भक्तपुरमा ३ दिने घरेलु उत्पादन प्रवर्धन मेला २०८२ बिहिबारबाट सुरु | Jana Aawaj News

भक्तपुरमा ३ दिने घरेलु उत्पादन प्रवर्धन मेला २०८२ बिहिबारबाट सुरु

पढ्न लाग्ने समयः 2 मिनेट
भक्तपुरमा ३ दिने घरेलु उत्पादन प्रवर्धन मेला २०८२ बिहिबारबाट सुरु : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर, पुस ४ । भक्तपुरमा घरेलु उत्पादन मेला सुरु भएको छ । भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा उद्योग वाणिज्य कार्यालय र गो लोकलको सहकार्यमा भक्तपुरको संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि भन्दै मेला बिहीबारदेखि सुरु भएको हो ।

नःपुखु परिसरमा सञ्चालित तीन दिने घरेलु उत्पादन मेलाको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गर्नुभयो ।
कार्यक्रममा बोल्दै उहाँले घरेलु उद्योगहरुले देशका धेरै युवाहरुलाई रोजगारी प्रदान गरिरहेको बताउँदै हाम्रा उत्पादनहरु विश्व बजारमा पुर्याउन संघ र प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।

भक्तपुर धेरै घरेलु उत्पादन हुने ठाउँ हो भन्दै उहाँले भक्तपुरमा ससाना मेला तथा उत्सवहरु समय समयमा भइरहको बताउनुभयो ।
भक्तपुरको घरेलु उत्पादनको प्रयोग र खरिदमा जनतालाई उत्साहित गर्दै आएको बताउँदै उहाँले नगरपालिकाले युवा लक्षित सीपमूलक तालिम सञ्चालन र युवा उद्यमशील ऋणको व्यवस्था गर्दै आएको बताउनुभयो । उहाँले घरेलु उद्योगहरुलाई सक्दो सहज ऋणको व्यवस्था गर्नु उपयुक्त हुने बताउनुभयो ।

भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले तीन दिने घरेलु मेला सफलताको शुभकामना दिँदै घरेलु उद्योगले स्थानीय उत्पादन प्रवद्र्धन गर्नुका साथै देशको आर्थिक विकासमा पनि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठले उद्यमीहरुको उद्यम प्रवद्र्धनमा उद्यमीहरु नै संगठित हुनुपर्ने बताउँदै स्थानीय सरकारको साथ र सहयोगले मात्र भक्तपुर घरेलु उद्योगहरु सञ्चालनमा सहजता मिल्ने बताउनुभयो ।

उक्त कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालयका कार्यालय प्रमुखु रामप्रसाद कुस्मा, गो लोकका संयोजक विरेन्द्र जति, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, महिला उद्यमी समितिका अध्यक्ष कमलश्वरी खर्बुजाले पनि बोल्नुभएको थियो ।
मेलामा जुजु धौ, भादगाउँले टोपी, ख्वप बजी, घरबुना कपडा, काष्ठकला, हस्तकला, धातुकला, प्रस्तर कला, प्रस्तर कला, माटाका भाडाहरु, कृषि उत्पादनहरु, तोरीको तेल, नेपाली अचार, पाउँका प्रकारहरु, नर्सरी तथा अन्य थुप्रै घरेलु उत्पादनहरुका साथै नेवारी खाजाका परिवार र च्याउका परिकारहरु राखिएको आयोजकले जनाएको छ ।

मेला पुस ३, ४ र ५ चैत बिहान १० बजेदेखि साँझ ६ बजेसम्म नःपुखु परिसरमा गरिने र प्रवेश शुल्क निःशुल्क गरिएको आयोजकले जनाएको छ ।

 

+ posts

 

 

ताजा
1 तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु
2 चाँगुनारायण बन्दै देशकै पहिलो “योग नगर”
3 दधिकोटमा पाँच तले सुविधा सम्पन्न नगर अस्पताल भवन बन्ने
4 चाँगुनारायणलाई नेपालकै पहिलो ‘योगमय पालिका’ बनाउन  जुट्दैछौँ : नगरप्रमुख खत्री
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न