
रामेछाप । रामेछाप नगरपालिकाले योजना तर्जुुमादेखि कार्यान्वयनसम्मको चरणलाई प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको छ । चालु आर्थिक वर्ष २०८२/८३ का लागि गत असारमा पारित गरिएको नीति तथा कार्यक्रम निर्माणका क्रममा योजना तर्जुमा गर्दै अहिले उक्त योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न थालेको हो ।
नगरपालिकाले अहिले यस अगाडि सम्पन्न हुन बाँकी कतिपय विकास निर्माणका कार्यहरु धमाधम कार्यान्वयन गरिरहेको छ भने चालुु आर्थिक वर्षमा गर्नुपर्ने कार्यको विकासका निर्माणका योजना पनि सम्झौता भइरहेका छन कतिपय योजना सम्पन्नको चरणमा रहेको रामेछाप नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चाँपागाईले नगरपालिकाले दीगो विकास र सुशासन कायम गर्न योजना तर्जुमादेखि कार्यान्वयनसम्म विषयगत समितिलाई क्रियाशील बनाइ नतिजामुुलक दीगो विकासको लक्ष्य हासिल गर्ने योजना नगरपालिकाले बनाइएको बताउनुुभयो ।
यसै सन्दर्भमा नगरपालिकाको नगरपालिकाको समन्वयकारी प्रशासनिक नेतृत्व र अब्बल निर्णय क्षमता भएका जनप्रतिनिधिको नेतृत्वले गर्दा नगरपालिकामा सेवा प्रवाह र सुशासन प्रभावकारी बन्दै गएको हो ।
नगरपालिकाले प्रदान गर्ने सबै सेवालाई सेवाग्राहीको सहज पहुँच हुने गरी सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउँदै गएको रामेछाप नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार सेवा प्रवाह गर्ने क्रममा कुनै समस्या आइपरे तत्काल समस्याको समाधान गर्ने गरिएको छ । कुनै सेवाग्राहीले समस्या परे नगर प्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत वा सम्बन्धित शाखाका प्रमुखलाई भेटेर आआफ्ना समस्या राख्ने गरेका छन् । त्यसरी आएका सेवाग्राहीको समस्यालाई नगरपालिकाले सम्बोधन गर्दै आएको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news





Total views : 300730




