
जन आवाज न्युज/काठमाडाैं। अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा ८२४ औं विश्वव्यापी रक्तदान अभियान अन्तर्गत टाेखाकाे चण्डेश्वरी अस्पतालमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनको ‘विश्वव्यापी रक्तदान अभियान’ मा सहभागी हुन काठमाडौंका विभिन्न ठाउँबाट आएका वीलभयूका सदस्यहरू, उनीहरूको परिवारहरू र छिमेकीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वीलभयूका अध्यक्षज्यूले भन्नुभयो, “अहिलेसम्म जोखिममा परेको जीवन बचाउने सबैभन्दा सुरक्षित तरिका भनेको नै रक्तदान हो । जीवनको कदर गर्दै सो कार्यलाई व्यवहारमा लागू गर्न सदस्यहरू एउटै चित्तका भएर सहभागी भएका छन् । यसले खाँचोमा परेका छिमेकीहरूलाई सहयोग पुऱ्याउनेछ भन्ने आशा गर्दछौं ।” नेपाल रेडक्रस टाेखा शाखाले रक्त संकलन, प्राविधिक सहयोग स्वास्थ्य सहयोग
टोखा चण्डेश्वरी अस्पताल तथा खाजा र टेन्ट सहयोग आधारभूत स्वास्थ्य सेवा केन्द्र टोखाले प्रबन्ध मिलाएको थियो।
कार्यक्रमका सभाध्यक्ष साथै नेपाल वि लभ यू फाउन्डेशनको अध्यक्ष किशोर शामशोहाङकाे सभाध्यक्षको रूपमा संटालन भएकाे उक्त रक्तदान कार्यक्रममा टोखा नगरपालिका नगर उप-प्रमुख मुरारी तामाङ, टोखा नगरपालिकाका वडा नं ५ का वडाध्यक्ष मदन गुरुङ, टोखा चण्डेश्वरी अस्पतालको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष प्रकाश खड्गी, टोखा चण्डेश्वरी अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट तथा चिकित्सक डाक्टर नवीन दर्नाल, टोखा चण्डेश्वरी अस्पतालका सूचना अधिकारी अधिकृत लीला सिंह खत्री, टोखा चण्डेश्वरी अस्पतालका चिकित्सक डाक्टर केशव श्रेष्ठ, टोखा नगरपालिका वडा नम्बर २ को आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत जनस्वास्थ्य निरीक्षक अधिकृत दिलिप रोका मगर, वीर अस्पतालका E.N.T विशेषज्ञ डाक्टर कञ्चन गौतम, वर्ल्ड मिसन सोसाइटी चर्च अफ गड नेपालका अध्यक्ष तेजेन्द्र गौतम र नेपाल रेड क्रस सोसाइटी ब्लड बैंकका डाक्टर प्रकाश कुमार यादव र हस्पिटल म्यानेजमेन्ट कमिटी अफ बोर्ड मेम्बर मनोज घिमिरे लगाएतकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा उपस्थित टाेखा नगरपालिकाका उप-प्रमुख मुरारीले “रक्त अभाव भइरहेको वर्तमान समयमा यस संगठनले पुर्याएको कल्याणकारी कामको लागि कदर गर्दै प्रशंसा गर्नुभयो ।” अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसन र अस्पताललाई आफ्नो तर्फबाट पूर्ण साथ र सहयोग भएको बताउनुभयो । रक्तदान कार्यक्रममा टाेखा नगरपालिका टोखा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष मदन गुरुङले पनि रक्तदाताहरूलाई प्रोत्साहन दिनुहुँदै आगामी दिनमा साथ र सहयोगको लागि आह्वान गर्नुभयो।सहभागीहरू चिकित्सा जाँचदेखि रक्तदानसम्म क्रमबद्ध रूपमा सहभागी भएका थिए । रक्तदान गरेका वीलभयूका सदस्य २०० जनामध्ये ८९ जनाले रक्तदान गर्नुभएको थियो ।

रक्त अभावका कारण उपचार गर्न कठिनाइ भोगिरहेका अस्पतालहरूलाई यसले ठूलो सहयोग पुऱ्याउने अपेक्षा गरिएको छ । यस संस्थाले रक्तदान गर्नुको साथै विभिन्न तरिकाले मानव कल्याणका गतिविधिहरू गर्दैआएको छ । सन् २०१५ को महाभूकम्प पीडितका निम्ति राहत कार्य, लुम्बिनीमा भारी वर्षाबाट क्षतिग्रस्त घर नयाँ गरी निर्माण गर्न सहयोग र कोभिड १९ महामारीलाई पराजित गर्न क्वारेन्टिन सामग्री वितरण इत्यादि राष्ट्रिय विपद्का बेलामा पनि यो संस्था सक्रियतापूर्वक सरिक हुँदैआएको छ । यो संस्था भावी पुस्ताको शैक्षिक सहयोगमा पनि केन्द्रित छ । बागमती प्रदेशको भक्तपुर मध्यपुर ठिमीस्थित श्री सरस्वती विद्यालयको लागि साइनबोर्ड जडान, घेराबार मर्मत तथा पंखा सहयोग, कोशी प्रदेशस्थित श्री सेतो गुराँस नमूना बालवाटिका आधारभूत विद्यालयमा खैल मैदानको लागि जग्गा खरिद रकम हस्तान्तरण जस्ता कार्यहरूमार्फत वीलभयूले शैक्षिक वातावरण सुधारका लागि पनि पहल गरेको छ ।

वीलभयूले आफ्ना छिमेकीहरूलाई दिगो जीवनको आधार उपहारस्वरूप प्रदान गर्न वातावरणीय कल्याणकारी गतिविधि, ‘क्लिक वर्ल्ड अभियान’ आयोजना गर्नुका साथै विश्वव्यापी तापमान वृद्धिको मुख्य कारण रहेको हरितगृह ग्याँसलाई कम गर्न ‘आमाको उद्यान (Mom’s Garden)’ प्रोजेक्टमार्फत वृक्षारोपण पनि गर्दछ ।

अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनचाहिँ संयुक्त राष्ट्रसंघको विश्वव्यापी सञ्चार विभाग (UNDGC) सँग सहकार्य गर्ने गैरसरकारी संस्था हो । ७९ वटा देशका १,५५,००० जना सदस्यहरूले ‘आमाको प्रेम सारा संसारमा’ भन्ने नाराअन्तर्गत वातावरण संरक्षण, आपत्कालीन राहत, पानी तथा सरसफाइ, गरिबी तथा भोकमरी उन्मूलन, स्वास्थ्य कल्याण, समाज कल्याण र शैक्षिक सहयोग जस्ता विभिन्न गतिविधिहरू ४,५०० पटकभन्दा बढी सञ्चालन गरिसकेका छन् । यसको सम्मानस्वरूप, वीलभयूले कोरियाली सम्मान पदक, अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड स्वर्ण, इक्वेडोरको राष्ट्रिय सभा पदक र कम्बोडियाको राजकीय पदक जस्ता थुप्रै अवार्डहरू विश्वभरिबाट प्राप्त गरेको छ । नेपालमा पनि वीलभयूले नेपाल पर्यटन बोर्डबाट प्रशंसा पत्र, इटहरीका मेयरबाट प्रशंसा पत्र, कीर्तिपुरका मेयरबाट प्रशंसा पत्र र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिबाट कदर पत्र समेत प्राप्त गरेको छ ।

















-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news





Total views : 320578



