प्रधानन्यायाधीश जबराले बोलाएको पूर्ण बैठक १ बजे बस्दै | Jana Aawaj News

प्रधानन्यायाधीश जबराले बोलाएको पूर्ण बैठक १ बजे बस्दै

पढ्न लाग्ने समयः < 1 मिनेट
प्रधानन्यायाधीश जबराले बोलाएको पूर्ण बैठक १ बजे बस्दै : Jana Aawaj News

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको बैठक १ बजे बस्ने बताइएको छ ।

उक्त बैठकमा सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्णबैठक फुलकोर्ट बोलाइएको हो । प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषद्मा भाग खोजेको समाचार लगातार मिडियामा आइरहेपछि न्यायाधीशहरुको पूर्ण बैठक बस्न लागेको बताइएको छ ।

सो बैठक सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार दिउँसो १ बजेपछि बस्ने बताइएको छ । दसैं बिदाको अवधिमा मुद्दा सुनवाइ गर्ने न्यायाधीशहरुको नाम तय गर्ने लगायतका एजेण्डामाथि छलफल हुने प्रवक्ता दाहालले जानकारी गराउनुभएको छ ।

सर्वोच्च अदालतमा घटस्थापनादेखि नै दसैं बिदा हुने भएकाले बन्दी प्रत्यक्षीकरण लगायतका अत्यावश्यक मुद्दाको सुनुवाइ भने नरोकिने बताइएको छ ।

यसका लागि निश्चित न्यायाधीशलाई जिम्मा दिनुपर्ने भएकाले आज पूर्ण बैठक बस्ने भएको छ ।

+ posts

 

 

ताजा
1 ललितपुरकाे भट्टेडाँडामा ASEZ WAO द्वारा Mother’s Forest अभियान अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न
2 नेपालकै पहिलो एटिन डी सिनेमा अब इटहरीमा
3 भक्तपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा 
4 महिलाहरुको लागि प्रजनन् स्वास्थ्य, मनोपोज तथा मनोपरामर्श सम्बन्धि अभिमुखी कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न