एमाले भक्तपुरले आयोजना गरेको रक्तदानबाट ५३ जनाले गरे रक्तदान | Jana Aawaj News

एमाले भक्तपुरले आयोजना गरेको रक्तदानबाट ५३ जनाले गरे रक्तदान

पढ्न लाग्ने समयः < 1 मिनेट
एमाले भक्तपुरले आयोजना गरेको रक्तदानबाट ५३ जनाले गरे रक्तदान : Jana Aawaj News

रोशन राज अर्याल

भक्तपुर । शनिबार नेकपा एमाले जिल्ला कमिटि भक्तपुरले वृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । सूर्यविनायक नगरपालिका, वडा नं.७ स्थित गुण्डुमा भएको रक्तदान कार्यक्रमबाट ५३ जनाले रक्तदान गरेको जिल्ला कमिटि अध्यक्ष वच्चन देउजाले जानकारी दिनुभयाे ।

अहिले केहि दिन यता उपत्यकामा देखिएको रगतको चरम अभावप्रति विशेष संवेदनशील बन्दै रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष देउजाले बताउनुभयाे। नेकपा एमाले केन्द्रिय सदस्यद्धय निर्मल भट्टराई एवं तुलसा दहालको विशेष उपस्थितमा भएको खुल्ला रक्तदान कार्यक्रममा वागमती प्रदेश स्वास्थ्य मन्त्री माननीय किरण थापाले समेत रक्तदान गर्नुभएकाे थियाे।

नेकपा एमाले केन्द्रिय सदस्य निर्मल भट्टराईले रगतको अभावबाट कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस भन्ने ध्येयका साथ एमाले भक्तपुरले आयोजना गरिएको रक्तदानमा आयोजक संस्था एवं रक्तदाताहरुलाई धन्यवाद व्यक्त गर्नुभएकाे छ । सामाजिक अयिभन्ता नबराज काफ्लेका अनुसार रगतकाे मागलाई सहज बनाउन रक्तदानको अभियानलाई घरघरमा जोड्न अपरिहार्य रहेको बताँउदै यस कार्यमा जुट्न जिल्ला स्थित सम्पुर्ण संघसंस्था लगायत सरोकारवालाहरु समक्ष विशेष आग्रह गरेका छन् ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा त्रियुगामा सरसफाई कार्यक्रम सम्पन्न
2 अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनद्वारा रसुवामा आएको बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न
3 ASEZ WAO द्धारा मुलपानिमा सरसफाई कार्यक्रम सम्पन्न
4 रसुवाको भोटेकोसी त्रिशुलीमा बाढी, पूर्वानुमान महाशाखाद्धारा सतर्क रहन आग्रह
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न