प्रधानन्यायाधीश मन्त्रिपरिषद् विस्तारमा जोडिनु खेदजनक भएको बारको भनाई | Jana Aawaj News

प्रधानन्यायाधीश मन्त्रिपरिषद् विस्तारमा जोडिनु खेदजनक भएको बारको भनाई

सर्वोच्च अदालतद्धारा समाचारको खण्डन गर्दै स्पष्टीकरण

पढ्न लाग्ने समयः < 1 मिनेट
प्रधानन्यायाधीश मन्त्रिपरिषद् विस्तारमा जोडिनु खेदजनक भएको बारको भनाई : Jana Aawaj News

काठमाडौँ । नेपाल बार एसोसिएसन र सर्वोेच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नाम जोडेर मन्त्रिपरिषद् विस्तारबारे प्रकाशन भएका समाचारहरु मिथ्यापूर्ण र भाम्रक भएको जनाएको छ ।

मन्त्रिपरिषद्मा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पनि भाग खोजेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको बताउँदै उक्त कार्य खेदजनक भएको बताइएको छ ।

विज्ञप्ति जारी गर्दै नेपाल बारका महासचिव लीलामणि पौडेलले विभिन्न अनलाइन तथा पत्रपत्रिकामा प्रकाशित समाचारप्रति प्रतिक्रिया जनाउँदै न्यायपालिकाको प्रमुखले कार्यकारी पदमा भाग खोज्ने कार्यले ‘राज्यका निकायहरूकावीचको शक्ति सन्तुलन र नियन्त्रण, शक्ति पृथकीकरणको सिद्धान्त, संवैधानिक सर्वोच्चता, स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायपालिकाको अवधारणा प्रतिकूल हुने भन्दै विरोध  गरेको छ । ।

नेपाल बार एसोसिएसनबाट जारी विज्ञप्ति


यता सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले विज्ञप्ति जारी गर्दै केही मिडियाले मिथ्यापूर्ण र भ्रामक समाचार सम्प्रेषण गर्दै अदालतप्रतिको जनआस्था एंव नेतृत्वप्रति प्रतिकूल प्रभाव पार्ने दुषित मनसाय राखेको उल्लेख गरिएको छ ।

सर्वोच्चले यस्ता अतिरञ्जित समाचारहरु प्रकाशन हुनु अत्यन्तै दुखद् र खेदजन्य भएको भन्दै मिथ्यापूर्ण र भ्रामक समाचारहरु प्रकाशन नगर्न आग्रह समेत गरेको छ ।

सर्वोच्च अदालतबाट जारी विज्ञप्ति

+ posts