
जन आवाज न्युज/ काठमाडौं । परमेश्वरको मण्डली जागिरे युवाहरूको स्वयंसेवक समूह ASEZ WAO ले आइतबार काठमाडौंको ग्रीनल्याण्ड टोखा सडक दुई किलोमिटर सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
ASEZ WAO “प्लास्टिकमुक्त २०४०” सरसफाइ गतिविधि कार्यक्रममा टोखा वडा नम्बर ६ कि वडाध्यक्ष शान्ता खनालले कार्यक्रममा उपस्थित जनाउनुहुँदै परमेश्वरको मण्डलीका जागिरीहरूको कार्य एकदमै प्रशंसनीय सराहनीय कार्य भएको कुरा जानकारी गराउनुभयो र आगामी दिनहरूमा यहाँहरूसँग सहकार्य गर्दै सपोर्ट सदैव रहने कुरा प्रतिबद्धा जाहेर गर्नुभएको थियो ।

ASEZ WAO आबद्ध रहेको परमेश्वरको मण्डलीचाहिँ १७५ वटा देशहरूमा ७,८०० वटाभन्दा बढी ठाउँहरूमा भएको विश्वव्यापी मण्डली हो । मण्डलीका करीब ३९ लाख २० हजार सदस्यहरूले बाइबलअनुसार पिता परमेश्वर र माता परमेश्वरमा विश्वास गर्छन् र “आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू” भन्ने ख्रीष्टको शिक्षालाई कार्यान्वयन गरिरहेका छन् । नेपालमा गत जुन महिनासम्म ५७,४३७ जनाले ९५८ पटकसम्म विभिन्न स्वयंसेवा गतिविधिहरू गरेका छन् । विश्वव्यापी रूपमा वातावरण संरक्षण, प्रकोप राहत, छिमेकीलाई सहयोग, रक्तदान अभियान, र सांस्कृतिक आदानप्रदान जस्ता गतिविधिहरू ४४,००० पटकभन्दा बढी गरिएको छ । परमेश्वरको मण्डलीले संयुक्त राष्ट्रिय अमेरिकाबाट तीन वटा राष्ट्रपति स्वयंसेवा अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, कोरियाबाट तीन वटा राष्ट्रपति अवार्ड, ब्राजिलको विधायिकी योग्यता पदक, पेरुको सर्वोत्कृष्ट वातावरण अवार्ड, राष्ट्रिय सभाबाट सम्मान पदक जस्ता ५,४०० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ ।



















-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related



















Total views : 351461










