
रशिला थापा
जन आवाज न्युज/भक्तपुर । सूर्यविनायक नगर खेलकुद विकास समितिद्वारा आयोजना गरिएको मेयर कप अन्तर क्लब स्तरीय ब्याडमिन्टन प्रतियोगिता-२०८२ भब्यताका साथ सम्पन्न भएको छ ।
प्रतियोगितामा पुरुष सिंगल, पुरुष डबल, ४५ वर्ष माथिका पुरुष डबल (भेट्रान्स), ब्वाइज अन्डर १५ सिंगल विधामा खेल खेलाइएको थियो । जसमा वडा नंं ३ स्थित सूर्यविनायक ब्याडमिन्टन क्लव १ गोल्ड र १ सिलवरसहित टिम च्याम्पियनसिप बन्न सफल भएको छ । त्यस्तै, वडा नंं ८ स्थित चन्द्र भैभव क्याडमिन्टन ब्लव १ गोल्ड र १ बोन्स प्राप्त गर्दै दोस्रो र वडा नंं ५ को पिपलडाँडा ब्याडमिन्टन क्लव १ गोल्डसहित तेस्रो बनेको छ ।
मेन’स सिङ्गलतर्फ पिपलडाँडा ब्याडमिन्टन क्लबका अक्षत ढुंगेल प्रथम, कटुञ्जे ब्याडमिन्टर क्लवका अनिरुद्ध श्रेष्ठ दोस्रो र चुण विनायक युवा क्लबका राजन प्रजापति र चित्तपोल युथ क्लवका सरोज केसी तृतीय बन्न सफल हुनुभयो ।
मेन’स डबल तर्फ सूर्यविनायक ब्याडमिन्टन समाजका प्रेम तामाङ प्रथम, कटुञ्जे ब्याडमिन्टन क्लवका सुशान्त किजु र विक्रम बखुन्छे दोस्रो बन्न सफल हुनुभयो ।
भेटरान्स डबलतर्फ चन्द्र वैभव ब्याडमिन्टन क्लबका टिकाबहादुर थापा मगर र दीपक बस्नेत प्रथम, सूर्यविनायक ब्याडमिन्टन समाजका राजन ढुंगाना र चित्र चौहान दोस्रो बन्न सफल हुनुभयो ।
नगर प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विजयी टिमलाई प्रथम हुनेलाई २० हजार, द्वितीय हुनेलाई १५ हजार, तृतीय हुनेलाई १० हजार पुरस्कारको ब्यवस्था गरिएको थियो ।
नगर प्रमुख थापासहित कार्यापालिका सदस्य शर्मीला लम्साल बस्नेत, भक्तपुर ब्याडमिन्टन क्लवका अध्यक्ष राजेन्द्र प्रजापति र नगर खेलकुद समितिका सदस्य सचिव दीपक थापाले पुरस्कार वितरण गर्नु भएको थियो । सो अवसरमा नगरर प्रमुख थापाले खेलमा जीत हार स्वभावीक भएको बताउनुहुदै विजयी खेलाडीमा बधाई तथा शुभकामना दिनुभयो । प्रमुख थापाले नगरपालिकाले खेलकुद पूर्वाधार, प्रशिक्षण र प्रतिभा विकासका कार्यक्रमलाई अझ सशक्त बनाउँदै लगेको बताउनुभयो ।
“खेलमा जित-हार स्वाभाविक भएको बताउनुहुँदै भन्नुभयो, खेलले व्यक्ति मात्र होइन, सम्पूर्ण समाजलाई ऊर्जा, अनुशासन र सकारात्मक सोच प्रदान गर्छ। विशेष गरि युवाहरूलाई गलत बाटोबाट टाढा राखेर नेतृत्व, आत्मविश्वास र सहकार्यको भावना विकास गर्छ। मेयर कपमार्फत नगरका खेलाडीहरूले देखाएको प्रदर्शन प्रशंसनीय छ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news




Total views : 317061



