काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउनका लागि सबै राजनीतिक दल र सरकारसँग आज छलफल गर्ने बताइएको छ।
निर्वाचन मिति फागुन २१ मा नै गर्ने घोषणा भएकोले समयमा नै निर्वाचन सम्पन्न गर्नको लागि आज सबै दलहरुसँग छलफल गरिने भएको हो ।
आज छलफल कार्यक्रममा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल र सरकारलाई राष्ट्रपतिले डाक्नु भएको हो ।
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारलाई ६ महिनाभित्र चुनाव गर्नुपर्ने म्यान्डेट दिइएको छ ।
प्रतिनिधिसभाको निर्वाचन गराउने जिम्मेवारीसहित सरकार गठन भएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीले ९ असोजमा राष्ट्रका नाममा सम्बोधनगर्नुभएको थियो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news

Total views : 295979