
काठमाडौँ । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको ६ जनाको हत्यामा संलग्न आरोपीलाई अदालतले थुनामा राख्न आज आदेश दिएको छ । अदालतले उनीहरुलाई पुर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
गत भदौ २१ गते बिहान मादी–१ उम्लिङ खोला गाउँस्थित ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया उनकी आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ८ वर्षीय दीपेन कार्की र नातिनी ५ वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो ।
घटना भएको केहीदिन पछि प्रहरीले हत्यामा संलग्नहरुलाई सार्वजनिक गरेको थियो । सोहि घटनामा संम्लग्न आरोपिलाई अदालतले थुनामा राख्न आदेश दिएको छ ।
- 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 - 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 - 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 - 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 





 Total views : 295906
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                        
                                                        
                                                        
                                                        
                                                        
                                                        


