
काठमाडौं । कपिलवस्तुमा झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा कृष्णनगर नगरपालिका ८ का ४५ वर्षीय बब्लु केवट र वडा नम्बर ९ का चार वर्षीय बालक रहेको बताइएको छ ।
दूषित पानीको कारण फैलिएको झाडापखाला लागेका ५२ जनाको शिवराज अस्पताल बहादुरगञ्जमा उपचार भइरहेको छ । झडापखालाले गम्भीर अवस्थाका रहेका ७ जनालाई भने, अन्य अस्पतालमा रिफर गरिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी गराएको छ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुबाट औषधि र जनशक्ति कृष्णनगर पठाइएको छ भने, उक्त नगरपालिकाको वडा नम्बर ७, ८ र ९ मा राति १२ बजेदेखि झाडापखाला लाग्ने बिरामीको संख्या एक्कासी बढेको बताइएको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj





Total views : 295915



