तोकिएकै समयमा निर्वाचन गर्न, राष्ट्रपतिले बोलाए सबै दलहरूलाई | Jana Aawaj News

तोकिएकै समयमा निर्वाचन गर्न, राष्ट्रपतिले बोलाए सबै दलहरूलाई

पढ्न लाग्ने समयः < 1 मिनेट
तोकिएकै समयमा निर्वाचन गर्न, राष्ट्रपतिले बोलाए सबै दलहरूलाई : Jana Aawaj News

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउनका लागि सबै राजनीतिक दल र सरकारसँग आज छलफल गर्ने बताइएको छ।
निर्वाचन मिति फागुन २१ मा नै गर्ने घोषणा भएकोले समयमा नै निर्वाचन सम्पन्न गर्नको लागि आज सबै दलहरुसँग छलफल गरिने भएको हो ।

आज छलफल कार्यक्रममा संसद्‌मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल र सरकारलाई राष्ट्रपतिले डाक्नु भएको हो ।
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारलाई ६ महिनाभित्र चुनाव गर्नुपर्ने म्यान्डेट दिइएको छ ।

प्रतिनिधिसभाको निर्वाचन गराउने जिम्मेवारीसहित सरकार गठन भएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीले ९ असोजमा राष्ट्रका नाममा सम्बोधनगर्नुभएको थियो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 आरक्षण स्कुलको आयोजनामा नेसनल प्याव्सनको एकल गायन प्रतियोगिता सम्पन्न 
2 भक्तपुरमा स्वस्थ मुटु सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
3 २८ जना स्रष्टाले ‘सः दबू साहित्य’मा रचना वाचन गरे
4 Asez star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न