महाधिवेशन सम्पन्न भएपश्चात आन्दोलन गर्ने कमल थापाको भनाई | Jana Aawaj News

महाधिवेशन सम्पन्न भएपश्चात आन्दोलन गर्ने कमल थापाको भनाई

पढ्न लाग्ने समयः < 1 मिनेट
महाधिवेशन सम्पन्न भएपश्चात आन्दोलन गर्ने कमल थापाको भनाई : Jana Aawaj News

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले महाधिवेशन सम्पन्पश्चात नै आन्दोलनमा गर्ने बताउनुभएको छ ।

आज झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा बोल्दै पार्टीले बोकेको हिन्दु राष्ट्र लगायतका एजेण्डा स्थापित गराउन आन्दोलनमा जाने बताउनुभएको हो उहाँले नेपाली काङ्ग्रेस र कम्युनिस्ट पार्टीको असफलता, अदूरदर्शिता र अकर्मण्यताका कारण मुलुक संकटग्रस्त भएको दावी गर्दै भ्रष्टाचारले देशलाई थिलथिलो बनाएको बताउदैं वेरोजगारी वेथिति जस्ता समस्या समाधान नगरे मुलुक थप बर्बादितर्फ जाने बताउनुभयो ।

पार्टी एकतावद्ध भएपछिपनि केन्द्रमा र तल्लो तहसम्म एकताको सन्देश पुर्याउन नसकिएको बताउदैं अब नयाँ उत्साह र उर्जाका साथ सक्रियता र गतिशीलता जरुरी भएको बताउनुभयो ।

पार्टी संचालनका क्रममा त्रुटिहरु भएता पनि ति त्रुटि र कमजोरीहरुलाई स्विकार गर्दैे आगामी दिनमा विगतका कमजोरी नदोहोराई पार्टी अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा पार्टीका नेताहरु राजेन्द्र लिङ्देन, राम थापा लगायतको उपस्थिति रहेको थियो ।

+ posts

 

 

ताजा
1 मध्यपुर मेयर कप कराते प्रतियोगिता-२०८३ सम्पन्न
2 मध्यपुर मेयर कप कराते च्याम्पियनसिप २०८३ मा विनायक शिक्षा निकेतनको उत्कृष्ट प्रदर्शन
3 भक्तपुरमा भव्य रूपमा मनाइयो २२ औँ विश्व रक्तदाता दिवस
4 सिरुटारमा प्रथम वडास्तरीय दौड प्रतियोगिता सम्पन्न, १६५ बालबालिकाको सहभागिता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न