निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम १७५२ औं विश्वव्यापी रक्तदान कार्यक्रमा सम्पन्न | Jana Aawaj News

निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम १७५२ औं विश्वव्यापी रक्तदान कार्यक्रमा सम्पन्न

पढ्न लाग्ने समयः 4 मिनेट
निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम १७५२ औं विश्वव्यापी रक्तदान कार्यक्रमा सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/कोहलपुर मंसिर ७ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम १७५२ औं विश्वव्यापी रक्तदान कार्यक्रमा सम्पन्न भएको छ ।
उक्त  रक्तदान कार्यक्रमा १६,४५० मिलिलिटर रगत नेपाल रेडक्रस सोसाइटी लाई हस्तान्तरण गरेको छ ।

रगतको अभावले गर्दा संकटमा परेका छिमेकीहरूलाई सहयोग गर्न एकजूट बनेको एउटा समूह छ । उनीहरू नै परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका विश्वासीहरू हुन् । परमेश्वरको मण्डलीले नोभेम्बर २३ तारिखको दिन, लुम्बिनी प्रदेशको कोहलपुरमा अवस्थित परमेश्वरको मण्डलीमा ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम रक्तदान कार्यक्रम’ आयोजना गरेको हो।

परमेश्वरको मण्डलीका पदाधिकारी “नयाँ करार निस्तार-चाडद्वारा मानवजातिलाई अनन्त जीवन दिनुभएका ख्रीष्टको प्रेम र बलिदान अनुकरण गर्दै अमूल्य छिमेकीहरूमाझ जीवन बाँड्नको निम्ति रक्तदान अभियान आयोजना गरिएको हो । रगतलाई कृत्रिम रूपमा बनाउन वा अन्य सामग्रीद्वारा प्रतिस्थापन गर्न सकिँदैन, अरूको रक्तदानद्वारा मात्र प्राप्त गर्न सकिन्छ । रगतको तत्काल आवश्यक परेका छिमेकीहरूले नयाँ जीवन पाएर आशापूर्ण जीवन जिउन सकून् भन्ने आशा गर्दछौं” भन्दै कार्यक्रमको उद्देश्य प्रष्ट पार्नुभयो ।

बिहानको करीब ११ बजे-देखि २ बजेसम्म, युवादेखि वयस्कसम्म विभिन्न उमेर समूहका सदस्यहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा कोहलपुर नगरपालिकाकी उपमेयर संगिता सुवेदिले रक्तदान कार्य, मानव सेवाको विभिन्न कार्यहरूमध्ये सबै भन्दा सर्वोत्तम कार्य हो भनेर भन्नुभयो, जसरी बुबा आमा किनेर पाइदैन त्यसरी नै रगत पनि किनेर पाइदैन, मानिसले नै रक्तदान गर्नुपर्ने बताउनुभयो, र यो उत्कृष्ट रत्तदान कार्यमा सहभागि हुनुभएका सबै सदस्यहरू र  आयोजक परमेश्वरको मण्डलीलई धन्यवाद व्यक्त गर्नुभयो ।

नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्यकर्मी, रक्तदान उपकरण उपलब्ध गराउँदै कार्यक्रममा समर्थन जनाएको थियो । करीब एक सय जना मण्डलीका सदस्यहरूको सहभागीता रहेको थियो ।  तीमध्ये ४७ जनाले सफलतापूर्वक रक्तदान गरी  १६,४५० एमएल रगत संकलन भएको थियो । सामान्यतया १ जनाको रक्तदानले ३ जनाको जीवन बचाउन सकिन्छ, यो पक्षबाट विचार गरिहेर्दा, यसलाई   १४१  जनाको अमूल्य जीवन बचाउन सफल उपलब्धि मान्न सकिन्छ ।                परमेश्वरको मण्डलीको रक्तदान अभियान नेपालमा मात्र नभएर संयुक्त राज्य अमेरिका, जर्मनी, मेक्सिको, ब्राजिल, फिलिपिन्स र भारत लगायत विश्वभरि नै सक्रियतापूर्वक जारी भइरहेको छ । ६४ वटा देशहरूमा १,६७७ पटक आयोजना गरिएको रक्तदान कार्यक्रममा ३,०९,०६९ जना सहभागी भएका छन् र १,३२,९२३ जनाले रक्तदान गरेका छन् (सेप्टेम्बरसम्म) । १ जनाको रक्तदानले ३ जनाको जीवन बचाउन सक्ने कुरालाई विचार गर्दा, योचाहिँ करीब ३,६६,४०० जनाको अमूल्य जीवन बचाउन सफल उपलब्धि हो ।

कार्यक्रमको नाममा उल्लिखित ‘निस्तार-चाड (Passover)’ भनेको २,००० वर्षअघि येशू ख्रीष्टले क्रूसमा कष्ट भोग्नुअघि उहाँको देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्यद्वारा पाप-क्षमा र अनन्त जीवनको प्रतिज्ञा गर्नुहुँदै नयाँ करार स्थापना गर्नुभएको दिन हो (मत्ती अध्याय २६, लूका अध्याय २२, यूहन्ना अध्याय ६) । निस्तार-चाड भन्ने शब्दले ‘विपत्ति पार हुन्छ’ भन्ने अर्थ बोकेको छ ।  ३,५०० वर्षअघि, परमेश्वरको आज्ञाअनुसार थुमाको रगतद्वारा निस्तार-चाड मानेका इस्राएलीहरू जेठोलाई नाश गर्ने महाविपत्तिबाट सुरक्षा पाएर मिश्रको दासत्वबाट मुक्त भएका थिए, यो नै निस्तार-चाडको उत्पत्ति हो । त्यसपछि पनि निस्तार-चाड मानेर विपत्तिबाट सुरक्षा पाएका मानिसहरूको इतिहास बाइबलमा लेखिएको छ । यो पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझमा मनाइन्छ (सौर्य पात्रोअनुसार मार्च-अप्रिलतिर) ।

ख्रीष्टको प्रेमको उदाहरणलाई पछ्याउँदै परमेश्वरको मण्डलीले छिमेकीहरू र समाजको भलाइको निम्ति विभिन्न गतिविधिहरू आयोजना गरिरहेको छ । मण्डलीले काठमाडौँ, ललितपुर, भरतपुर र नेपालगञ्ज क्षेत्रका वन, खोला तथा सहरहरूमा सरसफाइ गतिविधिहरू गरेर जनकल्याण प्रवर्धनमा योगदान पुऱ्याएको छ । त्यसै गरी कार्बन उत्सर्जन कम गर्ने पहल ‘आशाको वन’ अभियानमार्फत जैविक विविधताको संरक्षण गर्न मण्डलीले नेपालभरि करीब १,१५० वटा वृक्षहरू रोपेको छ । गत जून महिनासम्म, नेपालमा मात्र ९५८ वटा विभिन्न स्वयंसेवा गतिविधिहरूमा ५७,४३७ जना सहभागी भएका थिए, र मण्डलीले ललितपुर र टोखाका मेयरबाट प्रशंसा-पत्र र नेपाल रेडक्रसका अध्यक्षबाट प्रशंसा पत्र जस्ता पुरस्कारहरू प्राप्त गरेको छ ।
विश्वका १७५ वटा देशका ७,८०० भन्दा बढी ठाउँहरूमा स्थापित परमेश्वरको मण्डलीले बाइबलले गवाही दिएको पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछ । ‘आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर’ भन्ने ख्रीष्टको शिक्षालाई पछ्याउँदै परमेश्वरले मण्डलीले वातावरण संरक्षण, रक्तदान, प्रकोप राहत, शैक्षिक सहयोग, सांस्कृतिक आदानप्रदान कार्यक्रम जस्ता सामाजिक योगदानका गतिविधिहरू विश्वभरि ४४,००० भन्दा बढी आयोजना गरिसकेको छ । यस्तो समर्पित प्रयासका लागि, मण्डलीलाई तीन वटा अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, तीन वटा दक्षिण कोरियाली राष्ट्रपति अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, पेरुको राष्ट्रिय सभाबाट सम्मान पदक र देशकै सर्वोत्कृष्ट वातावरण अवार्ड र ब्राजिल विधायिकी योग्यता पदक गरी ५,४०० वटाभन्दा अवार्डद्वारा सम्मानित गरिएको छ ।

+ posts