आज २४ घण्टामा १०३० जनामा कोरोना संक्रमण पुष्टि | Jana Aawaj News

आज २४ घण्टामा १०३० जनामा कोरोना संक्रमण पुष्टि

पढ्न लाग्ने समयः < 1 मिनेट
आज २४ घण्टामा १०३० जनामा कोरोना संक्रमण पुष्टि : Jana Aawaj News

काठमाडौं । आज पछिल्लो २४ घण्टामा देशभर १ हजार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ८७४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ६७९ जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभर एक हजार जना संक्रमित निको भई डिस्चार्ज भएका छन् भने, पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ८९३ जनाको पिअिसार परीक्षण गर्दा ८१२ र ४ हजार ९८१ जनाको एन्टीजेन परीक्षण गर्दा २१८ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर १६ हजार ६०६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये १५ हजार ५३४ होम आइसोलेसनमो, संस्थागत आइसोलेसनमा एक हजार १५२ जना, ३५१ जना आइसियुमा र ११८ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर २४१ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

+ posts