नेसनल प्याव्सन भक्तपुरको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न | Jana Aawaj News

नेसनल प्याव्सन भक्तपुरको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
नेसनल प्याव्सन भक्तपुरको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न : Jana Aawaj News

रशिला थापा

जन आवाज न्युज/भक्तपुर,पौष २ गते । नेशनल प्याब्सन भक्तपुरको कार्यक्रम विमल मेमोरियल विद्यापीठको आयोजनामा माध्यमिक तह “अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता-२०८२” सम्पन्न भएको छ। सो कार्यक्रममा नेशनल प्याब्सन अन्तर्गतको सदस्य विद्यालयहरूको सहभागिता रहेको थियो ।

विद्यालयको आफ्नै कार्यक्रम हलमा सम्पन्न सो प्रतियोगितामा इडेन गार्डेन इङ्गलिस स्कुल प्रथम भएको थियो भने मदरल्याण्ड इङ्गलिस स्कुल दोश्रो, ऋतम्भरा पाठशाला स्कूल तेश्रो र आरक्षण नेशनल स्कुलले सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए ।

कार्यक्रमका सभापति एवं आयोजक विद्यालय विमल मेमोरियल विद्यापीठका प्रधानाध्यापक श्री कुमार थापा मगरले कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको श्रेय सहभागी विद्यालय तथा विद्यार्थीहरूलाई दिनुहुदै कार्यक्रम आयोजना गर्ने अवसर प्रदान गरेकोमा नेसनल प्याव्सन भक्तरुर संस्थाप्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि सूर्यविनायक नगरपालिका वडा नम्बर १० का प्रशासाकीय प्रमुख श्री कुमार राउतले विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुहुँदै विद्यार्थीहरूले मिहिनेत गरेमा फल अवश्य प्राप्त हुने कुरा समेत व्यक्त गर्नुभयो ।

नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्‌काले कार्यक्रम भव्य एवं सभ्य रुपमा सम्पन्न गरेकोमा आयोजक विमल मेमोरियल विद्यापीठ विद्यालयलाई धन्यवाद ज्ञापन गर्दै विजेता विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्नुका साथै यस्ता कार्यक्रमहरुमा सम्पूर्ण विद्यालयहरुले सहभागिता जनाउनुपर्ने कुरामा जोड दिनुभयो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 Asez star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
2 Asez Star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
3 स्काउट धर्मसभा प्रतियोगितामा बिनायक स्काउट ट्रुप प्रथम
4 यूनिटीको आयोजनामा नेसनल प्याव्सनको लोकनृत्यमा ईडेन विजेता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न