भक्तपुर नगरपालिकास्तरीय विद्यालय खेलकुदमा आदर्श आजाद माविलाई ७ पदक | Jana Aawaj News

भक्तपुर नगरपालिकास्तरीय विद्यालय खेलकुदमा आदर्श आजाद माविलाई ७ पदक

पढ्न लाग्ने समयः < 1 मिनेट
भक्तपुर नगरपालिकास्तरीय विद्यालय खेलकुदमा आदर्श आजाद माविलाई ७ पदक : Jana Aawaj News

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालन भएको नगरपालिकास्तरीय विद्यालय खेलकुद प्रतियोगितामा आदर्श आजाद मावि, भेलुखेलले ७ वटा पदक जित्न सफल भएको छ । मंसिर २५ गतेदेखि शुरू भएकाे प्रतियोगितामा पुष १ गते सम्पन्न भएकाे थियाे ।

विद्यालयले २ वटा स्वर्ण, २ वटा रजत र ३ वटा कास्य पदक हासिल गरेको छ । कराते र २०० मीटर दौडमा विद्यालयले स्वर्ण पाएको हो । यसैगरी महिला खो खो र लङजम्पमा रजत पदक जित्न सफल भएको थियो । त्यस्तै गरी पुरुष भलिवल सटपुट र ज्याभलिं थ्रोमा कास्य पदक जितेको विद्यालका प्राचार्य चक्र चाकतुले बताए ।

नगरपालिकास्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबल (कक्षा ९ र १२) मा आदर्श आजाद माध्यमिक विद्यालयका साजन भुजेल, निसान मगर, अक्षय भुजेल, विजय श्रेष्ठ, प्रशान्त राई, धनराज तामाङ, सुशिल बर्दन, कुशल लामिछाने, निरज तामाङ, विवेक लोहार, प्रकाश विक र रोशन दहाल सहभागी थिए। उक्त टिमले तेस्रो स्थान हासिल गर्दै कांस्य पदक र ट्रफी प्राप्त गरेको छ।

महिला भलिबल (कक्षा ९ र १२) मा कुसुमी लो,  लालकुमारी ठोकर, , रेश्मा मगर, अनुजा मगर, एलिशा सेवा, खुशी भोम्जन, करिना तामाङ, निर्मा तामाङ , कृतिका जिसी र सुचना जिम्बाको सहभागिता रहेको थियो। यस विधामा पनि विद्यालयले सशक्त प्रतिस्पर्धा प्रस्तुत गरेको जनाएको छ।

कबड्डी प्रतियोगितामा सजिब जिम्बा, दाबा घिसिङ, फुरमान योञ्जन, अभिषेक लामा, रविन्द्र घले, विष्णु योञ्जन,  दाबा लो, सौगात श्रेष्ठ,  युवराज श्रेष्ठ, अमित घिसिङ र सुगम तामाङ सहभागी थिए। प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरे पनि अन्तिम चरणमा स्थान सुरक्षित गर्न भने सकेनन्।

खो–खो पुरुष (कक्षा ६–१०) अन्तर्गत आदर्श आजाद माविका

सुप्राम बस्नेत, सत्यमान घिसिङ, दिपेन्द्र बुढामगर, सुमित लामा, सुमन सुवेदी, विष्णु सुवेदी, अंश श्रेष्ठ, मिशन श्रेष्ठ, आकाश तामाङ, सुनिल तामाङ, निर्मल तामाङ र सागर मोक्तानको सहभागिता थियो। टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो ।

खो–खो महिला (कक्षा ६ र १०) मा अन्जिता तामाङ, बिनिसा मगर, सम्झना रञ्जितकार,  भीमकुमारी मगर, निर्जला मगर, अरुण तामाङ, युनिशा तामाङ, सम्झना तामाङ, रञ्जना तामाङ, पेमा तामाङ, प्रियन्का पट्टेल र सुमिना तामाङ सहभागी थिए। महिला टोलीले द्वितीय स्थान प्राप्त गर्दै रजत पदकमा चित्त बुझाएको छ।

कराते प्रतियोगितामा सुमन सुवेदीले ४५ केजी समूहमा प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक जितेका छन् । एथलेटिक्सतर्फ २०० मिटर दौडमा मुकेश ठाकुर प्रथम, लङ जम्पमा द्वितीय स्थान हासिल गर्न सफल भए भने ज्याभलिन थ्रोमा विष्णु आलेमगरले तृतीय स्थान प्राप्त गरेका छन्। सटपुट पुरुषमा दिपेश आलेमगर तृतीय हुन सफल भए ।

त्यसैगरी गत श्रावण ३० गते सरस्वती विद्यालय माविमा सम्पन्न संयुक्त परीक्षा समितिअन्तर्गत विद्यालयहरूबीच भएको गायन प्रतियोगितामा कक्षा १० का राजा राई प्रथम हुन सफल भएका छन्।

विद्यालय प्रशासनका अनुसार यस्ता प्रतियोगिताले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा अनुशासनात्मक विकासमा महत्वपूर्ण योगदान पर्‍याउने विश्वास लिइएको छ। नगरपालिकाले आगामी दिनमा पनि विद्यालयस्तरीय खेलकुद गतिविधिलाई निरन्तरता दिने जनाएको छ।

+ posts
ताजा
1 सुनपाद्वारा आयोजित तेस्रो राष्ट्रपति रनिङशील प्रतियोगिता २०८२ सम्पन्न
2 बुढानीलकण्ठ सडक खाना महोत्सव प्रमाण पत्र वितरण
3 एमाले फर्किने नेता तथा कार्यकर्तालाई एमालेले गर्यो स्वागत
4 ASEZ WAO टोखाद्धारा हिमालय वृद्धाश्रम केन्द्रमा दैनिक उपभोग्य सामाग्री हस्तान्तरण
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न