
जन आवाज सम्वाददाता
जन आवाज न्युज/ललितपुर,मङ्सिर १७ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको जागिरे युवा स्वयंसेवक समूह (ASEZ WAO) ले ललितपुरको सुनाकोठीदेखि सिमाको चोक र बालकुमारी क्षेत्र वरिपरि “प्लास्टिकमुक्त २०४०” सरसफाइ गतिविधि सम्पन्न भएको छ ।

सरसफाइ कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं २७ का वडाध्यक्ष कृष्णहरि महर्जन, सुनाकोठी स्वास्थ्य चौकीका सदस्य सचिव डिल्लीराम श्रेष्ठ, विकास तथा सुशासन समितिका संयोजक तथा नेपाल क्लबका अध्यक्ष निरोज महर्जन, प्रहरी वृत्त चापागाउँका प्रहरी नायब निरीक्षक भुवन अधिकारी र सिर्जनशीप सेवा प्रा.लि फोहोर मैला व्यवस्थापन समितिका संयोजक एल.पी दवाडी लगायतको उपस्थिति रहेको थियो ।
यही मङ्सिर १४ गते गरिएको “प्लास्टिकमुक्त २०४०” गोष्ठीलाई मूर्त रूप दिन यो सरसफाइ गतिविधि आयोजना गरिएको थियो । कार्यक्रममा सुनाकोठी स्वास्थ्य चौकीका सदस्य सचिव डिल्लीराम श्रेष्ठले वातावरण प्रदूषण एउटा गम्भीर समस्या रहेको र त्यो मध्ये प्लास्टिक प्रदूषणले गर्दा क्यान्सरजन्य रोगहरू पनि निम्त्याइरहेको र यसलाई समयमै नियमन गर्न युवाहरूले सुरुवात गरेको यो कार्य एकदमै सराहनीय रहेको कुरा बताउनुभयो ।
त्यसैगरी विकास तथा सुशासन समितिका संयोजक तथा नेवाज क्लबका अध्यक्ष निरोज महर्जनले आफू पनि ललितपुर महानगरपालिका वडा नं २७ को युवा जनप्रतिनिधि रहेको र विशेष गरी युवाहरूसँग नै यो कार्यक्रममा सहभागी हुन पाउँदा आफूलाई एकदमै गौरवान्वित महसुस भएको कुरा बताउनुहुँदै देश विकास र विपद्को समयमा युवाहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्दैआएको कुरा बताउनुभयो।
कार्यक्रममा ASEZ WAO सदस्य एलिसा मगरले भूमण्डलीय उष्मीकरण (जलवायु परिवर्तन) र वातावरण प्रदूषणको कारण पृथ्वीमा विभिन्न प्रकारका विपद्हरू निम्तिरहेकोले यसलाई न्यूनीकरण गर्नको निम्ति ASEZ WAO ले विभिन्न किसिमका स्वयंसेवा गतिविधिहरू गर्दैआएको कुरा बताउनुभयो । बिहान ७:३० बजे सुरु भएको सरसफाइ गतिविधि वडा नं २७ को कार्यालय प्राङ्गणबाट सुरु भएर बालकुमारी चौर परिसरमा गएर सम्पन्न भएको थियो । गतिविधिमा जावलाखेल, गोदावरी, भैंसेपाटी, ग्वार्को, लुभु र सुनाकोठी क्षेत्रका करिब १०० जना ASEZ WAO युवा सदस्यहरू, प्रहरीहरू र वडाका स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता थियो । गतिविधिमा २०० के.जी प्लास्टिकजन्य फोहोरहरू संकलन गरिएको थियो।
ASEZ WAO भनेको परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका जागिरे युवाहरूको स्वयंसेवक समूह हो । ASEZ WAO भन्ने नाममा ‘हामी एउटै परिवार भएर पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म बचाऔं (Save the Earth from A to Z, We Are One Family) भन्ने अर्थ रहेको छ । ASEZ WAO द्वारा ‘Mother’s Forest’ (वृक्षारोपण) सँगसँगै ‘Green Earth (सहर तथा सडक सरसफाइ)’ ‘Blue Ocean (नदी खोला तथा समुद्र सरसफाइ’ ‘No More GPGP (प्लास्टिक फोहोरको टापू रोकथाम गतिविधि)’ जस्ता वातावरण संरक्षणका लागि विभिन्न पहलहरू थुप्रै देशहरूमा सञ्चालन भइरहेका छन् । यसको अतिरिक्त, ‘Green Workplace (पानी बचत, ऊर्जा बचत, स्रोत बचत)’ प्रोजेक्टको एक हिस्साको रूपमा, ‘इमेल इनबक्स खाली गर्ने’, ‘कम्प्युटरको मनिटर र मल्टिप्लगहरू बन्द गर्ने’ जस्ता च्यालेन्जहरू पनि लगातार जारी भइरहेका छन् ।
प्लास्टिक प्रदूषण समाप्त गर्ने अन्तर्राष्ट्रिय समुदायको प्रयासअनुरूप, विश्वभरि विभिन्न ‘प्लास्टिकमुक्त २०४०’ गतिविधिहरू पनि भइरहेका छन् । नेपालमा पनि ललितपुर, काठमाडौं, लुम्बिनी, नेपालगन्ज जस्ता विभिन्न ठाउँहरूमा सरसफाइ गतिविधि गरिएको छ । सरकारी तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट युवाहरूको परोपकारी कार्यको मान्यतास्वरूप ६०० वटाभन्दा बढी अवार्डहरू प्रदान गरिएको छ, जसमा अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरुको राष्ट्रिय सभाका अध्यक्षबाट प्रशंसा-पत्र, अन्तर्राष्ट्रिय वातावरण अवार्ड रहेको ग्रीन वर्ल्ड अवार्ड र ग्रीन एप्पल अवार्ड इत्यादि छन् ।
ASEZ WAO आबद्ध रहेको परमेश्वरको मण्डलीचाहिँ १७५ वटा देशहरूमा ७,८०० वटाभन्दा बढी ठाउँहरूमा भएको विश्वव्यापी मण्डली हो । मण्डलीका करीब ३९ लाख २० हजार सदस्यहरूले बाइबलअनुसार पिता परमेश्वर र माता परमेश्वरमा विश्वास गर्छन् र “आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू” भन्ने ख्रीष्टको शिक्षालाई कार्यान्वयन गरिरहेका छन् । नेपालमा गत जुन महिनासम्म ५७,४३७ जनाले ९५८ पटकसम्म विभिन्न स्वयंसेवा गतिविधिहरू गरेका छन् । विश्वव्यापी रूपमा वातावरण संरक्षण, प्रकोप राहत, छिमेकीलाई सहयोग, रक्तदान अभियान, र सांस्कृतिक आदानप्रदान जस्ता गतिविधिहरू ४४,००० पटकभन्दा बढी गरिएको छ । परमेश्वरको मण्डलीले संयुक्त राष्ट्रिय अमेरिकाबाट तीन वटा राष्ट्रपति स्वयंसेवा अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, कोरियाबाट तीन वटा राष्ट्रपति अवार्ड, ब्राजिलको विधायिकी योग्यता पदक, पेरुको सर्वोत्कृष्ट वातावरण अवार्ड, राष्ट्रिय सभाबाट सम्मान पदक जस्ता ५,४०० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ ।

-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related











Total views : 357733












