बलिउड फिल्म ‘उचाई’ को सुटिङ नेपालको विभिन्न स्थानमा गरिने | Jana Aawaj News

बलिउड फिल्म ‘उचाई’ को सुटिङ नेपालको विभिन्न स्थानमा गरिने

सुटिङका लागि बलिउडका तीन कलाकार काठमाडौंमा

पढ्न लाग्ने समयः < 1 मिनेट
बलिउड फिल्म ‘उचाई’ को सुटिङ नेपालको विभिन्न स्थानमा गरिने : Jana Aawaj News

काठमाडौं । बलिउड फिल्म ‘उचाई’ को सुटिङ नेपालको विभिन्न स्थानमा गरिने भएको छ । सुटिङका लागि सोमबार बलिउडका अभिनेता अनुपम खेर, बोमन इरानी र परिणिती चोपडा काठमाडौँ आएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार बलिउड कलाकारको टोली नेपालको मुस्ताङ लगायतको विभिन्न क्षेत्रमा सुटिङ गर्ने प्रयोजनका लागि नेपाल आएको जानकारी गराएको छ ।

उक्त फिल्मको सुटिङ कहिले बाट शुरु हुने बताइएको छैन् भने, बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा बन्न लागेको सो फिल्म मुस्ताङका विभिन्न स्थानमा छायाँकन गर्ने बताइएको छ ।

चलचित्रको छायाङ्कनका लागि स्थल अवलोकन गर्न निर्माता तथा निर्देशक सुरज बडाजात्याको टोली भदौ अन्तिमतिर मुस्ताङ पुगिसकेको बताइएको छ । मनाङमा करिब १० दिन सो फिल्मको छायाङ्कन हुनेछ, भने नेपालमा अन्य स्थानसमेत छनोट भएको बताइएको छ ।

ट्वीटरमार्फत अभिनेता अनुपम खेरले खुसी व्यक्त गर्दै लामो समयपछि काठमाडौं आउने मौका मिलेको बताएका छन् ।

+ posts

 

 

ताजा
1 मध्यपुर मेयर कप कराते प्रतियोगिता-२०८३ सम्पन्न
2 मध्यपुर मेयर कप कराते च्याम्पियनसिप २०८३ मा विनायक शिक्षा निकेतनको उत्कृष्ट प्रदर्शन
3 भक्तपुरमा भव्य रूपमा मनाइयो २२ औँ विश्व रक्तदाता दिवस
4 सिरुटारमा प्रथम वडास्तरीय दौड प्रतियोगिता सम्पन्न, १६५ बालबालिकाको सहभागिता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न