भक्तपुरमा संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरुको मुटु परीक्षण शिविर सञ्चालन हुने | Jana Aawaj News

Bhaktapur Hospital

भक्तपुरमा संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरुको मुटु परीक्षण शिविर सञ्चालन हुने

पढ्न लाग्ने समयः 2 मिनेट
भक्तपुरमा संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरुको मुटु परीक्षण शिविर सञ्चालन हुने : Jana Aawaj News

भक्तपुर । भक्तपुर नगरपालिकाले २०८२ पुस ८, ९, १० र ११ गते विद्यालयका बालबालिकाहरुको मुटु परीक्षण शिविर सञ्चालन गर्ने भएको छ ।
भक्तपुर नगरपालिकाको आयोजना र मित्र राष्ट्र चीनको युनानस्थित फुवाई युनान कार्डियो भास्कुलर अस्पतालमा कार्यरत विज्ञ चिकित्सकहरुको सहभागितामा भक्तपुर नपाभित्र सञ्चालित संस्थागत र साुमदायिक विद्यालयका शिशु कक्षादेखि कक्षा १० सम्मका विद्यार्थीहरुको मुटु परीक्षण शिविर सञ्चालन गर्ने विषयमा आज प्रधानाध्यापक तथा प्रिन्सिपलहरुको भेला सम्पन्न भएकाे छ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षा र स्वास्थ्य क्षेत्रमा भक्तपुर अहिले प्रगतिको मार्गमा अगाडि बढिरहेको छ भन्नुभयो । भक्तपुरका सामुदायिक र निजी विद्यालयहरु शैक्षिक गुणस्तरमा समान रुपमा अगाडि बढिरहेको बताउँदै उहाँले यहाँ अध्ययनरत प्रत्येक नागरिकहरुलाई स्वस्थ बनाउने उद्देश्यले स्वास्थ्य क्षेत्रलाई जोड दिँदै १०० शैय्याको ख्वप अस्पताल सञ्चालन गरी विशिष्टकृत स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताउनुभयो ।  उहाँले भक्तपुर क्यान्सर अस्पताल सरकारीकरण भएसँगै जनताले सहज र सुलभ रुपमा क्यान्सर उपचार सेवा गर्न पाइरहेको बताउँदै भक्तपुर नपाले टोल टोलमा विभिन्न रोगको स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपाले जापान सरकारको प्राविधिक सहयोगमा श्वासप्रश्वास पुनःस्थापना केन्द्र पनि सञ्चालन गरिरहेको बताउँदै भक्तपुरलाई सहज र व्यवस्थित उपचार हुने र स्वस्थ नागरिक बसोबास गर्ने ठाउ बनाउने सोच रहेको बताउनुभयो ।

ख्वप अस्पतालका छात्ती रोग विशेषज्ञ डा. अमर प्रजापतिले जन्मजात हृदय रोगलाई समयमै उपचार गर्न सके भविष्यमा मुटु रोगको जोखिम कम हुने बताउँदै बालबालिकाहरुमा देखिने मुटु रोगका लक्षणहरुलाई अभिभावकले संवेदनशीलताका साथ लिनुपर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले शिविरमा नगरभित्रका ३५ हजार ८८० जनाको हाराहरीमा विद्यार्थीहरुको सहभागिता रहने बताउँदै पुस १० गते सार्वजनिक विदा भए पनि उक्त दिन मुटु परीक्षण शिविर सञ्चालन गरिने जानकारी गराउनुभयो ।
नगर शिक्षा शाखा प्रमुख साधुराम फुयालले शिक्षा र स्वास्थ्य एउटै सिक्काका दुई पाटा हुन् भन्दै बालबलिकाको मुटु परीक्षणले सम्भावित जोखिम न्युनीकरणमा मद्दत पुग्ने बताउनुभयो ।

चीनको खुनमिङ चिकित्सा विश्वविद्यालयमा जनस्वास्थ्य विषय अध्ययनरत कृष्ण गरुले कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्दै मुटु परीक्षण गरिएका विद्यार्थीमध्ये मुटुमा गम्भीर समस्या देखिएकाहरुलाई निःशुल्क उपचार गरिने बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 गोकर्णेश्वरको बागमती कोरिडोरमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
2 राजमार्ग सरसफाईसँगै रोपिएका बिरुवाको संरक्षणमा अभियानको सक्रियता निरन्तर
3 अन्तर्राष्ट्रिय वी लभ यु फाउन्डेसनद्वारा धुलिखेलमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
4 नेपालगञ्जमा ‘क्लिन वर्ल्ड अभियान’: १५० जनाको सहभागितामा रत्नराजमार्ग सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x