
भक्तपुर । शुक्रबार चाँगुनारायण नगरपालिका वडा नं.२ स्थित दुवाकोट मूलसडक पेटीमा विभिन्न जातका विरुवाहरु रोपि र सो विरुवाहरुलाई टिगार्डबाट संरक्षण गरिएको छ । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक(डिआईजी) एवं केन्द्रिय प्रवक्ता अविनारायण काफ्लको प्रमुख आतिथ्यतामा भएको १३३ औं हप्ताको कार्यक्रममा सडकपेटीमा जडान गर्ने गरि स्थानीय उपभोक्तालाई डष्टबिन समेत वितरण गरिएको थियो ।
वृक्षारोपण गर्दै डिआईजी काफ्लेले भयरहित र सुरक्षित समाज बनाउन प्रहरी संगठन दिलोज्यान दिएर लागि पर्ने उदघोष गर्दै वातावरणीय सफाईमा अभियानले खेलेको महत्वपूर्ण भूमिकाप्रति मुक्तकण्ठले प्रशंसा गर्नुभयो । त्यसैगरि समुदायका लागि २ घण्टा अभियानका संयोजक एवं चाँगुनरायण नगरपालिका,वडा नं.२ का अध्यक्ष सोम प्रसाद प्रधानले अभियानबाट आफ्नो वडालाई वातावरणमैत्री वडा बनाउन वृक्षारोपण,सरसफाई,फोहोर व्यवस्थापन लगायत जस्ता कार्यहरुलाई तिव्रता दिएको उल्लेख गर्दै यस कार्यमा थप प्रभावकारीता ल्याउन सम्पुर्ण वडाबासीको साथ र सहयोग अपरिहार्य रहेको बताएका छन् ।
राष्ट्रको लागि २ घण्टा अभियानका अध्यक्ष मधु ढुगेंलले राष्टको लागि २ घण्टा अभियानकै उत्प्रेरणाबाट यस अभियानको थालनी भएको औल्याउँदै यस अभियानलाई १३३ औं हप्तासम्म ल्याई पुरयाउन विशेष योगदान गर्नुहुने चाँगुनारायण नगरपालिका,वडा नं.२ को कार्यालय परिवार एवं समुदायको लागि २ घण्टा अभियान टिमलाई विशेष धन्यवाद ज्ञापन गरेका छन् । रोपिएका विरुवाको गोडमेल सहित यसको आवाश्यक संरक्षणहेतु २ जना जनशक्ति परिचालन गरिएको आयोजकले जनाएको छ । अभियानबाट १३३ औं हप्तामा वारुदखाना चोकबाट काठमाडौ मेडिकल कलेज सम्म दुवाकोट मूलसडको दायाँ बायाँ स्वामी,कपुर,कल्की,काईयो,पँयु र ज्याकरण्डा विरुवा रोपिएको र ट्रिगार्ड एवं डष्टविन सहित आवाश्यक विरुवाको सहयोग चाँगुनारायण नगरपालिका सँग विगत केहि वर्षदेखि शहरी उत्थानशिलता,विपद व्यवस्थापन र जलवायूपरिवर्तनको क्षेत्रमा चाँगुनगरभित्र सहकार्य गर्दै विभिन्न गतिविधि सञ्चालन गरिरहको सामाजिक संस्था आईसेट नेपाल र डिसिए नेपालबाट गरिएकोे समुदायका लागि २ घण्टा अभियानका परिकल्पनाकार एवं सहजकर्ता नबराज काफ्लेले बताए ।
हरेक शुक्रबार नियमित सञ्चालनमा आएको यस अभियानको १३३ औं हप्ताको कार्यक्रममा चाँगुनारायण नगरपालिका,वडा नं.२ का निर्वतमान अध्यक्ष शिवहरि केसी,जनप्रतिनिधि प्रेम खत्री तथा उमेश प्रधान,आईसेट नेपाल तथा डिसिए नेपालका कार्यक्रम अधिकृत भरत ढुङ्गाना,लियो क्लब अफ भक्तपुर केएमसीका अध्यक्ष आकाश झा,नेपाल रेडक्रस दुवाकोट उपशाखाका सभापति मन्दिरा कार्की,चाँगुनारायण नगरपालिका,वडा नं.२ कार्यालयका वास संयोजक राममाया रानामगर,दुवाकोट स्वास्थ्य चौकी,प्रहरी प्रभाग दुवाकोट,विद्यालय,नेप्सेम्याक,जेष्ठ नागरिक मञ्च,टोल सुधार समिति लगायतको विशेष उपस्थिति रहेको थियो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news






Total views : 297951




