भक्तपुर । शनिबार नेकपा एमाले जिल्ला कमिटि भक्तपुरले वृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । सूर्यविनायक नगरपालिका, वडा नं.७ स्थित गुण्डुमा भएको रक्तदान कार्यक्रमबाट ५३ जनाले रक्तदान गरेको जिल्ला कमिटि अध्यक्ष वच्चन देउजाले जानकारी दिनुभयाे ।
अहिले केहि दिन यता उपत्यकामा देखिएको रगतको चरम अभावप्रति विशेष संवेदनशील बन्दै रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष देउजाले बताउनुभयाे। नेकपा एमाले केन्द्रिय सदस्यद्धय निर्मल भट्टराई एवं तुलसा दहालको विशेष उपस्थितमा भएको खुल्ला रक्तदान कार्यक्रममा वागमती प्रदेश स्वास्थ्य मन्त्री माननीय किरण थापाले समेत रक्तदान गर्नुभएकाे थियाे।
नेकपा एमाले केन्द्रिय सदस्य निर्मल भट्टराईले रगतको अभावबाट कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस भन्ने ध्येयका साथ एमाले भक्तपुरले आयोजना गरिएको रक्तदानमा आयोजक संस्था एवं रक्तदाताहरुलाई धन्यवाद व्यक्त गर्नुभएकाे छ । सामाजिक अयिभन्ता नबराज काफ्लेका अनुसार रगतकाे मागलाई सहज बनाउन रक्तदानको अभियानलाई घरघरमा जोड्न अपरिहार्य रहेको बताँउदै यस कार्यमा जुट्न जिल्ला स्थित सम्पुर्ण संघसंस्था लगायत सरोकारवालाहरु समक्ष विशेष आग्रह गरेका छन् ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news

Total views : 297946