क्वालिटी स्कुलको आयोजनामा नेसनल प्याव्सनको लोकनृत्यमा सेन्ट जोन र प्रसादी स्कुल विजेता | Jana Aawaj News

Bhaktapur Hospital

क्वालिटी स्कुलको आयोजनामा नेसनल प्याव्सनको लोकनृत्यमा सेन्ट जोन र प्रसादी स्कुल विजेता

पढ्न लाग्ने समयः < 1 मिनेट
क्वालिटी स्कुलको आयोजनामा नेसनल प्याव्सनको लोकनृत्यमा सेन्ट जोन र प्रसादी स्कुल विजेता : Jana Aawaj News

 भक्तपुर। नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम सामुहिक लोकनृत्य र एकल नृत्य प्रतियोगिता-२०८२ शुक्रबार नगरकोट फेदि चाँगुनारायणमा रहेको क्यालिटी स्कुलको आयोजनामा सम्पन्न भएको छ

प्रतियोगितामा एकल नृत्य तर्फ सुर्यविनायक नगरपालिका वडा ५ मा अवस्थित सेन्ट जोन स्कुलकी छात्रा विबिशा बिबिसा तामाङले प्रथम स्थान प्राप्त गरेकी थिइन भने सामुहिक लोकनृत्य तर्फ सुर्यविनायक नगरपालिका वडा ८ मा रहेको प्रसादी पाठशालाले प्रथम स्थान हासिल गर्न सफल भएको थियो ।

नेपालको विभिन्न जातजातिको भाषा, कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगिताको एकल नृत्यतर्फ सूर्यविनायक गपली भक्तपुरमा रहेको सेकरिड् हार्ट एकेडेमी स्कुलकी छात्रा म्हारमेन तामाङले द्धितीय, सुर्यावनियाक नपा ५ को यूनिटी स्कुलकी छात्रा दीपशिखा खड्काले तृतीय र सुर्यविनायक नपा ३ मा रहेको ईडेन गार्डेन स्कुलकी छात्रा सरिना भुषालले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए । त्यसैगरी सामूहिक लोकनृत्यतर्फ सुर्यविनायक नपा ५ को यूनिटी स्कुलले द्धितीय स्थान, चाँगुनारायण नपा २ को ऋतम्भराले तृतीय स्थान र सुर्यविनायक नपा ३ को ईडेन गार्डेनले सान्त्वना स्थान हासिल गरेका थिए ।

स्कुलका प्रिन्सिपल एवं नेसनल प्याव्सन भक्तपुरका सल्लाहकार जीबी खड्काको सभापतित्वमा सम्पन्न नृत्य प्रतियोगितामा प्रमुख अतिथि नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले विजेता विद्यार्थीहरुलाई शिल्ड, मेडल र प्रमाण-पत्रद्वारा पुरस्कृत गरेका थिए । अध्यक्ष खड्काले आयोजक स्कुलले भव्यरुपमा नृत्य प्रतियोगिता सम्पन्न गरेकोमा हार्दिक आभार प्रकट गर्नु भएको थियो ।

साथै नेसनल प्याव्सन भक्तपुरले विविध कार्यक्रम आफ्ना सदस्य विद्यालयलाई आयोजना गर्ने जिम्मा दिइएको बताउनु भयो । आयोजक क्वालिटी स्कुलका प्रिन्सिपल जीबी खड्काले नेसनल प्याव्सनले कार्यक्रम गर्ने अवसर दिएकोमा खुशि व्यक्त गर्दै प्रतियोगिताको एकल तर्फ १३ वटा स्कुल र सामूहिक तर्फ १८ वटा स्कुलले सहभागिता जनाएको जानकारी दिनु भएको थियो । कार्यक्रममा निर्णायक एवं उपस्थित नेसनल प्याव्सनका पदाधिकारी र सदस्यहरुलाई आयोजकको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 गोकर्णेश्वरको बागमती कोरिडोरमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
2 राजमार्ग सरसफाईसँगै रोपिएका बिरुवाको संरक्षणमा अभियानको सक्रियता निरन्तर
3 अन्तर्राष्ट्रिय वी लभ यु फाउन्डेसनद्वारा धुलिखेलमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
4 नेपालगञ्जमा ‘क्लिन वर्ल्ड अभियान’: १५० जनाको सहभागितामा रत्नराजमार्ग सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x