
काठमाडौं । बलिउड फिल्म ‘उचाई’ को सुटिङ नेपालको विभिन्न स्थानमा गरिने भएको छ । सुटिङका लागि सोमबार बलिउडका अभिनेता अनुपम खेर, बोमन इरानी र परिणिती चोपडा काठमाडौँ आएका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार बलिउड कलाकारको टोली नेपालको मुस्ताङ लगायतको विभिन्न क्षेत्रमा सुटिङ गर्ने प्रयोजनका लागि नेपाल आएको जानकारी गराएको छ ।
उक्त फिल्मको सुटिङ कहिले बाट शुरु हुने बताइएको छैन् भने, बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा बन्न लागेको सो फिल्म मुस्ताङका विभिन्न स्थानमा छायाँकन गर्ने बताइएको छ ।
चलचित्रको छायाङ्कनका लागि स्थल अवलोकन गर्न निर्माता तथा निर्देशक सुरज बडाजात्याको टोली भदौ अन्तिमतिर मुस्ताङ पुगिसकेको बताइएको छ । मनाङमा करिब १० दिन सो फिल्मको छायाङ्कन हुनेछ, भने नेपालमा अन्य स्थानसमेत छनोट भएको बताइएको छ ।
ट्वीटरमार्फत अभिनेता अनुपम खेरले खुसी व्यक्त गर्दै लामो समयपछि काठमाडौं आउने मौका मिलेको बताएका छन् ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj





Total views : 295925



