परमेश्वरको मण्डलीले संचालन गरेकाे ‘Hold Hope’ अभियान’द्वारा टोखाका ३० घरधुरीलाई खाद्य सामाग्री हस्तान्तरणा | Jana Aawaj News

परमेश्वरको मण्डलीले संचालन गरेकाे ‘Hold Hope’ अभियान’द्वारा टोखाका ३० घरधुरीलाई खाद्य सामाग्री हस्तान्तरणा

(फाेटाे फिचर) भिडियो सहित

पढ्न लाग्ने समयः 4 मिनेट
परमेश्वरको मण्डलीले संचालन गरेकाे ‘Hold Hope’ अभियान’द्वारा टोखाका ३० घरधुरीलाई खाद्य सामाग्री हस्तान्तरणा : Jana Aawaj News

जन आवाज न्युज/काठमाडौं असोज ३० गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले विश्वव्यापी आशा समर्थक सन् २०२५ विश्व खाद्य दिवसको उपलक्ष्यमा छिमेकीसँग प्रेम बाड्ने गरिबी तथा भोकमारीको अन्त्य ‘Hold Hope’ अभियान हामी आमाको मनद्धारा आशा बाँड्छौं भन्ने मूल नारा सहित काठमाडौं टोखा नगरपालिका वडा नं. ५ को सहकार्य र परमेश्वको मण्डलीको सहयोगमा टोखा क्षेत्रका जोखिम वर्ग ३० घरधुरीलाई खाद्य सामग्री सहयोग कार्यक्रम सम्पन्न भएको छ ।

हाल विश्वव्यापी आशा समर्थक Hold Hope अभियान जारी भइरहेको छ । ‘आशा राख्नू’ भन्ने अर्थ रहेको यस अभियानले जलवायु संकट, आर्थिक कठिनाइ, रोग र अन्य कारकहरूले प्रभावित विश्वभरिका जोखिम वर्ग र साना खाद्य उत्पादकहरूमा जीवनको आशा बाँड्ने उद्देश्य लिएको छ ।

परमेश्वरको मण्डलीका एक अधिकारीले “विश्वभरि न्यानो आशा बाँड्न सन्तहरूले एउटै मनद्वारा खाद्य सामग्रीहरू तयार पारेका छन्, हामी सम्पूर्ण मानव-जाति खुशी हुन सक्ने संसार निर्माण गर्न प्रेमको पाइला निरन्तर चाल्नेछौं” भन्नुभयो ।

बिहान ११ बजेतिर, परमेश्वरको मण्डलीका सदस्यहरूले टोखा वडा नं. ५ कार्यालयको भ्रमण गरी ६०० किलो चामल र ९० किलो दाल हस्तान्तरण गपरिएको हो । यी सामग्रीहरू त्यस क्षेत्रका जोखिम वर्ग ३० घरधुरीलाई वितरण गरिएको हो ।

कार्यक्रममा टोखा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष मदन गुरुङले परमेश्वरको मण्डलीले वर्षैपिच्छे राहत वितरण गर्दै आउनुभएकोमा धन्यवाद दिर्दै वडाभित्र भएका ३० घर परिवारमा आर्थिक अवस्था कमजोर भएका मानिसहरुलाई राहत वितरण गर्नुभएको छ, यो प्रशम्सनिय कार्य भएको बताउनुभयो ।

परमेश्वरको मण्डलीले ‘Hold Hope’ अभियानमार्फत नेपाल लगायत कम्बोडिया, फिलिपिन्स, मेक्सिको, नाइजेरिया, युक्रेन लगायत विभिन्न देशका जोखिम वर्गलाई खाद्य सामग्री सहयोग गर्दछ । यो अभियान परमेश्वरको मण्डलीले संकटग्रस्त विश्वव्यापी गाउँमा आशा बाँड्ने उद्देश्यका साथ आयोजना गरेको ‘विश्वव्यापी आशा समर्थक’ पहलको एक हिस्सा हो । यो ‘गरिबी र भोकमरी उन्मूलन’ वर्गअन्तर्गत पर्दछ । विश्वव्यापी आशा समर्थक गतिविधिचाहिँ अन्तर्राष्ट्रिय समाजको दिगो विकास लक्ष्यहरू ९क्म्न्क० अन्तर्गत रहेर जलवायु परिवर्तनको प्रतिक्रिया, शैक्षिक समर्थन र दिगो र सुरक्षित समाजको निर्माण इत्यादि यी ६ मुख्य क्षेत्रहरूमा सञ्चालन गरिन्छ ।

परमेश्वरको मण्डलीले विश्वव्यापी गाउँका छिमेकीहरूको दिगो जीवनमा सहयोग पुर्याउन व्यापक सामाजिक योगदानका गतिविधिहरू सञ्चालन गर्दछ । नेपालमा पनि कार्बन न्यूनीकरण गतिविधि रहेको ‘आशाको वन’ अभियानमार्फत देशभरका विभिन्न ठाउँमा करीब १,१५० रूखहरू रोपेर जैविक विविधताको संरक्षण गर्न पहल गरेको छ । जून महिनासम्म, नेपालमा मात्र ९५८ वटा विभिन्न स्वयंसेवाका गतिविधिहरू आयोजना गरिएका छन्, जसमा करीब ५७,४३७ जना सहभागी भएका छन्, र मण्डलीले कदरस्वरूप ललितपुर र टोखाका मेयरबाट प्रशंसा-पत्र, नेपाल रेडक्रसका अध्यक्षबाट प्रशंसा -पत्र जस्ता पुरस्कारहरू पनि प्राप्त गरेको छ ।

गत अगस्ट ३१ तारिखमा जनचेतना जगाउने प्रयासस्वरूप, ललितपुर परमेश्वरको मण्डलीमा ‘सन् २०४० प्लास्टिक प्रदूषण अन्त्यका लागि ASEZ WAO वातावरणीय कन्सर्ट’ आयोजना गरियो । सो कार्यक्रममा विभिन्न तह र तप्काका ५५० जनाभन्दा बढी व्यक्तिहरू उपस्थित भएका थिए । ‘प्लास्टिकमुक्त २०४०’को ब्यानरमा आयोजना गरिएको वातावरण कन्सर्टले सङ्गीतमार्फत वातावरण संरक्षणको आवश्यकता बोध गराउँदै दर्शकहरूमाझ गहिरो प्रभाव छोड्न सफल भयो ।

विश्वका १७५ वटा राष्ट्रका ७,८०० भन्दा बढी ठाउँहरूमा स्थापना भएको परमेश्वरको मण्डलीका करीब ३९ लाख २० लाख विश्वासीहरूले, बाइबलले गवाही दिएको पिता परमेश्वर र माता परमेश्वरमा विश्वास गर्दछन् । “आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू” भन्ने ख्रीष्टको शिक्षालाई पछ्याउँदै मण्डलीले विश्वभरि वातावरण संरक्षण, रक्तदान, प्रकोप राहत, शैक्षिक सहयोग, सांस्कृतिक आदानप्रदान अभियान जस्ता ४४,००० भन्दा बढी सामाजिक योगदानका गतिविधिहरू आयोजना गरिसकेको छ । यस्तो समर्पित प्रयासको लागि, मण्डलीले तीन वटा अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, तीन वटा दक्षिण कोरियाली राष्ट्रपति अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, पेरुको राष्ट्रिय सभाबाट सम्मान पदक र देशकै सर्वोत्कृष्ट वातावरण अवार्ड गरी ५,२०० वटाभन्दा बढी अवार्डहरू प्राप्त गरेको छ ।

भिडियो सहित :

+ posts
ताजा
1 परमेश्वरको मण्डलीले संचालन गरेकाे ‘Hold Hope’ अभियान’द्वारा टोखाका ३० घरधुरीलाई खाद्य सामाग्री हस्तान्तरणा
2 नेपाल टी-२० वरियतामा एक स्थान माथि उक्लियो
3 तोकिएकै समयमा निर्वाचन गर्न, राष्ट्रपतिले बोलाए सबै दलहरूलाई
4 सुनको मूल्यमा सामान्य गिरावट
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न