नेपाल टी-२० वरियतामा एक स्थान माथि उक्लियो | Jana Aawaj News

नेपाल टी-२० वरियतामा एक स्थान माथि उक्लियो

पढ्न लाग्ने समयः < 1 मिनेट
नेपाल टी-२० वरियतामा एक स्थान माथि उक्लियो : Jana Aawaj News

काठमाडौं । नेपाल आइसीसी टी २० टिम वरियतामा एक स्थान माथि उक्लिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले अक्टोबर १३तारिख सोमबार अपडेट गरेको वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको हो।
यसअघि १८ औं स्थानमा रहेको नेपाल हाल एक स्थान सुधार गर्दै नेपाल १७ औं स्थानमा उक्लिएको छ। ओमानमा जारी आइसीसी टी २० विश्वकप छनोटको खेल खेलिरहेको नेपालले आफ्नो यात्रा कायम राखेको छ।

वरियतामा सुधार हुने अर्को महत्वपूर्ण पक्ष भने नेपालले ३ खेल सम्मेलित वेष्ट इन्डिजसँगको सिरिज २–१ ले जितेकोले हो । नेपालले पहिलो पटक टेष्ट राष्ट्रसँग सिरिज खेलेको थियो जसमा नेपालले जित निकालेको थियो। नेपालले हाल आइसीसी टी २० विश्वकप एसिया तथा पूर्वी एसिया क्षेत्र छनोट अन्तर्गत सुपर सिक्सको खेलमा लगातार २ जित दर्ता गरेको छ। नेपालले सुपर सिक्सको पहिलो खेलमा यूएईलाई १ रन र दोस्रो खेलमा कतारलाई ५ रनले हराएको थियो।

नेपालले हराएको यूएई १६ औं स्थानमा तटस्थ रहेको छ। नेपालले हराएको अर्को राष्ट्र कतार २९ औं स्थानमा रहेको छ। अब नेपालले छनोट चरणमा आइसीसी वरियतामा ६४ औं स्थानमा रहेको समोआ र २० औं स्थानमा रहेको ओमानसँगको खेल बाँकी रहेको छ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
2 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
3 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
4 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न