
जन आवाज न्युज/ललितपुर, ५ गते । परमेश्वरको मण्डलीका विश्वविद्यालय विद्यार्थीहरूद्वारा पुल्चोक क्याम्पसमा बिहिवार वातावरण सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
“सुरुदेखि अन्त्यसम्म पृथ्वीलाई बचाऔं” भन्ने मूल नारा सहित परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका विश्वविद्यालय विद्यार्थी स्वयंसेवक समूह ASEZ ले ललितपुरमा अवस्थित इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पस क्षेत्रमा वातावरण सरसफाइ आयोजना गरेको हो ।
बढ्दो वातावरण प्रदूषणको समस्याको बीचमा क्याम्पस विद्यार्थीहरूको स्वयंसेवा गतिविधिले नागरिकहरूमा वातावरणीय चेतना जगाएको छ । उक्त सरसफाइ कार्यक्रममा एक अधिकारीले भन्नुभयो, “सबै छिमेकीहरू स्वच्छ वातावरणमा जिऊन् भन्ने आशा गर्दै विश्वविद्यालय विद्यार्थीहरू एकताबद्ध भएका छन् । जलवायु संकटको युगमा भावी पुस्ताको सानो कार्यले पनि स्थानीय समुदायको वातावरण परिवर्तनमा उत्प्रेरकको रूपमा कार्य गर्नेछ । यसले सहरको सौन्दर्य विकास गर्ने मात्र नभएर वातावरण संरक्षणको अमूल्य प्रयासमा अझ धेरै नागरिकहरूलाई सहभागी हुन प्रोत्साहित गर्ने अवसरको रूपमा कार्य गर्नेछ भनी आशा गर्दछु ।”
बिहानै स्वयंसेवामा ६० जना आसेजका सदस्यहरू, क्याम्पसको सडक लगायत आसपासको १ किलोमिटर क्षेत्र परिश्रमसाथ सरसफाइ गरेका थिए । एक घण्टाको अवधिमा उनीहरूले बाटोमा फालिएका प्लास्टिकका कप, स्ट्र, चुरोटको ठुटा, खानेकुराको प्याकेट गरी करिब ४ सय केजी फोहोरहरू सङ्कलन गरेका थिए ।
ललितपुर महानगरपालिकाले फोहोर सङ्कलनका लागि ट्रक उपलब्ध गराएको थियो । छात्रावास सुपरिवेक्षक उप-प्राध्यापक रोशन कार्किले यो जनचेतनामुलक कार्यद्वारा सचेत गराइदिनुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो र यस्तो उत्कृष्ट कार्यको लागि धन्यवाद भन्दै आसेजलाई आफ्नो समर्थन व्यक्त गर्नुभयो ।
कार्यक्रममा फोहोरको झोला बोकेका ASEZ का एक सदस्यले भन्नुभयो- समुदायलाई मद्दत गर्ने काम गर्न पाउँदा आफूलाई गर्व महसुस भएको बताउँदै आगामि दिनमा पनि स्वयसेवाको कार्यमा अग्रसर रहने प्रतिवद्दता गर्नुभयो । युवा समूहको यस्तो स्वरूप देखेर नागरिकहरूले उनीहरूको परिश्रमको सराहना गर्दै मुस्कानका साथ आभार व्यक्त गरेका थिए ।
ASEZ ले विश्वका विभिन्न देशहरूमा अपराध रोकथाम, जलवायु परिवर्तन प्रतिकार्य, सामुदायिक सेवा र विपद् राहतका गतिविधिहरू आयोजना गर्दछ । यस्ता गतिविधिहरूमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याएबापत् आसेजले मरुभूमिकरण विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि (UNCCD) महासचिव अवार्ड, अमेरिकी राष्ट्रपति स्वयंसेवा स्वर्ण अवार्ड, अन्तर्राष्ट्रिय वातावरण अवार्ड रहेको ग्रीन एप्पल अवार्ड र ग्रीन वर्ल्ड अवार्ड, पेरु राष्ट्रिय सभाका अध्यक्षबाट प्रशंसा-पत्र जस्ता ५०० वटाभन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ ।
नेपालमा पनि ASEZ ले विभिन्न गतिविधिहरू सञ्चालन गर्दैआएको छ । ASEZ ले गत नोभेम्बर महिनामा काठमाडौँको बालाजुमा अवस्थित बाइसधारा पार्क क्षेत्रमा सरसफाइ गरेको थियो । जसद्वारा आसेजले वातावरणसम्बन्धी जनचेतना जगाउने मात्र नभएर सामुदायिक भावना अभिवृद्धि गर्न पनि पहल गरेको छ । यसअघि आसेजले हर्न निषेध अभियान, शौचालय स्वच्छता सचेतना प्रवर्द्धन अभियान पनि आयोजना गरेको थियो । २०७२ सालमा भूकम्पले गर्दा भत्किएको सिन्धुपाल्चोकमा अवस्थित श्री आधारभूत विद्यालय र काभ्रेमा अवस्थित श्री भवानी माध्यमिक विद्यालयको भवन निर्माण गर्नमा पनि आसेज लागि परेको थियो ।
आसेज आबद्ध रहेको परमेश्वरको मण्डलीचाहिँ १७५ वटा देशहरूमा ७,८०० वटाभन्दा बढी क्षेत्रहरूमा भएको विश्वव्यापी मण्डली हो । मण्डलीका करीब ४० लाख विश्वासीहरूले बाइबलअनुसार पिता परमेश्वर र माता परमेश्वरमा विश्वास गर्छन् र “आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू” भन्ने ख्रीष्टको शिक्षालाई कार्यान्वयन गरिरहेका छन् । गत वर्षसम्म, नेपालमा पनि वातावरण सरसफाइ, रक्तदान कार्यक्रम, छिमेकीलाई सहयोग, आपत्कालीन राहत जस्ता ९८९ वटा विभिन्न स्वयंसेवाका गतिविधिहरूमा ५९,७३२ जना सहभागी भएका थिए । अनि विश्वव्यापी रूपमा ४५,००० भन्दा बढी स्वयंसेवाका गतिविधिहरू गरिएका छन् । परमेश्वरको मण्डलीले संयुक्त राज्य अमेरिकाबाट चार वटा राष्ट्रपति स्वयंसेवा अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, कोरियाबाट तीन वटा राष्ट्रपति अवार्ड, ब्राजिलको विधायिकी योग्यता पदक, पेरुको सर्वोत्कृष्ट वातावरण अवार्ड, राष्ट्रिय सभाबाट सम्मान पदक जस्ता ५,४०० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ ।













-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news





Total views : 318404



