
काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको साधारण शेयर आईपीओका लागि आजसम्म आवेदन दिने अन्तिम दिन रहेको छ ।
कम्पनीले बिक्रीमा ल्याएको जम्मा शेयरमध्ये ४५ हजार कित्ता शेयर कर्मचारीहरूको लागि, १ लाख १२ हजार ५०० कित्ता शेयर सामुहिक लगानी कोषका लागि, बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि रहेको बताइएको छ ।
आज असोज १९ गतेसम्म मात्रै लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् भने, आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई बैंक रहेको छ । जस्को प्रत्याभूतकर्ताका रुपमा नागरिक लगानी कोष रहेको छ ।
यस्तै कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको २२ लाख ५० हजार कित्ता अर्थात २२ करोड ५० लाख रुपैयाँका लागि गत शुक्रबारदेखि आवेदन खुला गरेको थियो ।
सो कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड ५० लाखमा शेयर निष्काशन पछि चुक्ता पुँजी १ अर्ब ५० करोड पुग्ने भएको बताइएको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj