समानुपातिक समावेशी निर्वाचनमा जनमत सिर्जना गर्नुपर्ने बेला आएको छ : सञ्चार मन्त्री | Jana Aawaj News

समानुपातिक समावेशी निर्वाचनमा जनमत सिर्जना गर्नुपर्ने बेला आएको छ : सञ्चार मन्त्री

पढ्न लाग्ने समयः < 1 मिनेट
समानुपातिक समावेशी निर्वाचनमा जनमत सिर्जना गर्नुपर्ने बेला आएको छ : सञ्चार मन्त्री : Jana Aawaj News

जन आवाज न्युज/काठमाडौँ, १३ भदौ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले समानुपातिक समावेशी निर्वाचन प्रणालीमा जनमत र्सिजना गर्नुपर्ने बेला आएको बताउनुभएकोछ ।

काठमाडौँमा आज आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्धारा आयोजीत पुस्तक लोकार्पण समारोहको संबोधन गर्दै मन्त्री गुरुङले समानुपातिक समावेशी निर्वाचन प्रणाली हटाइयो भने संविधानको मुल मर्म नै मर्ने हुँदा यसको पक्षमा जनमत सिर्जना गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङका अनुसार पछिल्लो समय समावेशी र समानुतापतिक प्रणालीलाई नेताहरुले नै कमजोर बनाउन लागेको बताउदै त्यसको बचाउ गर्न सबै समुदाय एक जुट हुन जरुरी रहेको बताउनुभयो । कतिपय नेताहरुकै बुझाइ के छ भने स्थायी सरकार नहुनुमा समावेशी प्रणाली बाधक हो भन्ने छ”, उहाँले भन्नुभयो,“जुन तर्क संगत छैन । समावेशी स्थीर सरकारको बाधक होइन, बरु नेताहरुको कार्यशैलीमा सुधार ल्याउन आवश्यक छ ।” लामो समयको संर्घषपछि संघिय शासन प्रणाली ल्याएको बताउदै राज्यको सरकार बनाउने कुरामा अभै पनि समावेशी प्रणाली लागु हुन नसकेको उहाँले बताउनुभयो ।

आदिवासीजनजातिको मुभमेन्ट सामाजिक र सांस्कृतिक क्षेत्रमा मात्रै केन्द्रीत भएको बताउदै उहाँले अब राजनीतिक र आर्थिक गतिविधिमा पनि जोड दिनुपर्ने धारणा राख्नुभयो । मन्त्री गुरुङले संघीयता आएपछि सिमान्तकृत समुदायले के कस्ता उपलब्धी हासिल गरे भन्ने विषयमा तथ्यांकगत अध्ययन गर्नु पर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले आदिवासी जनजाति प्रतिष्ठानले आदिवासीका विषयमा अध्ययन गर्ने मात्रै नभई आदिवासीको हक हितलाई सुरक्षित राख्ने अभिन्न अंग रहेको बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय राज्यका नेतृत्वकर्ताबाटै पटक पटक प्रतिष्ठान आवश्यक छैन भन्दै आलोचना गर्नु भनेको आदिवासीको समस्याप्रति संवेदनशील नभएको प्रष्ट हुने बताउनुभयो । “आदिवासी जनजाति प्रतिष्ठानलाई अझै बलियो र प्रभावकारी बनाउनुपर्नेमा उल्टै हटाउनु पर्ने धारणा राख्नु आदिवास जनजातिप्रतिको असंवेदनशील बुझाइ हो”, उहाँले भन्नुभयो ।

त्यस्तै, कार्यक्रममा प्रतिष्ठानले आदिवासी जनजातिका विषयमा विभिन्न पुस्तकहरु सार्वजनिक गरेकोछ । कार्यक्रममा प्रा.डा कृष्ण हाछेथु, प्रा.डा योगेन्द्र गुरुङ लगायतले आदिवासी जनजातिको अवस्था र पहिचानबारे विश्लेषणात्मक विचार राख्नुभएको थियो ।

+ posts
ताजा
1 टोखामा उलेख्य सामाजिक विकास
2 बुढानीलकण्ठ नगरपालिका र उच्च अदालत पाटनको संयुक्त रूपमा न्यायमा बाह्य पहुँच कार्यक्रम सम्पन्न
3 भक्तपुरमा संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरुको मुटु परीक्षण शिविर सञ्चालन हुने
4 भक्तपुर नगरपालिकास्तरीय विद्यालय खेलकुदमा आदर्श आजाद माविलाई ७ पदक
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न