आज २४ घण्टामा १०३० जनामा कोरोना संक्रमण पुष्टि | Jana Aawaj News

आज २४ घण्टामा १०३० जनामा कोरोना संक्रमण पुष्टि

पढ्न लाग्ने समयः < 1 मिनेट
आज २४ घण्टामा १०३० जनामा कोरोना संक्रमण पुष्टि : Jana Aawaj News

काठमाडौं । आज पछिल्लो २४ घण्टामा देशभर १ हजार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ८७४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ६७९ जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभर एक हजार जना संक्रमित निको भई डिस्चार्ज भएका छन् भने, पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ८९३ जनाको पिअिसार परीक्षण गर्दा ८१२ र ४ हजार ९८१ जनाको एन्टीजेन परीक्षण गर्दा २१८ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर १६ हजार ६०६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये १५ हजार ५३४ होम आइसोलेसनमो, संस्थागत आइसोलेसनमा एक हजार १५२ जना, ३५१ जना आइसियुमा र ११८ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर २४१ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा हेटौंडा ब्लु कार्बन क्याम्पेन सम्पन्न
2 सूर्यविनायक-५ मा विकासका असि प्रतिशत काम सम्पन्न, अब खानेपानी, सडक बत्ति र सिसि क्यामरा जडानमा लाग्छौं’
3 सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष न्यौपानेको दाबी- ‘चार वर्षमा १५ करोड बराबरको विकास
4 सूनपा-३ मा सार्वजनिक सुनुवाई सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न