भक्तपुरमा ग्यादर विन्स् बारिस्टा स्कूल संचालनमा | Jana Aawaj News

भक्तपुरमा ग्यादर विन्स् बारिस्टा स्कूल संचालनमा

पढ्न लाग्ने समयः < 1 मिनेट
भक्तपुरमा ग्यादर विन्स् बारिस्टा स्कूल संचालनमा : Jana Aawaj News

भक्तपुर । अहिले युवाहरु विदेश पलायन हुने दौड बढ्दो छ । सरकारले आफ्नो देशमा रोजगारी दिन नसक्दा युवा, विद्यार्थीहरु आफ्नो भविष्य बनाउन विदेश जाने क्रम एउटा नेपालीहरुको लागि संस्कार स्वरुप भएको छ । सीप भए विदेश होइन नेपालमा नै केही गर्न सकिन्छ भन्ने उद्देश्य र विश्वासका साथ राज राईले सूर्यविनायकमा ग्यादर विन्स् बारिस्टा कफी स्कूल सञ्चालनमा ल्याएका छन् । आफूले केही वर्ष यही बारिस्टा क्षेत्रको अध्ययन गरेर विभिन्न बारिस्टा स्कूलमा कर्मचारी एवं शिक्षकको रुपमा कार्यरत भएपश्चात गर्न सके त नेपाल मै हुँदो रहेछ भन्ने आभाष भएपछि उहाँले ग्यादर विन्स् बारिस्टा स्कूल संचालनमा ल्याएको बताउनुहुन्छ ।

हाल विद्यार्थी एवं युवायुवतीहरु विदेशिने क्रम बढ्दो छ, उनीहरुले आफ्नै देशमा सीप सिके पनि नेपालमा भविष्य नै छैन भन्ने धारणा राखेर विदेश पलायन हुने गर्छन् । त्यही सोच र धारणा भएका विद्यार्थी एवं युवायुवतीहरुलाई सीप भए नेपालमै थुप्रै अवसरहरु छ भन्ने उदाहरणकासाथ ग्यादर विन्स् बारिस्टा स्कूल संचालनमा ल्याइएको संचालक राई बताउनुहुन्छ ।

यस बारिस्टा स्कूलले तालिमसँगसँगै विद्यार्थीहरुलाई रोजगारी र विभिन्न अवसर प्राप्त गर्न मद्दत गर्ने उद्देश्य राखेको राईले जानकारी दिनुभएको छ । उहाँले विदेशिने पैसाले नेपालमै केही गर्न सक्यो भने आफ्नो परिवार साथीभाईको साथसहयोग सदैव रह्यो भने विदेशमा कमाउने पैसा भन्दा नेपालमा नै एउटा असल व्यवसायी हुन सकिने पनि बताउनुभएको छ । करिब ३० लाख भन्दा बढी लागतमा सञ्चालनमा आएको यस स्कूलको मुख्य उद्देश्य सरल र सुपत मूल्यमा सीप सिकाउनु रहेको छ ।

+ posts

 

 

ताजा
1 तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु
2 चाँगुनारायण बन्दै देशकै पहिलो “योग नगर”
3 दधिकोटमा पाँच तले सुविधा सम्पन्न नगर अस्पताल भवन बन्ने
4 चाँगुनारायणलाई नेपालकै पहिलो ‘योगमय पालिका’ बनाउन  जुट्दैछौँ : नगरप्रमुख खत्री
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न