बेथानचोकमा स्थानीयको सीप विकास | Jana Aawaj News

बेथानचोकमा स्थानीयको सीप विकास

पढ्न लाग्ने समयः < 1 मिनेट
बेथानचोकमा स्थानीयको सीप विकास : Jana Aawaj News

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले भौतिक पूर्वाधारको साथै मानव विकासका क्षेत्रमा उल्लेख्य कार्य गर्दै आएको छ ।

शिक्षा, स्वास्थ्य सीप विकास, स्थानीय नागरिकको क्षमता विकास र उपभोक्ता समितिलाई तालिम लगायतका कार्य गर्दै गाउँपालिकाले मानव विकासका क्षेत्रमा उलेख्य कार्य गर्दै आएको हो ।

खास गरी २०७९ सालको स्थानीय तहको निर्वाचनपछि गाउँपालिकाले भौतिक पूर्वाधारका साथै मानव विकासका क्षेत्रमा पनि उल्लेख्य कार्य गर्दै आएको हो । गाउँपालिकाले शिक्षाको लागि दुई करोड आसपास बजेट छुट्याएका छौं । त्यस्तै स्वास्थ्यको क्षेत्रमा पनि डेढ दुई करोड बजेट विनियोजन गरेर कार्यक्रमहरु संचालन भइरहेका छन् ।

पछिल्लो समय स्थानीय तहका गतिविधिमा नागरिक सहभागिता घट्दै गएको अवस्थामा बेथानचोक गाउँपालिकाले त्यसको वृद्धि गर्दै गएको छ । त्यस्तै उपभोक्ता समितिमा पनि बिचौलिया हावी हुँदै गइरहेको भन्ने भाष्ययलाई गाउँपालिकाले निरुत्साहि गरी उपभोक्ता समितिले गर्नुपर्ने कामलाई बोथानचोक गाउँपालिकाले उपभोक्ता समितिबाटै काम गराउँदै आएको छ । गाउँपालिकलो हरेक उपभोक्ता समिति गठन गर्दा सार्वजनिक सूूचना जारी गरी उपस्थितिका लागि आग्रह गर्दै आएको छ ।गाउँपालिकलो स्थानीय नागरिकको सशक्तिकरणका लागि बजार प्रवर्धन, सीप हस्तान्तरण, नयाँ उद्यमी सिर्जना, पुराना उद्यमीलाई प्रविधि हस्तान्तरण अन्तर्गत बेथानचोकमा लघु उद्यम विस्तार शाखा मार्फत त्यसमा संघ, प्रदेशबाट पनि केही बजेट समावेश गर्दै सीप विकास गर्ने कार्य गर्दै आएको छ ।

बेथानचोक गाउँपालिकाको तर्फबाट पनि एउटा कोष खडा गरेर उद्यमी सिर्जना गर्ने काम गर्दै आएको छ । गाउँपालिकाले अहिले कोशेली घर गठन गरेको, उक्त कोसेली घरमा अर्गानिक चनाको सातु, पिठो, खुवा लगायतलाई कोशेली घरबाट बिक्री वितरण गर्ने कामहरु भइरहेको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न