
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा Time Series Analysis Using E-views विषयमा भएको पाँचदिने कार्यशाला गोष्ठीको मंगलबार एक समारोहबीच उद्घाटन गर्नुभएको छ ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले अनुसन्धानलाई प्राथमिकतामा राखेका देशहरुको तुलनात्मक रुपमा विकास भइरहेको बताउनुभयो । विज्ञान तथा प्रविधिमा यथेष्ट लगानी गरेर मात्र देश विकासको पूर्वाधारको विकास सम्भव हुने बताउनुहुँदै उहाँले राज्यले शिक्षा, विज्ञान तथा प्रविधिलाई कमै महत्व दिने गरेको बताउनुभयो ।
सरकारले प्रविधि तथा अनुसन्धानको क्षेत्रमा लगानी बढाएर यस क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुहुँदै नगरपालिकाअन्तर्गत ख्वप विश्वविद्यालय सञ्चालन गरी सस्तोमा गुणस्तरी मेडिकल शिक्षा प्रदान गर्ने उद्देश्य रहेको उहाँले प्रष्ट पार्नुभयो ।
भक्तपुरका कलेज तथा विद्यालयहरुलाई अनुसन्धानको केन्द्रको रुपमा विकास गर्ने उद्देश्य रहेको बताउनुहुँदै उहाँले विकास निर्माणका काममा विदेशीको भर पर्न नहुने र आफूमा भएको ज्ञान र सीपलाई विस्तार गर्न अनुसन्धानका कार्यहरुले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य रुपक जोशीले कलेजले प्रत्येक वर्ष विभिन्न विषयमा अनुसन्धान क्षेत्रका कार्यशाला गोष्ठीहरु आयोजना गर्दै आइरहेको बताउनुहुँदै यस्ता कार्यक्रमहरुले शिक्षकहरुको मनोबल बढाउन मद्दत पुग्ने बताउनुभयो ।
कार्यक्रममा ख्वप कलेज विभागीय प्रमुख सुनिल सुवालले पनि बोल्नुभएको थियो भने कार्यक्रममा प्रमुख प्रजापतिले कलेजका प्राचार्य रुपक जोशीलाई तालिमको सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj






Total views : 295920



