
जन आवाज न्युज/ललितपुर । परमेश्वरको मण्डली विश्व सुसमाचार समाचार विश्वविद्यालय विद्यालय विद्यार्थीहरूको स्वयंसेवक संगठन (ASEZ) द्वारा सोमबार सातदोबाटो, ललितपुरमा अवस्थित ब्राइट फ्युचर कलेजमा ‘जिरो प्लास्टिक २०४०’ गोष्ठी सम्पन्न गरेको छ ।
उक्त गोष्ठी कलेजका प्रधानाध्यापक तथा संस्थापक किशोर अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने अन्य अतिथिहरूमा माध्यमिक तहका प्रधानाध्यापक वासुदेव कोइराला, विद्यालय तथा कलेजका संयोजक मिलन श्रेष्ठ र ASEZ नेपालका संयोजक सुरज उप्रेतीको सहभागिता रहेको थियो ।

यो गोष्ठी आयोजना गरिनुको मुख्य उद्देश्य प्लास्टिक प्रदूषण र यसले पृथ्वीको वातावरण, जीवजन्तु र मानव-जातिमा पुर्याइरहेको हानिबारे ध्यानाकर्षण गर्नु हो । आर्थिक सहयोग तथा विकास सङ्गठन (OECD) द्वारा गत वर्ष प्रकाशित गरिएको ‘सन् २०४० सम्म प्लास्टिक प्रदूषण अन्त्यका लागि नीति परिदृश्य’अनुसार, जीवनको सम्पूर्ण अवधिमा उत्पादनदेखि लिएर विसर्जन र रिसाइक्लिङसम्म विश्वले प्लास्टिकलाई कम गर्न उच्चस्तरीय प्रयासहरू गर्नुपर्छ । तब मात्र प्लास्टिक प्रदूषण अन्त्यको नजिक पुग्ने अनुमान गरिएको छ । यही अवधारणालाई आत्मसात गर्दै ASEZ ले पनि सन् २०४० सम्म प्लास्टिक प्रदूषण अन्त्य गर्ने लक्ष्य लिएको छ ।
गोष्ठीमा ASEZ सदस्य मेरी राईले ASEZ को मौखिक परिचय दिनुहुँदै वातावरण संरक्षण लगायत अन्य क्षेत्रहरूमा ASEZ सदस्यहरू अर्थात् विश्वविद्यालय विद्यार्थी स्वयंसेवकहरूले उल्लेखनीय भूमिका निभाइरहेको कुरा बताउनुभयो । यसै क्रममा ASEZ सदस्य अशोक रोक्काले PPT प्रस्तुतिमार्फत प्लास्टिकको उत्पत्तिदेखि लिएर यसले वातावरण प्रदूषणमा कसरी असर पुर्याइरहेको छ भन्ने कुरा विस्तृत रूपमा वर्णन गर्नुभएको थियो । कलेजका प्रधानाध्यापक किशोर अधिकारीले सरकारले प्लास्टिक प्रयोगसम्बन्धी नियम बनाएको भए पनि जनमानसमा किन प्लास्टिक प्रयोग कम गर्नुपर्छ भन्ने सही ज्ञान नभएकोले गर्दा प्लास्टिकको अत्यधिक प्रयोगलार्इ नियमन गर्न नसकेको कुरा बताउनुहुँदै यस किसिमको जनचेतनामूलक कार्यक्रमले भने पक्कै पनि प्लास्टिकको अत्यधिक प्रयोगमा कमी ल्याउने कुरा बताउनुभयो । बिहान ८:४५ बजे राष्ट्रिय गान गाएर सुरु भएको गोष्ठीमा विश्वव्यापी ASEZ जिरो प्लास्टिक २०४० प्रदर्शनसम्बन्धी श्रव्यदृश्य देखाइनुका साथै ASEZ सदस्यहरूले Right Now, Right Here नामक गीत पनि प्रस्तुत गरेका थिए । गोष्ठीमा जावलाखेल, सुनाकोठी र ग्वार्को क्षेत्रबाट करीब २५ जना ASEZ सदस्यहरू र कलेजका १२ कक्षामा अध्ययनरत करीब ८६ जना विद्यार्थीहरूको सहभागिता थियो ।
ASEZ भनेको ‘Save the Earth from A to Z (पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म बचाऔं)को छोटकरी रूप हो, जसमा ‘क्याम्पस विद्यार्थीहरूले विश्वलाई परिवर्तन गर्नेछन्’ भन्ने अर्थ समावेश छ । यी क्याम्पस विद्यार्थीहरूले विश्वभरि जलवायु परिवर्तनको प्रतिरोध, अपराध रोकथाम, सामुदायिक सेवा जस्ता विभिन्न गतिविधिहरू गर्दैआएका छन् । नेपालमा चाहिँ ललितपुरको यूएन पार्क, भक्तपुरको गट्ठाघर मार्ग जस्ता क्षेत्रमा सरसफाइ गरेर वातावरण संरक्षणको लागि प्रयास गर्दै मञ्जुश्री वृद्धाश्रममा ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य जाँच तथा भोजन उपलब्ध गराउँदै छिमेकीमाझ प्रेम बाँड्ने कार्यमा पनि अग्रसर भइरहेका छन् ।
दिगो समाज र वातावरणको लागि ASEZ ले गर्दैआएको विश्वव्यापी प्रयासको अन्तर्राष्ट्रिय समुदायले प्रशंसा गर्दछ । हालसम्म ASEZले संयुक्त राष्ट्रसंघको मरुभूमिकरण विरुद्धको महासन्धि(UNCCD) महासचिव अवार्ड, अमेरिकी राष्ट्रपति स्वयंसेवा स्वर्ण अवार्ड, अन्तर्राष्ट्रिय वातावरण अवार्ड रहेको ग्रीन एप्पल अवार्ड र ग्रीन वर्ल्ड अवार्ड, पेरु राष्ट्रिय सभाका अध्यक्षबाट प्रशंसा-पत्र जस्ता ४७० वटा अवार्डहरू प्राप्त गरिसकेको छ ।
ASEZ आबद्ध रहेको परमेश्वरको मण्डलीचाहिँ १७५ वटा देशहरूमा ७,८०० वटाभन्दा बढी ठाउँहरूमा भएको विश्वव्यापी मण्डली हो । मण्डलीका करीब ३९ लाख २० हजार सदस्यहरूले बाइबलअनुसार पिता परमेश्वर र माता परमेश्वरमा विश्वास गर्छन् र “आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू” भन्ने ख्रीष्टको शिक्षालाई कार्यान्वयन गरिरहेका छन् । नेपालमा गत मार्च महिनासम्म ५४,१५३ जनाले ९४१ वटा विभिन्न सामाजिक योगदानका गतिविधिहरू गरेका छन् । विश्वव्यापी रूपमा, वातावरण संरक्षण, प्रकोप राहत, छिमेकीलाई सहयोग, रक्तदान अभियान, र सांस्कृतिक आदानप्रदान जस्ता गतिविधिहरू ३०,००० पटकभन्दा बढी गरिएको छ । परमेश्वरको मण्डलीले संयुक्त राज्य अमेरिकाबाट तीन वटा राष्ट्रपति स्वयंसेवा अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, कोरियाबाट तीन वटा राष्ट्रपति अवार्ड, पेरुको सर्वोत्कृष्ट वातावरण अवार्ड, राष्ट्रिय सम्मान पदक, ब्राजिलको विधायिकी पदक जस्ता ५,००० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ ।

-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related


















Total views : 351283










