
जन आवाज न्युज/सुर्खेत । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले सुर्खेतको बिरेन्द्रनगरमा ‘प्लास्टिक फुटप्रिन्ट’ मेटाउने अभियान सम्पन्न गरेको छ ।
मंगलगढी चोकदेखी भित्री सडक हुँदै हुलाक टोल सानो पुल सम्मको भित्रि सडक क्षेत्रमा सडक तथा नाली सर सरसफाई अभियानमार्फत करिब १५०० किलो भन्दा बढी प्लास्टिक र कागजको टुक्रा अन्य फोहोर संकलन गरिएको छ ।


वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ को संयुक्त सहकार्यमा संचालित अभियानमा परमेश्वरको मण्डली विश्व सुसमाच समाजले मंगल गढी चोक देखी हुलाक टोल सम्मको भित्री सडक परिसरमा सरसफाइ गतिविधिमार्फत कार्बन न्यूनीकरण नेतृत्व गरेको यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री सुरेश अधिकारीको अन्य अतिथिहरु सहित करिब ९० जना स्वयम सेवकहरूको सहभागिता रहेको थियो । सडक वरपर र नदी किनारमा बग्ने प्लास्टिक तथा अन्य एकल प्रयोग वस्तुहरू संकलन गर्दै अभियानले प्लास्टिकको अत्यधिक प्रयोग र त्यसबाट हुने वातावरणीय प्रभाव बारे जनचेतना फैलाउने उद्येश्य लिएको छ ।

विश्वभरि पारिस्थितिक प्रणालीको संरक्षण गर्न वातावरणीय अभियानहरू सञ्चालन गर्दै विश्वको ध्यानाकर्षण गरिरहेको छ । यो विश्वव्यापी अभियान एउटा यस्तो गतिविधि हो, जसले सडक समुद्र र नदीहरूमा बग्ने प्लास्टिकको फोहोरलाई सङ्कलन गरेर छुट्याउँछ, एकल-प्रयोग वस्तु जस्ता प्लास्टिकको अनावश्यक प्रयोगलाई कम गर्छ, र जागरूकता जगाएर नागरिकहरूलाई कार्य गर्नमा प्रेरित गर्छ । ‘प्लास्टिक फुटप्रिन्ट’ भन्नाले मानव-जातिले प्रयोग गर्ने र विसर्जन गर्ने प्लास्टिकको कुल मात्रालाई जनाउँछ, यसलाई कम गर्नु नै यस अभियानको उद्देश्य हो ।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री सुरेश अधिकारीले यसरी बातावरण सरसफाई अभियान मार्फत यस कार्यक्रममा जोडिनु पाएको अभार व्यक्त गर्नुभयो साथै कार्यक्रम सफलताको सुभकामना दिनुभयो । फोहोर संकलन कार्य मन्त्री ज्यूले फोहोर संकलन उद्वघाटन गरेर थालनी गर्नुभए सँगै सुरूवात भएको थियो
कार्यक्रममा जानकी टोल विकासका अध्यक्ष भिम बहादु बि.सीले मण्डलीको वातावरण सरसफाइ कार्यक्रम अनवरत रूपमा जारी गरिएकोमा अभार व्यक्त गर्नुहुँदै यस्तो सरसफाई कार्यक्रममा जोडिन पाएको धन्यवाद भन्नुहुँदै अगामी दिनहरूमा पनि सहभागि हुने कुरा बताउनुभयो । साथै छिमेकीहरूले पनि यस्तो कार्य अतिनै उत्कृष्ट रहेको कुरा बताउनुहुँदै अभार व्यक्त गर्नुभयो र यस्तो कार्यले अरूलाई पनि प्रेरित गर्ने कुरा बताउनुभयो ।

परमेश्वरको मण्डलीका एक प्रतिनिधिले बताएअनुसार यो अभियानले वातावरण प्रतिको दायित्व बोध गराउँदै नागरिकहरूलाई सक्रिय भुमिका लिन प्रेरित गरिरहेको छ । “परमेश्वरले सृजना गर्नुभएको यो पृथ्वी हाम्रो जीवनको आधार हो । त्यसको संरक्षण हाम्रो कर्तव्य हो,” उहाँले भन्नुभयो, “स्थानीय समुदायबाट सुरू भएको यस्तो प्रयासले ठूलो रूप लिन सक्छ भन्ने विश्वास लिएको थिए ।”

मण्डलीका सदस्य चित्र बहादुर बि.कले मण्डलीको कार्यमा निरन्तर सहभागि भएर वातावरण सरसफाई मार्फत स्वर्गीय माताको प्रेम बाँड्न पाउँदा एकदमै खुसी लागेको कुरा बताउनुभयो ।

परमेश्वरको मण्डलीचाहिँ विश्वको १७५ वटा राष्ट्रका ७,८०० भन्दा बढी क्षेत्रहरूमा स्थापना भएको विश्वव्यापी मण्डली हो । पञ्जीकृत सदस्य संख्या ३९ लाख २० हजार रहेको परमेश्वरको मण्डलीले बाइबलको आधारमा पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछ । मण्डलीले सुरुको मण्डलीले जस्तै नयाँ करार निस्तार–चाड लगायत ३ चरणका ७ वटा चाडहरू मान्दछ । ख्रीष्टको शिक्षाअनुसार छिमेकीलाई प्रेम गर्दै मण्डलीले विपत्ति राहत कार्य, जलवायु परिवर्तन प्रतिरोध गतिविधि, रक्तदान कार्यक्रम जस्ता विभिन्न सामाजिक योगदानका गतिविधिहरू ३१,१०० पटकभन्दा सञ्चालन गरिसकेको छ ।

यस्तो योगदानको कदरस्वरूप मण्डलीले संयुक्त राज्य अमेरिकाका तीन सरकारहरूबाट राष्ट्रपति स्वयंसेवा अवार्ड, गणतन्त्र कोरियाका तीन सरकारहरूबाट राष्ट्रपति अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, ब्राजिलको विधायिकी पदक, पेरुको राष्ट्रिय सभा पदक आदि ५,२०० भन्दा बढी अवार्डहरू प्राप्त गरेको छ । यस्ता अनवरत मानव कल्याणका गतिविधिका लागि नेपालमा पनि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, बुढानीलकण्ठ नगरपालिका, नेपाल रेडक्रस सोसाइटी जस्ता विभिन्न निकायहरूले प्रशंसा-पत्र, कदर-पत्र जस्ता पुरस्कारहरू प्रदान गरी मण्डलीको कार्यमा समर्थन जनाएको छ ।










-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related



















Total views : 351370










