कपिलवस्तुमा दूषित पानीको कारण झाडापखालाका बिरामी बढे | Jana Aawaj News

कपिलवस्तुमा दूषित पानीको कारण झाडापखालाका बिरामी बढे

झाडापखालाबाट दुईको मृत्यु, ५२ जना अस्पताल भर्ना र गम्भीर रहेका ७ जनाको रिफर

पढ्न लाग्ने समयः < 1 मिनेट
कपिलवस्तुमा दूषित पानीको कारण झाडापखालाका बिरामी बढे : Jana Aawaj News

काठमाडौं । कपिलवस्तुमा झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा कृष्णनगर नगरपालिका ८ का ४५ वर्षीय बब्लु केवट र वडा नम्बर ९ का चार वर्षीय बालक रहेको बताइएको छ ।

दूषित पानीको कारण फैलिएको झाडापखाला लागेका ५२ जनाको शिवराज अस्पताल बहादुरगञ्जमा उपचार भइरहेको छ । झडापखालाले गम्भीर अवस्थाका रहेका ७ जनालाई भने, अन्य अस्पतालमा रिफर गरिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी गराएको छ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुबाट औषधि र जनशक्ति कृष्णनगर पठाइएको छ भने, उक्त नगरपालिकाको वडा नम्बर ७, ८ र ९ मा राति १२ बजेदेखि झाडापखाला लाग्ने बिरामीको संख्या एक्कासी बढेको बताइएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 परमेश्वरको मण्डली र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
2 वी लभ यू फाउन्डेसन र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
3 संस्कारको आयोजनामा नेसनल प्याव्सनको हिज्जे सम्पन्न
4 ASEZ WAO, द्वारा टीकापुरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न