ASEZ WAO द्वारा ललितपुर महानगरपालिका सुनाकोठीमा “प्लास्टिकमुक्त २०४०” गोष्ठी सम्पन्न | Jana Aawaj News

ASEZ WAO द्वारा ललितपुर महानगरपालिका सुनाकोठीमा “प्लास्टिकमुक्त २०४०” गोष्ठी सम्पन्न

(तस्बिरमा हेर्नुहोस्)

पढ्न लाग्ने समयः 3 मिनेट
ASEZ WAO द्वारा ललितपुर महानगरपालिका सुनाकोठीमा “प्लास्टिकमुक्त २०४०” गोष्ठी सम्पन्न : Jana Aawaj News

रशिला थापा

जन आवाज न्युज/ललितपुर । परमेश्वरको मण्डली जागिरे युवाहरूको स्वयंसेवक समूह ASEZ WAO ले ललितपुर महानगरपालिका वडा नम्बर २७, सुनाकोठीमा आइतबार “प्लास्टिकमुक्त २०४०” गोष्ठी सम्पन्न गरेको छ ।

ललितपुर महानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष कृष्णहरि महर्जनको प्रमुख आतिथ्यता रहेको गाेष्ठीमा स्वास्थ्य कार्यान्वयन समितिका संयोजक रामदेवी महर्जन, सुनाकोठी स्वास्थ्य चौकीका सदस्य सचिव डिल्ली राम श्रेष्ठ, वडा नम्बर २७ विकास तथा सुशासन समितिका संयोजक निरोज महर्जन, ललितपुर जिल्ला समन्वय समितिका उप-प्रमुख रामलाल थिङ, हामी माया गर्छौं फाउन्डेसन नेपालका अध्यक्ष किशोर सामसाेहाङ र ASEZ WAO का संयोजक जय महर्जन लगाएतको उपस्तिथि रहेको थियो ।

“सन् २०४० सम्म प्लास्टिक प्रदूषणलाई अन्त्य गरौं” भन्ने मूल नाराका साथ उक्त गोष्ठी आयोजना गरिएको थियो ।  गोष्ठीमा वडाध्यक्ष कृष्णहरि महर्जनले युवाहरूले चालेको यो कदम एकदमै सराहनीय भएको र भविष्यमा पनि ASEZ WAO ले गर्ने कार्यहरूमा वडाले सधैँ साथ समर्थन जनाउने कुरा बताउनुभयो ।

त्यसैगरी ASEZ WAO का संयोजक जय महर्जनले जागिरे युवाहरूले जीविकोपार्जन गर्न काम मात्र गर्ने नभई सम्पूर्ण जीवित प्राणीहरूको एकमात्र ग्रह पृथ्वीलाई बचाउन विभिन्न स्वयंसेवाका गतिविधिहरू गर्दैआएको  र त्यसमध्येको एउटा नै प्लास्टिकमुक्त पृथ्वी निर्माण गरी वर्तमान र भावी पुस्तालाई स्वच्छ र स्वस्थ पृथ्वी हस्तान्तरण गर्नको लागि आजको गोष्ठी आयोजना गरिएको कुरा बताउनुभयो ।

बिहान ८:२० बजे सुरु भएको गोष्ठीमा राष्ट्रिय गान, No More GPGP गीत, ASEZ WAO गतिविधि श्रव्यदृश्य र प्लास्टिकसम्बन्धी PPT पनि प्रस्तुत गरिएको थियो भने जनप्रतिनिधिहरूले “ASEZ WAO प्लास्टिकमुक्त अभियान २०४०” समर्थनयुक्त हस्ताक्षर पत्रमा हस्ताक्षर गर्नुभई प्लास्टिक प्रदूषण रोक्नको निम्ति एक्यबद्धता पनि जाहेर गर्नुभयो । गोष्ठीमा महिला स्वास्थ्य स्वयंसेविकाहरू, वडाबासीहरू र ASEZ WAO सदस्यहरू गरी जम्मा ७५ जनाको सहभागिता थियो ।

ASEZ WAO आबद्ध रहेको परमेश्वरको मण्डलीचाहिँ १७५ वटा देशहरूमा ७,८०० वटाभन्दा बढी ठाउँहरूमा भएको विश्वव्यापी मण्डली हो । मण्डलीका करीब ३९ लाख २० हजार सदस्यहरूले बाइबलअनुसार पिता परमेश्वर र माता परमेश्वरमा विश्वास गर्छन् र “आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू” भन्ने ख्रीष्टको शिक्षालाई कार्यान्वयन गरिरहेका छन् । नेपालमा गत जुन महिनासम्म ५७,४३७ जनाले ९५८ पटकसम्म विभिन्न स्वयंसेवा गतिविधिहरू गरेका छन् । विश्वव्यापी रूपमा वातावरण संरक्षण, प्रकोप राहत, छिमेकीलाई सहयोग, रक्तदान अभियान, र सांस्कृतिक आदानप्रदान जस्ता गतिविधिहरू ४४,००० पटकभन्दा बढी गरिएको छ । परमेश्वरको मण्डलीले संयुक्त राष्ट्रिय अमेरिकाबाट तीन वटा राष्ट्रपति स्वयंसेवा अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, कोरियाबाट तीन वटा राष्ट्रपति अवार्ड, ब्राजिलको विधायिकी योग्यता पदक, पेरुको सर्वोत्कृष्ट वातावरण अवार्ड, राष्ट्रिय सभाबाट सम्मान पदक जस्ता ५,४०० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ ।

+ posts