
जन आवाज न्युज/काठमाडाैं । परमेश्वरकाे मण्डली विश्व सुसमाचार समाजले स्वेत सदन स्कुलमा साेमबार ASEZ reduce crime together प्रोजेक्ट सम्पन्न गरेकाे छ।
IUBA क्लबबाट विद्यालय हिंसा र मौखिक हिंसाको समाधान गर्न ASEZ Reduce Crime Together क्याम्पेनकाे आयाेजना गरिएकाे हाे ।कार्यक्रममा विद्यालय हिंसा र मौखिक हिंसा बारेमा जनचेतना मूलक सन्देश दिँदा विद्यार्थीहरूले सकारात्मक रुपमा प्रतिक्रिया जनाएका थिए।विद्यार्थीहरूले गहिरिएर आफूलाई फर्केर हेरे र कतिपयले आफूमा सकारात्मक परिवर्तन आएको कुरा समेत बताएका थिए । कार्यक्रममा उपस्थित प्रधानाध्यापक झपिन्द्र न्याैपाने र शिक्षक शिक्षिकाहरू पनि ASEZ द्वारा एकदमै प्रभावित भएकाे बताउनुभयो। प्रधानाध्यापक न्याैपानेले सकिँदा एकदमै राम्रो र अर्थपूर्ण कार्यक्रम रहेको कुरा बताउनुभयो ।

कार्यक्रममा विद्यार्थीहरुले अहिलेसम्म यस प्रकारको कार्यक्रममा सहभागि नभएको बताउदैं विद्यालयमा हुने हिंसाको विषयमा सबैलाई जानकारी हुनुपर्ने बताएका थिए । कलेजका शिक्षकले पनि यस प्रकारको कार्यक्रमले विद्यार्थीहरु सचेत हुन सक्ने बताउदै यस प्रकारको कार्यक्रमलाई सबै विद्यालय र कलेजहरुमा संचालन गर्न सुझाब समेत दिनुभएको थियो ।
उक्त कार्यक्रम आसेजका विद्यार्थी स्वयंसेवक समुहका सदस्यहरुले विद्यालयमा हुने हिंसा कम गरौं भन्ने उदेश्यका साथ जनचेतना जगाउने कार्य गरेको थियो । कार्यक्रमा हिंसा विभिन्न प्रकारका हुन्छन् जस्तै घरेलु हिंसा, महिला हिंसा, बालबालिका हिंसा आदि । यी सबै हिंसा मध्ये विद्यालय हिंसाको बारेमा जानकारी गराइएको थियो । हिजोआज विद्यालयमा धेरै विद्यालय हिंसाहरु बढिरहेको छ जसको कारणले विद्यार्थी विद्यार्थीबिच झडप जस्ता कार्यहरूले विद्यार्थीको ज्यान जोखिममा परिरहेको छ ।
त्यसैले विद्यालय हिंसाको बारेमा अध्ययन गर्नुको उद्देश्य के होला त ? त्यो नै विद्यालय हिंसाको विभिन्न प्रकारहरूको बारेमा जान्न, सानोतिनो दुर्व्यवहार पनि विद्यालय हिंसा भएकोले पिडितको भावनालाई बुज्ने मन लिन र विद्यालयमा हुने विभिन्न किसिमका हिंसालाई रोक्ने कार्यलाई कार्यान्वयन गर्नको निम्ति हो ।





-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related



















Total views : 351461










