ASEZ WAO द्वारा टोखाकाे चण्डेश्वरी हस्पिटलमा ९,१,५४ औं वातावरण सरसफाई अभियान सम्पन्न | Jana Aawaj News

ASEZ WAO द्वारा टोखाकाे चण्डेश्वरी हस्पिटलमा ९,१,५४ औं वातावरण सरसफाई अभियान सम्पन्न

पढ्न लाग्ने समयः 2 मिनेट
ASEZ WAO द्वारा टोखाकाे चण्डेश्वरी हस्पिटलमा ९,१,५४ औं वातावरण सरसफाई अभियान सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/काठमाडौं । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज ASEZ WAO नयाँ बजार शाखाले आइतबार ९,१,५४ औं वातावरण सरसफाई अभियान, Green Earth कार्यक्रम सम्पन्न भएको छ।

सरसफाइ कार्यक्रममा ASEZ WAO का युवाहरू र परमेश्वरको मण्डलीका सदस्यहरू गरेर करिब ८० जनाको सहभागिता रहेको थियो । ASEZ WAO को विषयमा भन्नुपर्दा यो चाहिँ परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका जागिरे युवा स्वयंसेवक समूह हो। ASEZ को अर्थ Save The Earth From A to Z हो भने WAO को अर्थ We Are One family हो। अर्थात् हामी एउटै परिवार भएर पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म बचाऔं भन्ने अर्थ र संकल्प रहेको छ। यो नाउँ मात्र होइन यसका कार्य पनि उस्तै छ। ASEZ WAO १७५ वटा देशमा ७५०० क्षेत्रहरूमा सक्रिय भएर आमाको मनद्वारा निस्वार्थ मनद्वारा कार्य गरिरहेको छ।

ASEZ WAO का गतिविधि र कार्यहरूको कदर स्वरुप अमेरिकाबाट अमेरिकी राष्ट्रपतिय स्वयंसेवा पुरस्कार, पेरुबाट राष्ट्रिय सभाबाट अध्यक्षबाट मान्यता प्रमाणपत्र, पेरुको गभर्नरबाट सम्मान पदक, Green World Award, Green Apple Award गरेर करिब ७०० भन्दा बढी एवार्डहरु ASEZ WAO ले हासिल गरिसकेको छ। नेपालबाट पनि विभिन्न स्वयंसेवा गतिविधि गरे अनुरुप,विभिन्न सरकारी गैरसरकारी निकायहरूद्वारा कदर स्वरूप, प्रशंसापत्रहरू निरन्तर हासिल गरेको छ। ASEZ WAO जागिरे युवाहरु पृथ्वीलाई बचाउने अभियानमा लागि परेको छ। नेपालबाट पनि ASEZ WAO का गतिविधिहरू एकदम सक्रिय भएर ठाउँठाउँमा पूर्वदेखि पश्चिमसम्म हिमालदेखि तराईसम्म सबै क्षेत्रहरूमा अगाडि बढ्दैछ।कार्वन उत्सर्जनले निम्त्याएका विभिन्न समस्याहरू, जलवायु परिवर्तन, ओजन तह पातलिदै गएको, महामारी, भोकमरी, बाढि, पहिरो, हिमशृङ्खलाहरू पग्लने, अतिवृष्टि, खडेरी, मौसम परिवर्तन जस्ता विभिन्न प्रकोपहरू पृथ्वीले भोगिरहनु परेको छ। विकास सँगसँगै विनाश नजिक आइरहेको छ समस्या हामी मानिसबाट नै आएको हो। समाधान पनि हामी मानिसबाट नै खोज्नुपर्छ वातावरण संरक्षणमा, दिलो ज्यान लागिपर्ने ASEZ WAO ले कार्बो न्यूनीकरण गर्नको निम्ति थुप्रै अभियानहरू चलाइरहेका छन्। Green work place, Mothers forest, No more GPGP, Green Earth र Blue Ocean जस्ता अभियानहरू निरन्तर गर्दै पृथ्वीलाई संरक्षण गर्न योगदान पुर्याइरहनुभएको छ।

+ posts