वीलभयू फाउन्डेसनद्वारा ८३४औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न | Jana Aawaj News

वीलभयू फाउन्डेसनद्वारा ८३४औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न

१६० जना सहभागी, ८६ जनाले गरे रक्तदान (तस्बिरमा हेर्नुहोस् )

पढ्न लाग्ने समयः 4 मिनेट
वीलभयू फाउन्डेसनद्वारा ८३४औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/उदयपुर फागुन, ४ गते । विश्वव्यापी कल्याणकारी संस्था वीलभयू फाउन्डेसनद्वारा उदयपुर जिल्लाको गाइघाट शाखाद्वारा उदयपुर जिल्ला अस्पतालमा आयोजित ‘८३४ औँ विश्वव्यापी रक्तदान कार्यक्रम’ सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा वीलभयूका सदस्यहरू, उनीहरूका परिवार लगायत छिमेकीहरू गरी करिब १६० जनाभन्दा बढीको सहभागीता रहेको थियो ।

मानिसहरूलाई रक्तदानमा निरन्तर रुचि राखेर सहभागी हुनलाई प्रोत्साहित गर्ने र जीवन बाँड्नुको महत्त्व बुझाउन सो कार्यक्रमको आयोजना गरिएको थियो । “रगतचाहिँ कृत्रिम रूपमा बनाउन नमिल्ने र अरू कुराद्वारा प्रतिस्थापन गर्न नसकिने एक अमूल्य जीवन स्रोत हो । त्यसैले हाम्रा छिमेकीहरूलाई पुनः स्वस्थ दैनिक जीवनमा फर्काउन थोरै भए पनि मद्दत पुऱ्याउनका लागि सदस्यहरू एकजूट भएर लागिपरेका छन् । यस्तो कार्यक्रम काठमाडौंमा मात्र नभएर विभिन्न क्षेत्रमा लगातार आयोजना गरेर मानिसहरूलाई जीवन बाँड्नुको महत्त्व बोध गराउने एउटा माध्यम बनाउने योजना रहेको छ” वीलभयूका एक अधिकारीले बताउनुभयो ।

वीलभयूको ‘विश्वव्यापी रक्तदान कार्यक्रम’ चाहिँ एक जनाको रक्तदान दुई जना, चार जना हुँदै फैलिएर आदानप्रदानको सद्गुण चक्र निर्माण गर्ने उद्देश्य रहेको विश्वव्यापी जीवन बचाउने अभियान हो । यसले स्थानीय समुदायमा रक्त आपूर्ति अभाव सुल्झाउन र विश्व स्वास्थ्य संगठन (WHO) ले अवलम्बन गरेको निःशुल्क स्वैच्छिक रक्तदानको संस्कृति फैलाउन योगदान पुऱ्याइरहेको छ । कोरियाबाट सुरु भएर विगत २० वर्षदेखि विश्वका ठाउँ-ठाउँमा आयोजना हुँदैआएको यो कार्यक्रम रगतको खाँचो परेका छिमेकीहरूका लागि बलियो सहारा बनेको छ । गत वर्षसम्म, ६४ देशहरूबाट करिब १,३७,००० जना सहभागी भएर ६२,००० जनाभन्दा बढीले रक्तदान गरेका थिए । एक जनाको रक्तदानले तीन जनाको ज्यान बचाउन सक्छ भन्ने कुरालाई विचार गर्दा योचाहिँ १,८६,००० जनाभन्दा बढी मानिसहरूको ज्यान बचाउन सफल भएको ठूलो उपलब्धि हो ।

कार्यक्रमको दिनमा, सहभागीहरूले व्यवस्थित तरिकाले दर्ता, त्यसपछि प्राथमिक स्वास्थ्य जाँच र रक्त जाँच गरेर रक्तदानको लागि योग्यता पुष्टि गरे । उपयुक्त ठहरिएका सहभागीहरूले क्रमैसँग रगतदान गरे । ८६ जनाले स्वस्थ रगत दान गरेका थिए ।

रक्तदान कार्यक्रममा वीलभयू फाउन्डेसनको तर्फबाट पदम बहादुर बम्जनको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशक उपशभामुख सृजना दनुवारले रक्तदान कार्यक्रममा उत्साह जनक सहभागीता र रगतको अभावले मर्नुपर्ने अवस्थालाई थोरै भए पनि सहयोग मिलेको छ, यस किसिमको परोपकारी कार्यप्रती मेरो तर्फबाट साथ समर्थन रहेको बताउनुभयो । साथै मानव जिवनमाअ रगतको अभाव भएको बेलामा रगत सहज रुपमा उपलब्ध होस भन्ने हेतुले आयोजना गरिएको यस कार्यक्रमका आयोजक संस्था वीलभयू फाउन्डेसनलाई धन्यवाद दिनुभएको थियो ।

कार्यक्रममा त्रियुगा नगरपालिकाको उपमेयरको महेश्वरी राईले रक्त अभाव भइरहेको वर्तमान समयमा यस संगठनले पुर्याएको कल्याणकारी कामको लागि कदर गर्दै प्रशंसा गर्नुभएको थियो ।

उज्यालो मुस्कानका साथ रक्तदानमा सहभागी भएका सदस्यहरुले जीवन बचाउने मानविय कार्यमा सहभागी हुन पाएकोमा धेरै खुशी लागेको भन्दै आफ्नो अनुभव सुनाएका थिए ।  आउने दिनहरुमा समेत यो कार्यलाई निरन्तरता दिई रगतको अभावको कारण कसैले पनि ज्यान नगुमाउनको लागि यस्तो परोपकारि कार्यलाई देशभरमा संचानल भैरहेको र निरन्तरता दिने बताएका थिए ।

संयुक्त राष्ट्रसंघको विश्वव्यापी सञ्चार विभाग (UN DGC) को साझेदार सङ्गठन रहेको अन्तर्राष्ट्रिय वीलभयूले सबैले आदर पाउने दिगो शान्तिको लागि विश्वव्यापी कल्याणकारी गतिविधिहरू गर्दछ । ‘आमाको प्रेम सारा संसारमा’ भन्ने नाराअन्तर्गत वीभलयूले वातावरण संरक्षण, आपत्कालीन राहत, स्वास्थ्य कल्याण, शैक्षिक सहयोग र समाज कल्याण जस्ता विभिन्न क्षेत्रहरूमा १०,९०० भन्दा बढी कल्याणकारी गतिविधिहरू सञ्चालन गरेको छ (सन् २०२५सम्म) । अनि मानवजाति र पृथ्वीको आशामय भविष्य सृजना गर्न प्रतिबद्ध हुँदै अन्तर्राष्ट्रिय समुदायको दिगो विकास लक्ष्यहरू (SDGs) को उपलब्धिमा पनि योगदान पुऱ्याइरहेको छ ।

वीलभयूले नेपालमा पनि विभिन्न स्वयंसेवा गतिविधिहरूमार्फत स्थानीय समुदायमा योगदान पुऱ्याउँदैआएको छ । गण्डकी प्रदेशको गोरखा र बागमती प्रदेशको भक्तपुर मध्यपुर थिमिका विद्यालयहरूमा सबै विद्यार्थीहरूका निम्ति शैक्षिक टिभी, स्कूल झोला, लुगा र पंखा सहयोग, स्कूल साइनबोर्ड जडान तथा घेराबार मर्मत जस्ता कार्यहरू गरेर वीलभयूले भावी पुस्तालाई पनि सक्रिय रूपमा सहयोग गरेको छ । त्यसै गरी वातावरण कल्याण गतिविधि रहेको ‘क्लिक वर्ल्ड अभियान’ र वृक्षारोपण गरेर हरितगृह ग्याँस न्यूनीकरण गर्ने ‘आमाको उद्यान (Mom’s Garden)’ परियोजनामार्फत बस्नको लागि दिगो ठाउँ बनाउँदै राष्ट्रिय विपद्लाई जित्ने कार्यमा पनि वीलभयू सक्रियतापूर्वक सरिक भएको छ । सन् २०१५ को महाभूकम्प पीडितका निम्ति राहत कार्य, भारी वर्षाबाट क्षतिग्रस्त घर नयाँ गरी निर्माण गर्न सहयोग र कोभिड-१९ महामारीलाई जित्न क्वारेन्टिन सामग्री वितरण गर्ने कार्य पनि वीलभयूद्वारा आयोजना गरिएको थियो ।

जसको सम्मानस्वरूप, वीलभयूले कोरियाली सम्मान पदक, अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड स्वर्ण, इक्वेडोरको राष्ट्रिय सभा पदक र कम्बोडियाको राजकीय पदक जस्ता थुप्रै अवार्डहरू विश्वभरिबाट प्राप्त गरेको छ । नेपालमा पनि वीलभयूले नेपाल पर्यटन बोर्डबाट प्रशंसा-पत्र, इटहरीका मेयरबाट प्रशंसा-पत्र, कीर्तिपुरका मेयरबाट प्रशंसा-पत्र र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिबाट कदर-पत्र समेत प्राप्त गरेको छ ।

+ posts