौनक एवं नारी सशक्तिकरण झल्काउने, ‘नेपालको छोरा’ र ‘नेपालकी छोरी’ देशभक्ति भावना दर्साउने उद्देश्यका साथ यो तीनै वटा गीत सार्वजनिक गरिएको बताउनुभयो । उहाँले नेपालको छोरा गीतमा शब्द र स्वर आफ्नो रहेको बताउँदै नेपालकी छोरी गीतमा भने शब्द आफ्नो र स्वर भने गायिका टुना थापाको रहेको जानकारी दिनुभयो ।

साथै यो दुई वटै गीतको संगीत संयोजन बरिष्ठ संगीतकार भुपेन्द्र रायामाझी गर्नुभएको छ भने भिडियोको निर्देशन निशान एस के ले गर्नु भएको छ । उहाँले यो तीनवटै गीत राग रागिनी इन्टरटेन्मेन्ट युट्युबमा हेर्न सकिने जानकारी दिँदै यो तीन वटै गीतलाई दर्शकले माया दिनु हुने आशा राखेको पनि बताउनुभयो ।

त्यस्तै कार्यक्रमका संयोजन इन्जिनियर तथा सफल व्यवसायी ध्रुब राज थापालाई इन्जिनियर क्षेत्र मार्फत समाजलाई पु¥याउनु भएको अतुलनीय योगदानको कदर गर्दै रागरागिनीले बिशेष सम्मान पनि गरेको थियो । कार्यक्रममा वरिष्ठ संगीतकार तथा प्राध्यापक दिपक जङमसहित संगीत क्षेत्रका विशिष्ट व्यक्तित्व गायिका देबिका बन्दना, गीतकार सुबास चन्द्र ढुंगेल, गीतकार बुद्ध वीर लामा, संगीतकार राजु सिंह, संगीतकार किरण कडेल, गायक भिम तुलाधर, अजर जङम, सुनिल उप्रेती, गायिका बुनु श्रेष्ठ, एन्जेला श्रेष्ठ, रोजि श्रेष्ठ, वरिष्ठ रेडियो कर्मी हेम सुबेदी, सुचित्रा श्रेष्ठ, प्रियन्का प्रसाईं, निर्माता गोपाल कर्माचार्य लगायत समाजका बिशिष्ट व्यक्तित्व पत्रकार तथा विभिन्न क्षेत्रका सामाजिक क्षेत्रका अतिथिहरूको उपस्थिति रहेको थियो भने राग रागिनी इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा आयोजित कार्यक्रम मोडल एवं होस्ट प्रनिमा दाहालले संचालन गर्नुभएको थियो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 देशका केही स्थानमा भारी वर्षाको सम्भावना
2 प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
3 ASEZ WAO द्वारा ललितपुरको चापागाउँमा सरसफाइ गतिविधि सम्पन्न
4 शान्ति आदर्श कलेजमा ASEZ द्वारा ‘जिरो प्लास्टिक २०४०’ सेमिनार सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न