Edu World Educational Consultancy को शाखा मध्यपुर थिमिमा बिस्तार | Jana Aawaj News

Edu World Educational Consultancy को शाखा मध्यपुर थिमिमा बिस्तार

पढ्न लाग्ने समयः < 1 मिनेट
Edu World Educational Consultancy को शाखा मध्यपुर थिमिमा बिस्तार : Jana Aawaj News

रोशन राज अर्याल

भक्तपुर ।   शनिबार विदेशमा अध्ययन गर्न ईच्छुक विद्यार्थीहरूलाई लक्षित गर्दै मुलुकको विभिन्न स्थानमा आफ्नो शाखा कार्यालय भएको अन्तरराष्ट्रियस्तरको Franchise Of Edu Bridge को साझेदारी संस्थाको रूपमा Edu World Educational Consultancy  प्रालि को भक्तपुरको शाखा कार्यालय मध्यपुर थिमिमा बिस्तार भएको छ ।

मध्यपुर थिमि नगरपालिका वडा नं ४ मध्यपुर अस्पतालको ठीक अगाडी Edu World Educational Consultancy प्रालिको शाखा कार्तिक २९ गते शनिवारबाट सञ्चालनमा आएको हो । सो शाखाको उद्घाटन गर्दै मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले एजुकेशन कन्सल्टेन्सीहरूले विद्यार्थीहरूलाई उचित भविष्यको मार्गनिर्देशन गरी सहयोग गर्नुपर्नेमा जोड दिदै विदेशमा सिकेका ज्ञान, सीप र त्यहाँ गरेका अध्ययन एवम् अनुभव आफ्नै देशमा फर्केर उपयोग गर्न प्रोत्साहन गर्नुपर्ने मा जोड दिनुभएको थियो ।

Edu Bridge र यसको साझेदार संस्थाहरूले विगत २५ वर्षदेखि विद्यार्थीहरूका लागि अमेरिका, बेलायत, जर्मनी, नेदरल्यान्ड, क्यानाडा, चीन, भारत, दुवईलगायतका देशहरूमा अध्ययनका अवसरहरू प्रदान गर्दै आईरहेको छ भने संस्थाले प्रदान गर्ने विभिन्न सेवाहरू जस्तै छात्रबृत्ति सहायता, करियर परामर्श, आवश्यक कागजात तयारी, परिक्षण तयारी, प्रस्थानपूर्व ब्रिफिङ, भिसा मार्गदर्शन तथा आवेदनमा सहयोग लगायतका कार्यहरू गर्ने जनाएको छ ।

Edu Bridge का विशेषताका रूपमा उद्योगमा उत्कृष्ट सेवा प्रदायक, शतप्रतिशत सन्तुष्ट विद्यार्थीहरू, भिषामा सफलता, व्यावसायिक र अनुभवी सल्लाहकार, विभिन्न पुरस्कार विजेता विद्यार्थी सहायत सेवालगायतका रहेका छन् । सो अवसरमा भ्मग द्यचष्मनभ का प्रमुख कार्यकारी निर्देशक योगेस क्षेत्रीले संस्थालको उद्देश्य शिक्षामा नवप्रवर्तन ल्याउने र विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय अध्ययनका अवसरमा सहज पुहुँच दिलाउने रहेको भन्दै नगरस्तरमै गुणस्तरीय सेवा पुर्याउने प्रतिवद्धता समेत ब्यक्त गर्नुभएको थियो । सो अवसरमा Edu World Educational Consultancy  प्रालि थिमि शाखाका सञ्चालक विनोदबाबु बज्राचार्यले भ्मग ध्यचमि को शाखा विस्तारले अब जिल्लाका विद्यार्थीहरूले विदेश अध्ययन गर्न कन्सल्टेन्सी सेवा लिन काठमाडौँ गइराख्नु पर्ने झन्झटबाट मुक्त हुने बताउनुभयो ।

+ posts