बुढानीलकण्ठ नगरपालिका र उच्च अदालत पाटनको संयुक्त रूपमा न्यायमा बाह्य पहुँच कार्यक्रम सम्पन्न | Jana Aawaj News

बुढानीलकण्ठ नगरपालिका र उच्च अदालत पाटनको संयुक्त रूपमा न्यायमा बाह्य पहुँच कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
बुढानीलकण्ठ नगरपालिका र उच्च अदालत पाटनको संयुक्त रूपमा न्यायमा बाह्य पहुँच कार्यक्रम सम्पन्न : Jana Aawaj News

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका र उच्च अदालत पाटनको संयुक्तरुपमा गरिएको कार्यक्रमममा बुढानीलकण्ठ नगरपालिकामा न्यायमा बाह्य पहुँच कार्यक्रम शुुक्रबार सम्पन्न भएको छ । स्थानीय तहमा न्यायिक पहुँच विस्तार गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रममा न्यायपालिका र स्थानीय सरकारबीचको सहकार्यलाई थप मजबुत बनाउने विषयमा व्यापक छलफल गरिएको थियो ।

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, उच्च अदालत पाटनका माननीय मुख्य न्यायाधीश लालबहादुर कुँवर, माननीय न्यायाधीश चन्द्रबहादुर सारू, राजकुमार खतिवडा र सूर्यप्रसाद पराजुलीको उपस्थिति रहेको थियो । साथै नगर उप-प्रमुख अनिता लामा, उच्च अदालत पाटनका रजिष्ट्रार अशोककुमार क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, उप-रजिष्ट्रार दिव्यराज घिमिरे, उच्च अदालत वार एसोसियसन, पाटनका अध्यक्ष विदुरप्रसाद ढुंगाना तथा उच्च अदालतका अधिकृत लोचन ढकाल लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा नगर उप-प्रमुख अनिता लामाले स्वागत गर्नुुभएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख मिठाराम अधिकारीले स्थानीय तह र न्यायपालिकाबीचको सहकार्यले नागरिकलाई सहज, छिटो र विश्वासयोग्य न्याय सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट गर्नुभयो । उहाँले यस कार्यक्रमहरूले स्थानीय स्तरमै न्यायप्रति जनविश्वास अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा उपस्थित न्यायाधीशहरूले पनि न्यायपालिकाले नागरिकको पहुँचमा पुगेर सचेतना फैलाउने प्रयास आवश्यक रहेको बताउँदै, न्यायमा बाह्य पहुँच जस्ता कार्यक्रममार्फत न्यायिक सेवाको प्रभावकारिता बढ्ने र नागरिकमा न्यायप्रतिको भरोसा थप सुदृढ हुने धारणा व्यक्त गर्नुभएको थियो ।

 

+ posts
ताजा
1 टोखामा उलेख्य सामाजिक विकास
2 बुढानीलकण्ठ नगरपालिका र उच्च अदालत पाटनको संयुक्त रूपमा न्यायमा बाह्य पहुँच कार्यक्रम सम्पन्न
3 भक्तपुरमा संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरुको मुटु परीक्षण शिविर सञ्चालन हुने
4 भक्तपुर नगरपालिकास्तरीय विद्यालय खेलकुदमा आदर्श आजाद माविलाई ७ पदक
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न